चिडियाखानामा चराले मान्छेलाई गाली गर्न थालेपछि…
आगन्तुकलाई गाली गर्न थालेपछि एउटा चिडियाखानाबाट पाँचवटा सुगालाई त्यहाँबाट हटाइएको छ। गत अगस्टमा फ्रिस्कनीस्थित लिङ्कनशर वाइल्डलाइफ पार्कले ल्याएर ती खैरा अफ्रिकन सुगालाई क्वारन्टीनमा राखिएको थियो।
तर पछि मुख्य पक्षीशालामा सारिएपछि ती सुगाहरूले पखेटा फट्कार्दै आफूलाई मन लागेको भाषामा गाली गर्न थालेका थिए। अहिले ती सुगालाई उनीहरूले बोलेको सजिलै सुन्न नसकिने स्थानमा सारिएको छ।
जेस न्यूटनले ती चराहरू ल्याइएपछि उनीहरूसँग काम गर्न निकै रोमाञ्चक रहेको बताइन्। यद्यपि उनलाई ती चराले व्यवहार परिवर्तन गर्लान् कि भन्ने लागेको थियो।
उक्त पार्कका प्रमुख कार्यकारी स्टीभ निकोल्स दुःख व्यक्त गर्दै योजनाअनुसार नभएको बताउँछन्। उनी भन्छन्, ‘ती सुगाहरू प्रतिक्रिया व्यक्त गर्ने गाली गर्ने गर्छन् र यदि मानिसहरू तर्सिए वा हाँसे भने अझ त्यस्तै गर्न उनीहरू उत्साहित हुन्छन्। पाँचमध्ये एउटाले व...










