आज नवरात्रको आठौँ दिन :महाष्टमी दुर्गाभवानीको विशेष पूजा
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गाभवानीको विशेष पूजा आराधना गरी भव्य रूपमा मनाउँदै छन्।
बडादसैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ। महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ।
आजको दिन शास्त्रसम्मत रूपमा दसैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ। तर यसपटक कोरोनाका महामारीका कारण विभिन्न शक्तिपीठ तथा मठमन्दिरमा गुठीका तर्फबाट दिइने पशुबलि भने कटौती गरिएको छ।
यस अवसरमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गर्ने प्रचलन पनि रहिआएको छ।
विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिम...










