Author: admin

बर्दघाट नगरपालिकाका महिला स्वास्थ्य स्वयम्सेविकाले अवकाशपछि २ लाख उपदान पाउने
समाचार, स्वास्थ्य

बर्दघाट नगरपालिकाका महिला स्वास्थ्य स्वयम्सेविकाले अवकाशपछि २ लाख उपदान पाउने

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को बर्दघाट नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएका महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन गर्न अवकाश पछि रु दुई लाख उपदान दिने भएको छ । राज्यले उपेक्षा गरेको भन्दै गुनासो गर्दै आएका स्वयम्सेविकाले आफूहरुको योगदानको मूल्याङ्कन गरी नगरपालिकाले एकमुष्ठ उपदान दिने निर्णय गरेको भन्दै खुशी भएका छन् ।अब नगर भित्रका महिला स्वयम्सेविकाहरुले ६० वर्षमा सेवापछि अवकाश पाउँदा नेपाल सरकारले दिने रकमको अतिरिक्त नगरपालिकाबाट थप रु दुई लाख एकमुष्ठ पाउने नगर प्रमुख धीरज शर्मा बस्यालले विचारखबरलाई जानकारी दिनुभयो । नगरसभाबाट पारित भईसकेकोले चालु आर्थिक वर्षदेखि नै यो कार्यक्रम कार्यान्वयन हुने उहाँले बताउनभुयो ।यस निर्णयबाट सामुदायिक स्वास्थ्य कार्यक्रम थप प्रभावकारी हुने बताउँदै नगर प्रमुख बस्यालले भन्नुभयो, “समुदायमा रहेर विशेषगरी बाल मृत्युदर र मातृ ...
लोक सेवा आयोगको परीक्षामा कोभिड–१९ संक्रमित सहभागी हुन नपाउने
शिक्षा, समाचार

लोक सेवा आयोगको परीक्षामा कोभिड–१९ संक्रमित सहभागी हुन नपाउने

लोक सेवा आयोगको परीक्षामा कोभिड–१९ संक्रमित सहभागी हुन नपाउने भएका छन् । आयोगले परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड जारी गर्दै कोभिड–१९ संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिन नपाउने जनाएको हो ।सरकारले नयाँ विज्ञापन खुलाउन तथा रोकिएको परीक्षा सञ्चालनका लागि आग्रह गरेपछि आयोगले परीक्षा लिने तयारी गरेको छ । लोक सेवाले परीक्षामा सामेल हुन पुरुषका लागि उमेर हद ३५ र महिलाका लागि ४० वर्ष तोकेको छ । संक्रमित वा संक्रमितको सम्पर्कमा आएका कतिपय व्यक्तिको उमेर हद पूरा हुने अवस्था पनि हुन सक्छ ।गत वैशाखदेखि रोकिएको लोक सेवाको विज्ञापन तथा परीक्षा यसै महिना सुरु हुँदै छ । असोजमा सहसचिव र उपसचिव, कात्तिकमा प्रशासनको शाखा अधिकृत, मसिंरमा प्राविधिकतर्फको शाखा अधिकृत र त्यसपछि क्रमशः नायव सुब्बा तथा खरिदारलगायत पदको विज्ञापन निकाल्ने जनाएको छ । पहिलो चरणको परीक्षा सम्पन्न भएर पर...
नेकपा सांसद तथा जनवादी गायिका सानु सिवा पहाडीको निधन
राजनीति, समाचार

नेकपा सांसद तथा जनवादी गायिका सानु सिवा पहाडीको निधन

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद तथा जनवादी गायिका सानु सिवा पहाडीको निधन भएको छ। प्रतिनिधि सभाकी सांसदपहाडीको बुधबार सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो। मुटुमा समस्या देखिएपछि उनलाई उपचारका लागि केएमसीमा भर्ना गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले उनको निधनप्रति दुःख व्यक्त गरेका छन्। ‘हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधामन्त्री ओलीले भनेका छन्। लामो समयदेखि मिगौला रोगबाट पीडित पहाडीको २०६३ मा भारतको तामिलनाडुको एपोलो हस्पिटलमा मिगौला प्रत्यारोपण गरिएको थियो।राजनीतिका साथसाथै उनी जनवादी गीतसंगीतको क्षेत्रमा समेत क्रियाशील थिइन्। उनका ‘...
‘मिस एसईई फेस अफ नेपाल-२०२०’ को उपाधी सेजल लम्सालको हातमा
मनोरन्जन, समाचार

‘मिस एसईई फेस अफ नेपाल-२०२०’ को उपाधी सेजल लम्सालको हातमा

काठमाडौँ — एलई पेजेन्टरीद्धारा राजधानीमा हालै आयोजित ‘मिस एसईई फेस अफ नेपाल,२०२०’ को उपाधी सेजल लम्सालले जितेकी छिन् । चितवन घरभई हाल अस्थाई रुप्मा पोखरा बस्दै आएकी सेजलले उपाधिको साथमा विधागत तर्फको बेस्ट स्माईल अवार्डसंगै ‘मिस एसईई फेस अफ नेपाल’ को ब्राण्ड एम्बासडरको उपाधी समेत जितेकी हुन् । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ लाई मध्यनजर गर्दै भौतिक दुरी कायम गर्दै दक्षिणकाली भिलेज रिसोर्टमा सम्पन्न प्रतियोगितामा सम्पूर्ण थापाले फर्स्ट रनरअपको उपाधीसंगै विधागत तर्फको बेस्ट ड्रेस र पिपुल चोईस अवार्ड हात पार्न सफल भईन। त्यसैगरी प्रबिना कट्टेलले सेकेन्ड रनरअको उपाधी सहित विधागत तर्फको व्युटी विथ पर्पसको आवार्ड आफ्नो भागमा पार्न सफल भईन। प्रतियोगितामा ग्लोबल अनलाईन पे मार्फत गरिएको डिजिटल भोटिङमार्फत अत्याधिक भोट प्राप्त गरि एन्जल पौडेलले टप पपुलरको उपाधी आफ्नो नाममा सुरक्षित गर्न स...
समीर लामा निर्देशित ‘दशैमा पर्खि नबस्नु आमा’को भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

समीर लामा निर्देशित ‘दशैमा पर्खि नबस्नु आमा’को भिडियो सार्वजनिक(भिडियो)

नजिकिदै गरेको नेपालिहरुको महान चाड बिजय दशमी तथा दिपावलिको पावन अबसरमा नेपाली गायक गायिका हरुले बर्सेनि चाडपर्वलाई लक्ष्यित पारी धेरै गितहरु बजारमा ल्याउने गर्दछन ! एसै बिचमा दसै तिहारलाइ लक्ष्यित पारी थ्री एस मिडिया हाउस नेपाल र रेडियो नगरकोटको संयोजनमा `दसैंमा पर्खी नबस्नु आमा ´ बोलको गित हालै बजारमा ल्याएका छन ! चर्चित रियालिटी सो लोक स्टारमा चौथो स्थान हासिल गरेका गायक राम कुमार नेपालिको स्वरमा सजिएको उक्त गितमा नेपालकै पहिलो महिला चलचित्रमा संगीत गरेकी नेपाली महिला संगीतकार रेखा पौडेलले संगीत भरेकि छिन ! https://www.youtube.com/watch?v=I71Lh9mPpe4&feature=share&fbclid=IwAR2zoCHh5-FyOXmDzBn_4tk9mu9OA8unfFUBGgJudQlmBLeHqtE94uebazo समीर लामाले निर्देशन गरेको सो गित सुन्दर श्रेष्ठले लेखेको थियो ,उक्त गितको छायांकन रेशम दर्लामिले गरिएको थियो भने अहिले संसारलाइ कोरोनाले छिय...
विवाह गर्न केटा नपाएपछि ब्राजिलका युवतीहरु सामुहिक रुपमा केटाको खोजीमा
अन्तर्राष्ट्रिय, रोचक, समाचार

विवाह गर्न केटा नपाएपछि ब्राजिलका युवतीहरु सामुहिक रुपमा केटाको खोजीमा

विवाह गर्न केटा नपाएपछि ब्राजिलका युवतीहरु युवतीहरु सामुहिक रुपमा केटाको खोजी गर्न थालेका छन् । ब्राजिलको नोइभा डो कोर्डेरियो गाउँमा ६ सय जना अविवाहित महिलाहरु रहेका छन् । ती मध्ये अधिकांश ३५ वर्ष मुनिका रहेका छन् । ६ सय जना अविवाहित महिला भएको गाउँमा १ जना पुरुष पनि अविवाहित नरहेको पाइएको छ । तर महिलाले नै भरिएको त्यो शहरमा महिलाकै बोलवाल रहेको छ । उनीहरु विवाहको लागि पुरुष नपाएपछि तनावमा रहेका छन् । रुसका महिलाहरुको पनि हालत उस्तै छ । केटाहरुको सख्यामा अत्याधिक कमी भएको कारण त्यहाँका केटीहरु जो पायो त्यहि केटासँग विवाह गर्न बाध्य भएका हुन् । यस्तै अस्ट्रेलियामा पनि पुरुषहरुको खडेरी नै पर्न थालेको छ । जहाँ १ सय जना महिलामा ९८ जना मात्र पुरुष रहेका छन् ।यो अवस्थालाई हेर्ने हो भने दशौँ हजार पुरुषको कमी भएको पाइन्छ । तर चीनमा भने महिलाको कमी रहेको छ । चीनमा अबको केही वर्षपछि २५ प्रत...
‘मेरो प्यारो गाउँ’ लोकार्पण
मनोरन्जन, समाचार

‘मेरो प्यारो गाउँ’ लोकार्पण

प्रबिन राईको पुर्बेली लोकगीति एल्बम ‘मेरो प्यारो गाउँ’ लोकार्पण भएको छ । राजधानीमा एक कार्यक्रमबीच वरिष्ट गायक तथा निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यतामा एल्बमको लोकार्पण गरिएको हो । कार्यक्रममा वरिष्ट कलाकार उत्तम के.सी, सुवाश गजुरेल, नायक सितल के. सी., निर्देशक अमर ओली तथा सर्जक शंकर अधिकारी घायल, दर्पण राई हुनुहुन्थ्यो । समाजसेवी रामचन्द्र कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा आयोजक संस्था का प्रमुखसमेत रहनुभएका सर्जक, सङ्गीतकार तथा मोडल कलाकार बिजेन्द्र नौवागेले यस्तो जटिल समय मापनि आफ्नो भावना लाई कदर गर्न कार्यक्रम माउपस्थित हुने सबैलाइ हार्दिक नमन गर्दै केही समयमानै गीत भिडियो सहित युटुब मार्फत पनि सार्वजानिक गरिने बताउनुभयो । मेलिना राई र प्रविन राई को स्वर रहेको यो गीत मा शब्द र सङ्गीत बिजेन्द्र नौवागे को रहेको छ । किङ स्टुडियो मा रेकर्ड गरिएको यो गीत को एरेञ्ज दिवा...
कुशल कलाकार बन्न चाहन्छु : श्रृष्टि लामा
अन्तरवार्ता, समाचार

कुशल कलाकार बन्न चाहन्छु : श्रृष्टि लामा

उहाँ गीतमात्र गाउनुहुन्न् मोडलिङ र नृत्य पनि गनुहुन्छ । उहाँ हुनुहुन्छ ज्याज गायिका श्रृष्टि लामा । आगामी दिनमा भने उहाँ एउटा विधालाई अँगालेर अगाडि बढ्ने सोचमा हुनुहुन्छ । ‘रहरले कला क्षेत्रमा हात हालियो’ उहाँ भन्नुहुन्छ, ‘अबचाहीँ गायन र मोडलिङलाई प्राथमिकता दिनेछु । मेरो लक्ष्य भनेको कुसल मोडल बन्ने हो ।’ विभिन्न स्टेज कार्यक्रमहरूमा आफ्नो कुशल गायन प्रतिभा प्रस्तुत गर्दै आईरहनुभएको श्रृष्टि लामा विशेष त म्युजिक भिडियोमा आफूलाई स्थापित गराउँन चाहनुहुन्छ । श्रृष्टिले टेक्सा ए. एण्ड एम. विश्व बिद्यालय दोहाबाट मानव संसाधनमा स्नातक गर्नुभएको छ भने चर्चित साङ्गीतिक ब्याण्ड ईलाइटसँग आबद्ध रहेर ज्याजसङ्ग गाउँदै आइरहनु भएको छ । सङ्गीतकलाको क्षेत्रमा आफ्नो पहिचान बनाउँदै गर्नुभएको श्रृष्टि लामासंग मिलापका लागि गरिएको कुराकानीः- ० आजभोलि केमा ब्यस्त हुनुहुन्छ ?आफ्नै स्वरमा गीत रेकर्डिङ गर्न...
कर्मचारीमा कोरोना पुष्टि भएपछि पर्यटन बोर्ड चार दिनका लागि बन्द
अर्थ/व्यापार, समाचार

कर्मचारीमा कोरोना पुष्टि भएपछि पर्यटन बोर्ड चार दिनका लागि बन्द

प्रदर्शनीमार्ग नजिकै रहेको नेपाल पर्यटन बोर्डका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। सोसँगै बोर्डबाट अर्को सूचना जारी नभएसम्म कार्यालय भवनभित्र कुनै पनि भेटघाट तथा कार्यक्रम नगराइने नगर्ने भएको बोर्डले जनाएको छ। यही असोज २५ र २६ गते बोर्डका केही कर्मचारमिा कोरोना पुष्टि भएको थियो भने अन्य कर्मचारी समेत उनीहरुसँगको प्रत्यक्ष सम्पर्कमा रहेका थिए। सोही कारण सम्भावित संक्रमण रोक्न यस्तो निर्णय गरिएको बोर्डले जनाएको छ।यही २८ गतेदेखि चार दिनसम्म ट्रेकिंग परमिट दिनेबाहेक अन्य सबै काम पूर्ण रुपमा बन्द गरिएको बोर्डका कर्पोरेट सर्भिसेज महाशाखाका निर्देशक सन्तोष पन्तले जानकारी दिए। अब कार्यालयको निर्मलीकरण तथा कोभिड १९ परीक्षणको काम गरिने भएका कारण पनि सेवा बन्द गर्नुपरेको पन्तले विज्ञप्तिमार्फत जनाएका छन् ।...
स्थगित परीक्षा मङ्सिरको तेस्रो सातापछि सञ्चालन हुने
शिक्षा, समाचार

स्थगित परीक्षा मङ्सिरको तेस्रो सातापछि सञ्चालन हुने

त्रिभुवन विश्वविद्यालय (त्रिविवि)को व्यवस्थापन सङ्कायले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा मङ्सिरको तेस्रो सातापछि सञ्चालन गर्ने भएको छ । सेमेस्टर प्रणालीअन्तर्गत स्थगित परीक्षा मङ्सिर तेस्रो साताबाट सञ्चालन गर्ने निर्णय गरिएको जानकारी त्रिविविको व्यवस्थापन सङ्कायले दिएको छ ।सरकारले तय गरेको स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड अनुसार परीक्षा लिने जनाइएको छ । त्रिविको असोज ६ गतेको बैठकले स्थगित गरिएका परीक्षा अनुकूलता हेरी सम्बन्धित डिन कार्यालयले सञ्चालन गर्न सक्ने अधिकार दिएपछि स्थगित परीक्षाको कार्यतालिका निकालिएको सङ्कायका डिन प्रा.डा. डिल्लीराज शर्माले जानकारी दिनुभयो ।...