Author: admin

गायक सरोज कोइराला र अन्जुको स्वर तथा श्रीदेव भट्टराई अभिनित  “माया केवल माया”सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक सरोज कोइराला र अन्जुको स्वर तथा श्रीदेव भट्टराई अभिनित “माया केवल माया”सार्वजनिक(भिडियो)

श्रीदेव र ममताको "माया केवल माया" श्रीदेव भट्टराई अभिनित रोमान्टिक लभ सङ "माया केवल माया" सार्वजनिक भएको छ । ममता चापागाईँले श्रीदेवलाई साथ दिएकी छिन् । यो ममताको ड्ब्यु भिडियो हो । श्रीदेवले भने न्यु जेनेरन, शुकुलगुन्डा, विरानो माया जस्ता आधा दर्जनभन्दा बढी चलचित्र र किन आउँछ याद तिम्रो, वैगुनी रैछौ मायालु, धेरै माया जस्ता दर्जनौँ म्युजिक भिडियोमा काम गरिसकेका छन् । भिडियोमा गीतकारका रुपमा नाम कमाएका लोकराज अधिकारीले पनि विशेष भूमिका निर्वाह गरेका छन् । https://www.youtube.com/watch?v=tYuyMLz2xzQ&fbclid= पुष्पा खनालको शब्द र सरोज कोइरालाको संगीत रहेको "माया केवल माया" मा सरोज कोइराला र अन्जु पन्तको स्वर रहेको छ । यो मेल भर्सन हो । अन्जु पन्तको लिड भोकल र सरोज कोइरालाको साथ रहेको फिमेल भर्सन भने पछि सार्वजनिक गरिने गीतकार पुष्पा खनालले बताइन । आफ्नो जन्मदिनको अवसर पारेर ...
काठमाडौँ उपत्यकामा ११ सय १० जनामा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

काठमाडौँ उपत्यकामा ११ सय १० जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जनाकारी अनुसार उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा १ हजार ११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ८३२, भक्तपुरमा १०२ र ललितपुरमा १७६ जनामा कोरोना पुष्टि भएको हो।...
शनिबार थपिए २२२५ जना कोरोना संक्रमित
समाचार, स्वास्थ्य

शनिबार थपिए २२२५ जना कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २ हजार ८ सय ४६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको छ भने ३ हजार ३ सय २२ जना क्वारेन्टिनमा छन्। पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ४२ पुगेको छ।...
चर्का कुरा गरेर साम्यवाद आउँदैन:डा डीआर उपाध्याय
राजनीति, समाचार

चर्का कुरा गरेर साम्यवाद आउँदैन:डा डीआर उपाध्याय

मुलुकमा कोरोना भाइरसको प्रभाव बढिरहेको छ । यो नै हामी सवैको चिन्ताको बिषय हो । सरकारले भाइरसप्रभावित नागरिकको उपचार गर्न नसक्ने भन्दै दुवै हात उठाएको अवस्था छ । सरकार संकट व्यवस्थापनमा चुक्दै आएको छ । महामारीमा सरकार संवेदनशील बन्न सकेन । सरकारले आफ्नो क्षमता देखाउने बेला हो यो । तर यस्तो संकटको बेलामा पनि सरकार पिठ्यु फर्काएर भागेको छ । यो बिश्वजगतको नजरमा राम्रो सन्देश पटक्कै होईन। नेकपा यो बिषयमा गम्भिर हुनु पर्छ । अव समय छँदै सरकारलाई सहि बाटोमा ल्याउने जिम्मा भनेको पाटीको हो । सत्तारुढ दल नेकपा यति बेला कता , कता अल्मलिए जस्तो छ । यसरी पार्टी चल्दैन । पाटी बलियो नभए सरकार कमजोर हुन्छ । अव नेकपाले इमान्दारीता देखाउने बेला आएको छ । यदि समय छँदै नेकपाले इमान्दारीता देखाएन भने त्यो उसैका लागि आत्मघाती हुनेछ। किन भने नेकपालाई गत निर्वाचनमा ठूलो बिश्वासले जनताले झण्डै दुईतिहाईको जनमत दिए...
डा. बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि
राजनीति, समाचार

डा. बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ। डा. भट्टराई स्वयंले आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन्। ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो’ भट्टराईले ट्वीटरमा लेखेका छन्। चिकित्सकहरूको सल्लाह बमोजिम आफूहरु होम आइसोलेशनमा नै रहने जानकारी पनि डा. भट्टराईले दिएका छन्। उनले भनेका छन्, ‘केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ।’...
कैदीबन्दीलाई खसी
समाचार, समाज

कैदीबन्दीलाई खसी

 कञ्‍चनपुर कारागारमा रहेका कैदीबन्दीलाई दसैँ मनाउन खसी उपलब्‍ध गराइएको छ । लालझाडी गाउँपालिकाले कैदीबन्दीलाई खसी उपलब्ध गराएको हो । कैदीबन्दीले दसैँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँगै फलफूल र चिउरा पनि उपलब्ध गराइएको छ । गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले सरकारले दिने सिदाले नपुग्ने भएकाले मीठोमसिनो खानका लागि खसी उपलब्ध गराइएको बताए ।  यसैगरी नेपाली कांग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य दिवानसिंह विष्टले पनि कारागारमै पुगेर कैदीबन्दीलाई खसी प्रदान गरेका छन् । कारागारमा तीन सयभन्दा बढी कैदीबन्दी छन् । ...
एस्टन भिल्ला लिड्स युनाइटेडसँग पराजित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

एस्टन भिल्ला लिड्स युनाइटेडसँग पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडले एस्टन भिल्लालाई पराजित गरेको छ । लिड्ससँग हारेसँगै एस्टनको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । सुरुका चार खेलमा लगातार जित दर्ता गरेको एस्टन भिल्ला शुक्रबार राति घरेलु मैदानमै भएको खेलमा एस्टनसँग ३-० ले पराजित भएको हो ।लिड्सको जितमा दोस्रो हाफमा प्याट्रिक बामफोर्टले ह्याट्रिक गरे । उनले ५५, ६७ र ७४ औँ मिनेटमा गोल गरेका हुन् । पराजयसँगै एस्टन भिल्लाले शीर्ष स्थानमा उक्लिने मौका पनि गुमाएको छ ।जितपछि तेस्रो स्थानको लिड्सको ६ खेलबाट १० अंक भएको छ । दोस्रो स्थानमा रहेको एस्टन भिल्लाको पाँच खेलबाट १२ अंक छ ।...
अविवाहित पुरुषलाई मासिक भत्ता
राजनीति, समाचार

अविवाहित पुरुषलाई मासिक भत्ता

अविवाहित र एकल पुरुषलाई पनि भत्ता ? सुन्दा अनौठो लोगेपनि  ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि अविवाहित यो सेवा दिँदै आएको छ । सो नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक रु एक हजारको दरले नगरपालिकाको अन्तरिक स्रोतबाट मासिक भत्ता दिदै आएको फुङलिङ नगरपालिकाका उपमेयर तारा भट्टराईले बताए। ६० वर्ष पूरा भएका ७० वर्ष नकाटेको एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता दिँदै आएको फुङ्लिङ नगरपालिकाका प्रवक्ता महोन न्यौपानेले जानकारी दिए।...
टिकाको शुभ साइत सोमबार विहान १०.१९ बजे
समाचार, समाज

टिकाको शुभ साइत सोमबार विहान १०.१९ बजे

नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०.१९ बजे उत्तम भनेको छ । गृह मन्त्रालयका उपसचिव वासुदेव घिमिरेद्वारा प्रेषित अभिलेखमा समेत सोही समय जनाइएको छ ।
राष्ट्रपतिबाट शक्तिपीठ दर्शन र सर्वसाधारणलाई टीका कार्यक्रम नहुने
समाचार, समाज

राष्ट्रपतिबाट शक्तिपीठ दर्शन र सर्वसाधारणलाई टीका कार्यक्रम नहुने

राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दसैंको महाअष्टमी र कोजाग्रत पूर्णिमाका अवसरमा विभिन्न शक्तिपीठमा दर्शन तथा विजयादशमीको दिन सर्वसाधारणलाई टीका प्रदानको कार्यक्रम स्थगन गरेकी छन् । विगतका दसैंमा उक्त परम्परा रहेकामा यस पटक विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण सबै कार्यक्रम नहुने राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।...