एस्टन भिल्ला लिड्स युनाइटेडसँग पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडले एस्टन भिल्लालाई पराजित गरेको छ । लिड्ससँग हारेसँगै एस्टनको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ ।

सुरुका चार खेलमा लगातार जित दर्ता गरेको एस्टन भिल्ला शुक्रबार राति घरेलु मैदानमै भएको खेलमा एस्टनसँग ३-० ले पराजित भएको हो ।लिड्सको जितमा दोस्रो हाफमा प्याट्रिक बामफोर्टले ह्याट्रिक गरे । उनले ५५, ६७ र ७४ औँ मिनेटमा गोल गरेका हुन् ।

पराजयसँगै एस्टन भिल्लाले शीर्ष स्थानमा उक्लिने मौका पनि गुमाएको छ ।जितपछि तेस्रो स्थानको लिड्सको ६ खेलबाट १० अंक भएको छ । दोस्रो स्थानमा रहेको एस्टन भिल्लाको पाँच खेलबाट १२ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *