Author: admin

बाघको आक्रमणबाट दुईको मृत्यु
समाचार, समाज

बाघको आक्रमणबाट दुईको मृत्यु

मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ। घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो।धनौराको बेलझुण्डी सामुदायिक वनमा थारु बाख्रा चराउन गएको र उनी घर नफर्किएपछि खोज्दै जाँदा चौधरीलाई समेत बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए। ...
काठमाडौं उपत्यकामा भदौ महिना यताकै सबैभन्दा कम सङ्क्रमित
समाचार, स्वास्थ्य

काठमाडौं उपत्यकामा भदौ महिना यताकै सबैभन्दा कम सङ्क्रमित

 काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका २५२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो चौबीस घण्टामा २५२ जना सङ्क्रमित थपिएका हुन् । विगत्को अपेक्षा उपत्यकामा थोरै मात्रामा स्वाब परीक्षण गरिएकोले कम सङ्क्रमित पहिचान गरिएको हुनसक्ने आँकलन गरिएको छ । कात्तिक ११ गते थपिएको संक्रमितभन्दा कम भदौ १४ गते काठमाडौं उपत्यकामा १८६ जना संक्रमितको पहिचान गरिएको थियो । त्यसयता काठमाडौं उपत्यकाको तीनवटै जिल्लामा संक्रमित हुने बढ्दै गएको थियो। मन्त्रालयले उपत्यकाका तीन जिल्लामा १५५ पुरुष र ९७ महिला सङ्क्रमितको पहिचान गरिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि पाँच सय ७० जना सङ्क्रमित थपिएका छन् । दुई हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।...
थप ५७० जनामा कोरोना पुष्टि, ३१ सय ६८ निको भए, १४ को मृत्यु
समाचार, स्वास्थ्य

थप ५७० जनामा कोरोना पुष्टि, ३१ सय ६८ निको भए, १४ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार उपलब्ध गराएको विवरण अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ। पछिल्लो २४ घण्टामा थप २ हजार ७२५ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको संख्या १४ लाख ६९४ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार १६८ कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या १ लाख १८ हजार ८३४ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८७६ पुगेको छ।...
जाडोमा कोरोनाको प्रकोप बढने अनुमान:डा.डिआर उपाध्याय
समाचार, स्वास्थ्य

जाडोमा कोरोनाको प्रकोप बढने अनुमान:डा.डिआर उपाध्याय

जाडोमा कोरोनाको प्रकोप बढने अनुमान अव जाडो सुरु हुन थालेको छ ।जाडोमा कोरोनाको प्रकोप बढने अनुमान गरिएको छ । जाडो सुरु नहुँदै काठमाडौँ उपत्यका र देशका केही जिल्लाहरूमा सङ्क्रमणको स्थिति भयावह बन्दैगएको अवस्था छ । पछिल्लो समय काठमाडौँ उपत्यकाको परिस्थिति भयावह बन्दै गएको छ । अस्पतालमा बिरामीको चाप बढेर आइसीयू र भेन्टिलेटरको अभाव भइसकेको छ । सरकारले सक्रिय सङ्क्रमितको बिरामीलाई अस्पतालमा उपचार गराउन नसकिने भन्दै हात नै उठाइसकेको छ ।समान्यतया जाडोको समयमा रुघाको प्रकोप बढ्ने गर्छ । रुघाबाट जोगीन न्याँनो कपडा लगाउने , तातो पानी पटक पटक पिउने गर्नु पर्छ । सरकारले जाडो याममा प्रकोप बढ्ने सम्भावनालाई दृष्टिगत गरेर जोखिम न्यूनीकरण, उद्धार र राहतका विभिन्न कार्यक्रम तय गर्नु पर्ने देखिन्छ । सरकार सुरुदेखि नै कोरोनाको सम्भावित सङ्क्रमणप्रति करिब करिब उदासीन रहँदै आएको छ । कोरोना नियन्त्रणसम्बन्धी नीत...
आज टिका लगाउन भनेर अनावश्यक हिँडडुल र भीडभाड नगरौं: डा.डिआर उपाध्याय
समाचार, समाज

आज टिका लगाउन भनेर अनावश्यक हिँडडुल र भीडभाड नगरौं: डा.डिआर उपाध्याय

नेपालीको प्रमुख चाड दसैँको टिकाको दिन हो आज । आज आफूभन्दा ठूला मान्यजनबाट टीका थापेर आशीर्वाद लिने दिन हो । आज इष्टमित्र भेटघाट गर्ने दिन पनि हो । यो दसैँको विशेषता नै हो। कोरोना भाइरस संक्रमणको दर बढ्न थालेकाले अघिल्लो बर्ष जस्तो भेटघाट नगरौ. । यति बेला कोरोना भाइरसले सबैतिर चिन्ता बढाएको छ।भेटघाट र भीडभाडले कोरोना संक्रमणको दर अझै बढने खतरा छ । दसैँमा मान्यजनहरूबाट टीका थाप्नका लागि बूढापाका÷ज्येष्ठ नागरिकहरूसमक्ष जानु पर्ने हुन्छ । यसले झन जोखिम बढने खतरा छ । त्यसैले आज टिका लगाउन भनेर अनावश्यक हिँडडुल र भीडभाड नगरौं । तपाई हामी सवै आआफ्नै घरभित्र बसेर दसैँ मनाऔं । यो महामारीबाट सुरक्षित हुन सकिए दसैँ त अर्को वर्ष पनि मनाउन सकिन्छ। हामीले अहिलेको अप्ठ्यारो परिस्थितिमा जो जहाँ छौं , त्यहीँ बसेर हाँसी , खुशी दसैँ मनाऔं । अव हरेक नागरिक सचेत हुनु पर्ने बेला आएको छ । अहिले हेलचेक्र्याइँ गर्...
२४ घण्टामा विश्वभर ४ लाखभन्दा बढीमा संक्रमण
अन्तर्राष्ट्रिय, स्वास्थ्य

२४ घण्टामा विश्वभर ४ लाखभन्दा बढीमा संक्रमण

विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ४ हजार ७३९ जनामा संक्रमण भएको छ । योसँगै संक्रमित संख्या ४ करोड ३३ लाख २३ हजार ४५३ पुगेको छ । त्यसमध्ये ७७ हजार ७४८ जनाको अवस्था गम्भीर छ । यस्तै पछिल्लो २४ घण्टामा २ लाख ३५ हजार ७९७ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड १९ लाख नाघेको छ । यस्तै एकै दिन थप ४ हजार ४९८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ५९ हजार ९ पुगेको छ । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ८८ लाख ८९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७९ लाख ९ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५३ लाख ९४ हजार पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो । कोरोना भाइरसकै संक...
राष्ट्रपति भण्डारीद्वारा आमा मिथिला पाण्डेका हातबाट टीका ग्रहण
राजनीति, समाचार

राष्ट्रपति भण्डारीद्वारा आमा मिथिला पाण्डेका हातबाट टीका ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी छन्। राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नुभएको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए। सो अवसरमा राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिइन्।...
राप्रपा अध्यक्ष कमल थापा १० दिनको उपचारपछि डिस्चार्ज
राजनीति, समाचार

राप्रपा अध्यक्ष कमल थापा १० दिनको उपचारपछि डिस्चार्ज

कोरोना भाइरस (कोभिड १९) संक्रमणपछि अस्पताल भर्ना भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा उपचार पछि घर फर्किएका छन् । उनी स्वास्थ्यमा समस्या आएपछि असोज ३० गते चावहिलको ओम अस्पतालमा भर्ना भएका थिए । उनी १० दिनको उपचारपछि घर फर्किएको राप्रपाको केन्द्रीय सचिवालयका सदस्य राजाराम बर्तौलाले सामाजिक सञ्जालबाट जानकारी दिए । उनलाई टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रस्वासमा समस्या हुने लक्षण देखिएको थियो । थापाको उपचार अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा विश्वनाथ कोइराला, सिनियर कन्सल्ट्यान्ट पन्मनोलोजिस्ट डा सुबोध ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा प्रमेशसुन्दर श्रेष्ठ, डा बिपिन कार्कीलगायतको टिमले गरेको थियो । १० दिनको उपचारबाट घर फर्किए पछि उनले आफ्नो स्वास्थ्यप्रति चिन्ता लिई स्नेह,सद्भाव र शुभकामना दिने सबैमा सादर कृतज्ञता व्यक्त गरेका ...
नेहा कक्करले गरिन रोहन प्रितसंग बिहे
मनोरन्जन, समाचार

नेहा कक्करले गरिन रोहन प्रितसंग बिहे

बलिउडकी चर्चित लोकप्रिय गायिका नेहा कक्कर गायक रोहन प्रितसंग विवाह बन्धनमा बाधिँएकी छिन् । विवाहका लागि उनीहरु परिवारसहित बिहिबार मुम्बइबाट दिल्ली पुगेका थिए । केही समयदेखि नेहा र रोहनको विवाहको कुरा गीतको प्रचारको लागि मात्र भएको भारतीय मिडियाले बताउँदै आएको थियो तर नेहाले नै सामाजिक सञ्जालमा रोहनसँगको प्रेमको तस्बिर सार्वजनिक गरेपछि बैवाहिक बन्धनमा बाधिने कुरा प्रस्ट भएको थियो । उनीहरुले दिल्लीस्थित गुरुद्वारामा विवाह गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विवाहमा दुवैका पारिवारिक सदस्य र नजिकका साथीहरु उपस्थित रहेको बताइएको छ । एक दिन अघिमात्र नेहाको हल्दी र मेहेन्दीको कार्यक्रम आयोजना भएको थियो । नेहा र उनको आफन्तले सामाजिक संजालमा उनको मेहेन्दी कार्यक्रमका तस्वीर पनि शेयर गरेका छन् । बलिउडका थुप्रै हिट गीत दिएकी नेहाको बिहेलाई भव्य बनाउन उनको परिवारले कुनै कसर बाँकी र...
सामसुङका अध्यक्ष ली कुन–हीको निधन
अन्तर्राष्ट्रिय, समाचार

सामसुङका अध्यक्ष ली कुन–हीको निधन

विश्वप्रसिद्ध मोबाइल डिभाइस निर्माता सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन–हीको ७८ वर्षको उमेरमा निधन भएको छ । कम्पनीले शनिबार जारी गरेको विज्ञप्तिमा लीको निधन आफ्नै निवासमा भएको उल्लेख छ । सामसुङद्वारा जारी विज्ञप्तिमा स्थानीय सानो व्यवसाय विस्तार गर्दै विश्वमै अग्रणी औद्योगिक कम्पनी बनाउन लीको योगदान अतुलनीय रहेको जनाइएको छ । सामसुङ कम्पनीको वार्षिक कारोबार दक्षिण कोरियाको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच भागको एक भाग बराबर रहेको मानिन्छ ।...