साग स्वर्ण विजेता पार्वतीलाई भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्सेमा स्वर्ण - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

साग स्वर्ण विजेता पार्वतीलाई भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्सेमा स्वर्ण


नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता पार्वती गुरुङले प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगितामा स्वर्ण जितेकी छिन् । कागेश्वरी नगर खेलकुद विकास समिति र मूलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला तर्फ १८–३१ उमेरमा नेपाल प्रहरीकी पार्वती सर्वाधिक ७.४० अंक जोड्दै पहिलो भएकी हुन् । ७.२६ अंकसाथ स्युचाटारकी सन्जिला तिम्सिना दोश्रो भइन् । भोटेपुलकी स्वस्तिका तामाङ र चन्द्रमाकी सुशिला राईले तेश्रो स्थानमा सीमित भए । यो स्पर्धामा पार्वतीसहित शीर्ष तीन स्थान हात पार्ने सबै खेलाडी १३ औं सागका स्वर्ण विजेता हुन् । सोही स्पर्धाको पुरुषमा मूलपानीका पुष्पप्रसाद गौतम पहिलो भए । उनले ६.१० अंक जोडे । ६.०३ अंकका साथ बागलुङका युकेश थापा मगर दोश्रो भए । सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङका विवेक राई र चितवनका मोहम्मद उमर खान तेश्रो बने ।

कागेश्वरी मनोहरा नगरपालिकाको मुख्य प्रायोजन तथा युनिटी तेक्वान्दो डोजाङ, हङकङका अध्यक्ष दिल गुरुङको सह–प्रायोजनमा भएको प्रतियोगिताको १८ वर्ष पुरुषमा १३ औं सागका कांस्यधारी अस्मिन राउतले पहिलो स्थान हात पारे । स्युचाटारका उनले ६.६३ अंक प्राप्त गरे । ५.७० अंक जोडेका मकवानपुरका कृष्णबहादुर बमजन दोश्रो भए भने चितवनका अब्बास खान र मूलपानीका विवेक श्रेष्ठ तेश्रो भए । त्यसै महिला तर्फको स्पर्धामा ६.१३ अंक जोड्दै स्युचाटारकी मोनिका रम्तेलले शीर्ष स्थान कब्जा गरिन् । ६.०६ अंकसाथ चितवनकी जैनथ खातुन दोश्रो भइन् । सैनिक आवसीय महाविद्यालयका रोशनी श्रेष्ठ र रिता श्रेष्ठ तेश्रो भईन । पुरुष ३१–४० उमेरमा ६.३० अंकसाथ बुटवलका सुरज श्रेष्ठले स्वर्ण चुमे । ६.०३ अंकमा बुटवलकै मदन थापा मगर दोश्रो भए । हीराहरि तेक्वान्दो डोजाङ, सिन्धुपाल्चोकका रमेश गुरुङ र यान्सुक तेक्वान्दो डोजाङका दुर्गामान तामाङ तेश्रो बने ।

Leave a Reply

Your email address will not be published.