इटाली बराबरीमा रोकियो - राष्ट्रपत्र
बिहिबार, चैत्र १६, २०७९

इटाली बराबरीमा रोकियो


नेशन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा इटाली बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा इटालीले नेदरल्याण्डससँग १–१ को बराबरी खेलेको हो ।

समूह ए वानमा रहेको इटालीका लागि १६ औँ मिनेटमा लोरेन्जो पिलेग्रिनीले गोल गरे । २५ औँ मिनेटमा डोनी भान डी बीकले नेदरल्याण्डसका लागि बराबरी गोल फर्काए । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन ।

बराबरीपछि चार खेलबाट ६ अंक जोडेको इटाली समूहको दोस्रो स्थानमा छ । पाँच अंकसहित नेदरल्याण्डस तेस्रो स्थानमा रहेको छ ।

सोही समूह अन्तर्गत बुधबार राति नै भएको खेलमा पोल्याण्डले बोजनिया–हर्जगोबिनालाई ३–० ले पराजित गरेको छ । विजयी भएको पोल्याण्ड चार खेलबाट सात अंकसहित समूहको शीर्ष स्थानमा छ ।

नेशन्स लिग अन्तर्गत बुधबार राति भएका अरु खेलमा फिनल्याण्डले रिपब्लिक अफ आयरल्याण्डलाई १–०, बेलारुसले काजखस्तानलाई २–० तथा स्लोभेनियाले माल्डोभालाई ४–० ले पराजित गरेका छन् ।

लिथुवानिया र अल्बानिया तथा ग्रीस र कोसोभोले गोलरहित एवम् इस्टोनिया र अर्मेनिया तथा उत्तरी मेसेडोनिया र जर्जियाले १–१ को बराबरी खेलेका छन् ।

Leave a Reply

Your email address will not be published.