सामसुङका अध्यक्ष ली कुन–हीको निधन - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

सामसुङका अध्यक्ष ली कुन–हीको निधन


विश्वप्रसिद्ध मोबाइल डिभाइस निर्माता सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन–हीको ७८ वर्षको उमेरमा निधन भएको छ ।

कम्पनीले शनिबार जारी गरेको विज्ञप्तिमा लीको निधन आफ्नै निवासमा भएको उल्लेख छ । सामसुङद्वारा जारी विज्ञप्तिमा स्थानीय सानो व्यवसाय विस्तार गर्दै विश्वमै अग्रणी औद्योगिक कम्पनी बनाउन लीको योगदान अतुलनीय रहेको जनाइएको छ ।

सामसुङ कम्पनीको वार्षिक कारोबार दक्षिण कोरियाको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच भागको एक भाग बराबर रहेको मानिन्छ ।

Leave a Reply

Your email address will not be published.