रामेछाप साँस्कृतिक कलाकार समाजले नयाँ बर्षमा साँस्कृतिक कार्यक्रम गर्ने - राष्ट्रपत्र
बुधबार, मंसिर २०, २०८०

रामेछाप साँस्कृतिक कलाकार समाजले नयाँ बर्षमा साँस्कृतिक कार्यक्रम गर्ने


रामेछाप कलाकार समाजले नयाँबर्षको अवसरमा आगामी बैशाख ९ गते साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । कलाकार कल्याणकारी कोष स्थापनाका लागी साँस्कृतिक कार्यक्रमका साथै स्रष्टा सम्मान कार्यक्रम आयोजना गर्ने समाजले जनाएको छ ।

रामेछाप बाट निर्वाचित संघिय र प्रदेश प्रतिनिधिलाई सम्मान गर्नका साथै कलाकार कल्याणकारी कोष स्थापनाकालागी सांस्कृतिक कार्यक्रम समेत आयोजना गर्ने रामेछाप सास्कृतिक कलाकार समाजका अध्यक्ष कुमार कार्कीले बताएका छन् । रामेछाप साँस्कृतिक कलाकार समाजले उक्त कार्यक्रम बारे जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । साँस्कृतिक कार्यक्रमबाट उठेको रकमले कल्याणकारी कोष स्थापना गरिने समाजको उदेश्य रहेको संस्थाका उपाध्यक्ष सन्ध्या सानुले बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *