Author: admin

गीतकार जनक रावलको नयाँ गीत ‘भुल्यौं कि मायाले’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गीतकार जनक रावलको नयाँ गीत ‘भुल्यौं कि मायाले’ सार्वजनिक(भिडियो)

लामो समयदेखि पत्रकारितामा रहनुभएका गीतकार जनक रावलको नयाँ गीत ‘भुल्यौं कि मायाले…’ सार्वजनिक भएको छ । एलिना चौंहान र रुपक डोटेलको स्वर तथा किरण माइकल घिमिरेको सङ्गीतमा रहेको लोक प्याट्रनको गीतको भिडियो सार्वजनिक भएको हो । यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बेहुला बेहुली र राजा रानीको कथा बोकेको छ । गीतको भिडियो ओएसआर डिजिटलबाट बिहीबार सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गीतकार रावलको ‘निश्चल प्योरनेश अफ हर्ट द म्युजिक’ एल्बम समावेश छ । https://www.youtube.com/watch?v=IoemGpJrino&feature=emb_logo सार्वजनिक गीतमा बालापनमा गोठालो गएको, मेलापात भरेको, पानी पँधेरो धाएको सम्झनाहरू प्रस्तुत गरिनुका साथैं भाँडाकुटी खेलेको, बेहुला बेहुली बनेको, राजा रानी बनेको, लुकामारी खेलेको कुरालाई नबिर्सिएर ताजैं स्मरण गरेको भावहरु छर्लङ्ग दर्शाइएको हेर्न पाईन्छ । गीतकार रावलले निश्...
यातायात निर्देशिका जारी
अर्थ/व्यापार, समाचार

यातायात निर्देशिका जारी

चाडपर्वको समयमा सार्वजनिक यातायात सेवालाई थप सहज, सुरक्षित र प्रविधिमैत्री बनाउन यातायात व्यवस्था विभागले चाडपर्व लक्षित यातायात निर्देशिका जारी गरेको छ ।कोभिड–१९ को बढ्दो जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यसहित बसपार्क लगायतका ठाउँहरूमा रहेको टिकट बिक्री कक्षमा हुने भीड व्यवस्थापन तथा टिकट खरिद तथा बिक्री प्रक्रियालाई थप पारदर्शी बनाउने गरी निर्देशिका जारी गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो ।निर्देशिकामा मध्यम तथा लामो दूरीमा सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने कम्पनी फर्म र व्यवस्थापकले अनिवार्य रूपमा अनलाइन टिकट व्यवस्था गर्नुपर्नेछ । विभागले एक सयदेखि २५० किलोमिटरसम्मलाई मध्यम र २५० किलोमिटरभन्दा बढीलाई लामो दूरी भनेर परिभाषित गरेको छ ।अनलाइन टिकटका लागि सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने कम्पनी फर्म र व्यवस्थापकले प्रयोगमा ल्याउने सफ्टवेयरला...
कोरोनाको औषधी मानिने गुर्जो सेबन गर्नुका यति धेरै फाइदा !
समाचार, स्वास्थ्य

कोरोनाको औषधी मानिने गुर्जो सेबन गर्नुका यति धेरै फाइदा !

आज भोली बजारमा गुर्जोको माग बढेको छ। खेतबारी र जंगलमा पाइने यो वनस्पतिबारे यसअघि कमैलाई मात्र थाहा थियो। कोराना महामारी बढ्दै गएपछि गुर्जोको माग बढेको विज्ञ बताउँछन्। यो कोरोनाको औषधि होइन तर मिलाएर खाएमा रोग प्रतिरोधात्मक क्षमता बढाउने विज्ञ बताउँछन्।गुर्जो जुनसुकै उमेर समूहले पनि खान मिल्छ। खाने तरिका भने उमेर र तौलअनुसार फरकफरक हुन्छ। ‘आयुर्वेद चिकित्सकको सल्लाहअनुसार खानुपर्छ। आफ्नै तरिकाले मात्रा निर्धारण गरेर खानु घातक हुन सक्छ’, वैद्य भन्छन्।कोरोना संक्रमण बढ्दै गएपछि गुर्जोको माग धेरै भएको उनी बताउँछन्। मागअनुसार सेवाग्राहीसमक्ष पुर्याउन नसकिएको उनको भनाइ छ । गुर्जो समुद्री सतहको ३०० मिटर देखि १८०० मिटरको उचाइमा विभिन्न भौगोलिक क्षेत्रमा पाइन्छ। यो लहरा प्रजातिको वनस्पति हो। तराई तथा चुरे क्षेत्रमा पाइने गुर्जोको पात पानको जस्तै हुन्छ। यसको डाँठ फुस्रो हुन्छ । महाभारत पर्वत श...
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सामान्य, आजै डिस्जार्च हुने
राजनीति, समाचार

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सामान्य, आजै डिस्जार्च हुने

उच्चरक्त चाप भएपछि अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य भएपछि आजै डिस्चार्ज हुने भएका छन्।बुधबार उच्च रक्तचाप भएपछि खनाल धुम्बाहारीस्थिति ह्याम्स अस्पताल भर्ना भएका थिए। ‘एक्कासी उच्च रक्तचाप बढेपछि उहाँलाई बुधबार साँझ ह्याम्स अस्पताल भर्ना गरिएको थियो,’ खनालका स्वकीय सचिव कृष्ण भट्टराईलेसँग भने, ‘अहिले रक्तचाप कम हुँदै गएको छ। रक्तचाप सामान्य भएपछि संभवत : आजै डिस्जार्च हुनुहुनेछ।’ यसैगरी नेता खनालको कोरोना टेस्ट पनि नेगेटिभ आएको छ। अस्पताल भर्ना हुनु अगाडि उनको कोरोना टेस्ट गरिएको थियो। डाक्टरले बुधबार बेडरेस्ट गर्न सुझाव दिएपछि खनाल अस्पताल भर्ना भएका हुन्।...
कोरोनाबाट काभ्रेमा थप एकजनाको मृत्यु
समाचार, स्वास्थ्य

कोरोनाबाट काभ्रेमा थप एकजनाको मृत्यु

कोरोना सङ्क्रमणका कारण काभ्रे बेथानचोक गाउँपालिकाका एक वृद्धाको आज मृत्यु भएको छ। ती ७५ वर्षीया वृद्धाको बनेपास्थित शिर मेमोरिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ। योसँगै काभ्रेमा हालसम्म पाँच पुरुष र पाँच महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। काभ्रेमा आज ४० सङ्क्रमित थपिएका छन्। जिल्लामा हालसम्म सङ्क्रमितको सङ्ख्या एक हजार १३६ पुगेको छ जसमध्ये ४२३ महिला र ६९२ पुरुष छन्। कुल सक्रिय सङ्क्रमितमध्ये ३५ प्रतिशत बनेपा नगरभित्र मात्रै छन्। नगरमा आज सात पुरुष र चार महिला थपिएपछि ७१ महिला र ९९ पुरुष सङ्क्रमित छन्। यस्तै कुल सक्रिय सङ्क्रमितमध्ये आजसम्म धुलिखेलमा ३३ प्रतिशत अर्थात् १६१ छन् । पनौतीमा ४४, पाँचखालमा ३१, नमोबुद्धमा ३४, मण्डनदेउपुरमा १४, भुम्लु गाउँपालिकमा तीन, रोशीमा ११, महाभारत गाउँपालिकामा तीन सङ्क्रमित छन्। ...
अपराध रोक्ने रणनीति बनाउन गृहमन्त्रीको निर्देशन
राजनीति, समाचार

अपराध रोक्ने रणनीति बनाउन गृहमन्त्रीको निर्देशन

 गृहमन्त्री रामबहादुर थापाले कोरोनाका कारण उत्पन्न आर्थिक र सामाजिक असरले अपराधका घटना बढ्न सक्ने भएकाले त्यसलाई रोक्ने गरी सुरक्षा रणनीति बनाउन निर्देशन दिएका छन् । भर्चुअल रुपमा आज आयोजना गरिएको प्रदेश १ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री थापाले कोरोनाका कारण अपराधका नयाँ शैली बढ्न थालेकाले यसलाई रोक्ने गरी सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई निर्देशन दिएका हुन्। उनले भने, “नयाँ चुनौतीलाई सफलतापुर्वक सम्पन्न गर्न र जनताको जीउधनको सुरक्षा गर्न सुरक्षा रणनीति परिमार्जन गर्नुपर्छ, उच्चस्तरको सुरक्षा योजना र रणनीति बनाउन आजको गोष्ठीले सहयोग गर्ने छ ।” उनले पछिल्लो समय लैङ्गिक हिंसा र बलत्कारका घटना बढेको बताउँदै यस्ता घटनामा चनाखो र संवेदनशिल हुन निर्देशन दिए। गृहमन्त्री थापाले अन्तर्राष्ट्रिय सिमानाका बन्दलाई यथावत राख्ने निर्णय भएको जानकारी गराए । सीमानाका निय...
ईशान्त शर्मा आईपीएलबाट बाहिर
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

ईशान्त शर्मा आईपीएलबाट बाहिर

इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्लीलाई अर्को झड्का लागेको छ। दिल्लीका प्रमुख फास्ट बलर ईशान्त शर्माले लिगका बाँकी सबै खेल गुमाउने भएका छन्। उनी चोटका कारण आईपीएलबाट बाहिरिएका हुन्। उनलाई अभ्यासको क्रममा नेटमा बलिङ गर्दा बाँया तर्फको करङमा चोट लागेको थियो। इशान्तले जारी आइपीएलमा एक खेल मात्र खेलेका छन्। उनी हैदरावादविरुद्धका खेलेका थिए । आईपीएल शुरु हुनभन्दा पहिला पनि घाइते भएका उनले शुरुवाती खेलहरु गुमाएका थिए। योसँगै दिल्लीले जारी आईपीएलमा आफ्ना दुई खेलाडीलाई गुमाएको छ। यसअघि स्पिनर अमित मिश्रा पनि चोटका कारण बाहिरिसकेका छन्। यूएईमा जारी खेलमा दिल्ली अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।...
न प्रचार गरिन् न भोट मागिन् तर अफिस सफा गर्ने महिलाले जिल्ला प्रमुखको चुनाब जितिन्
रोचक, समाचार

न प्रचार गरिन् न भोट मागिन् तर अफिस सफा गर्ने महिलाले जिल्ला प्रमुखको चुनाब जितिन्

रुसमा हालै भएको भएको स्थानीय निर्वाचनमा एउटा जिल्लामा आएको परिणामले पूरै विश्वलाई चकित पारिदिएको छ । यहाँ एक महिला विगत ५ वर्षदेखि एउटा कार्यालयमा सरसफाइको काम गर्थिन् । अहिले चुनाव जितेर उनी त्यही कार्यालयकी प्रमुख भएकी छिन् । रुसको स्थानीय निर्वाचनमा अप्रत्याशित रुपमा नतिजा उल्टिएपछि यस्तो अद्भूत घटना भएको हो । रुसी मिडिया एमकेलाई उद्धृत गर्दै बीबीसीले लेखेअनुसार यहाँ हुन लागेको निर्वाचनमा पोभालिका जिल्ला प्रमुख पदमा एक जना मात्र उम्मेदवार भए । उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टीका उम्मेदवार थिए । पुटिनको पार्टीका उम्मेदवार निकोलाइविरद्ध चुनाव लड्न कोही पनि तयार भएनन् । अन्ततः उनी निर्विरोध निर्वाचित हुने स्थिति आयो । निकोलाइ यसअघि पनि सोही जिल्लाको प्रमुख थिए । निकोलाइले चुनावमा पारदर्शिता भएको देखाउन र आफू निर्विरोध निर्वाचित नभइ चुनाव जितेरै आएको देखाउन आफ्नै कार्य...
नासाले फेला पार्‍यो सुनको ग्रह
रोचक, समाचार

नासाले फेला पार्‍यो सुनको ग्रह

अन्तरिक्षको दुनियाँ रहस्यले भरिएको छ । यसकै रहस्यलाई सुल्झाउनको लागि अन्तरिक्ष यात्री अन्तरिक्षको मिशनमा जाने गर्दछन् । अन्तरिक्षका रहस्य यति धेरै छन् कि, हामीले बयान गरेरै सक्दैनौँ ।यसैबीच हालै मात्र वैज्ञानिकहरुले मंगल र वृहस्पति ग्रहको बीचमा एउटा यस्तो क्षुद्र ग्रह फेला पारेका छन्, जुन ग्रह सुनले भरिएको छ । त्यहाँ सुन यति धेरै छ कि, पृथ्वीमा ल्यायो भने पृथ्वीमा रहेका हरेक मानिस करोडपति बन्छन् ।नासाका अनुसार यो क्षुद्रग्रहको नाम १६ साइकी रहेको छ ।यो क्षुद्र ग्रह आलु जस्तो देखिन्छ । र त्यहाँ पाइएको सुन बहुमूल्य धातु प्लेटिनम, आयरन र निकलबाट बनेको छ । नासाका अनुसार यस क्षुद्र ग्रहको ब्यास २२६ किलोमिटर छ । त्यहाँ सुन र फलाम अत्याधिक रहेको छ । एजेन्सी...
एउटै खेलाडी एउटै बलमा २ पटक आउट
खेलकुद, समाचार

एउटै खेलाडी एउटै बलमा २ पटक आउट

इण्डियन प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा चेन्नइ सुपरकिंग्सले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्यो । यो खेलको १९ औं ओभरमा एउटा रोचक घटना भयो । दोस्रो इनिङको १९ औं ओभरको अन्तिम बलमा हैदराबादका ब्याट्सम्यान राशिद खान आउट भए । तर, उनी कसरी आउट भए भन्ने विषयमा केही समयसम्म फ्यानहरुमा अलमल भइराख्यो । किनकि उनी दुई किसिमले आउट भएका थिए । शार्दुल ठाकुरको बललाई राशिदले छक्का हान्ने प्रयास गरेका थिए तर उनी बाउण्ड्रीनजिकै दीपक चहरको हातबाट क्याच भए । तर, ठूलो शट खेल्ने प्रयासमा उनी यता क्रिजको पनि भित्रैसम्म पुगेका थिए जसका कारण उनको खुट्टाले स्टम्पमा लाग्यो र स्टम्पको गिल्ली खस्यो । अर्थात राशिद उता क्याच आउट भएका थिए भने यता हिट विकेट आउट पनि भएका थिए । अम्पायरले हिट विकेट आउट दिए किनकि दीपक चहरले बल समात्नुभन्दा पहिल्यै राशित आफैंले स्टम्प ढलाइसकेका थिए । यससँगै राशिद आइपिएलमा ह...