Author: admin

एक साताभित्र कोरोना बीमाको भुक्तानी दिन निर्देशन
अर्थ/व्यापार, समाचार

एक साताभित्र कोरोना बीमाको भुक्तानी दिन निर्देशन

बीमा समितिले एक साताभित्र कोरोना बीमाको बाँकी बक्यौता भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । कोरोना बीमाको दावी भुक्तानी नदिएको भन्दै चौतर्फी आलोचना भएपछि मंगलबार समितिले कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । मंगलबार नै कोरोना बीमाबारे छलफल गर्नका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थमन्त्रालयमा बैठक बसेको थियो । बैठकमा उनले एक साताभित्र दावी भुक्तानीको व्यवस्था मिलाउन समितिलाई निर्देशन दिएपछि समितिले कम्पनीहरुलाई निर्देशन दिएको हो । छलफलमा अर्थ मन्त्रालयका सचिब शिशिरकुमार ढुङाना, राजस्व सचिव रामशरण पुडासैनी, बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँ, बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतको उपस्थिति थियो । हालसम्म २० हजार भन्दा बढी बीमितले दुई अर्ब भन्दा बढि रुपैयाँको बीमा दावी भुक्तानीका लागि कागजात पेश गरेपनि करिब १५ करोड रुपैयाँ मात्र दावी भुक्...
हुण्डी गर्न लागेको एक करोड रुपैयाँसहित काठमाडौंबाट तीन जना पक्राउ
अपराध, समाचार

हुण्डी गर्न लागेको एक करोड रुपैयाँसहित काठमाडौंबाट तीन जना पक्राउ

हुण्डी गर्न लागेको एक करोड रुपैयाँसहित प्रहरीले काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले झापाका २ र पर्वतका एक युवालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा झापाका विकास मितल र कमल मितल तथा पर्वतका गणेश पौडेल रहेका छन्।उनीहरुलाई ओमबहालबाट पक्राउ गरेर अनुसन्धान सुरु गरिएको सीआईबी प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिए।...
संक्रमित ऋण काढेर उपचार गराउन निजी अस्पताल जान बाध्य:डा.डिआर उपाध्याय
समाचार, स्वास्थ्य

संक्रमित ऋण काढेर उपचार गराउन निजी अस्पताल जान बाध्य:डा.डिआर उपाध्याय

सरकारी अस्पतालमा गरिब मानिसको पहुँच पुग्न सकेन अव जाडो महिना सुरु हुन थाल्यो, त्यसैले होला कोरोना संक्रमित दर पनि बढिरहेको छ । जाडो महिनामा संक्रमण बढि फैलने अनुमान स्वास्थ्य बिज्ञले बताउदै आएका छन । यस्तो अवस्थामा हामी आफैँ सतर्क हुने, भीडभाडमा नजाने, घरबाहिर निस्कनैपरेमा मास्क प्रयोग गर्ने, व्यक्तिगत दूरी कायम गर्ने, साबुनपानीले मिचि मिचि हात धुनेबाहेक हामीसँग अरु कुनै विकल्प छैन । राज्य जनताप्रति गम्भीर र संवेदनशील बन्न सकेन । कोभिड–१९ सँग जुध्नका लागि सर्वसाधरण नागरिकलाई सकस परिरहेको छ । राज्यले केही तयारी गर्न सकेको छैन । आमनागरिकले राज्यलाई बिश्वास गर्ने ठाउँ हराउँदै गएको छ । त्यसो त प्रारम्भिक दिनहरूमा कोरोना संक्रमित हुनेबित्तिकै सम्बन्धित व्यक्तिलाई भर्ना गर्ने, निःशुल्क उपचार गर्ने, संक्रमितको खोजी गर्ने आदि काम सरकारले नगरेको होइन , गरेकै हो । त्यस बेला नागरिकमा राज्यप्रति विश्व...
आइपिएल: दिल्ली क्यापिटल्स प्लेअफमा
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

आइपिएल: दिल्ली क्यापिटल्स प्लेअफमा

दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको प्लेअफमा स्थान बनाउन सफल भएको छ ।अबुधाबीमा सोमबार राति भएको खेलमा विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गरेर दिल्ली क्यापिटल्सले प्लेअफमा स्थान बनाएको हो । १५३ रनको लक्ष्य दिल्ली क्यापिटल्सले १९ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । उसका लागि अजिन्क्या रहाणेले ४६ बलमा ६० तथा शिखर धवनले ४१ बलमा ५४ रन बनाए । प्लेअफमा पुगेको दिल्ली क्यापिटल्सले नोभेम्बर ५ मा हुने पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्ने छ । पराजित भएको बैंग्लोर पनि रनरेटका आधारमा अघि रहँदै प्लेअफमा पुग्न सफल भएको छ । बैंग्लोरले कोलकाता नाइट राइडर्स वा सनराजर्स हैदरावादसँग क्वालिफायरमा प्रतिस्पर्धा गर्ने छ ।कोलकाता चौथो स्थानमा छ । तर मंगलबार हुने समूह चरणको अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्न सकेनमा हैदराब...
अस्ट्रियाको राजधानी भियनामा आतंकवादी आक्रमण
अन्तर्राष्ट्रिय, अपराध, समाचार

अस्ट्रियाको राजधानी भियनामा आतंकवादी आक्रमण

अस्ट्रियाको राजधानी भियनामा आतंकवादी आक्रमण भएको छ । राइफलसहितका बन्दुकधारीले मध्य भियनाका विभिन्न ६ स्थानमा अन्धाधुन्ध गोली चलाएका छन् । गोली लागेर कम्तीमा एकजनाको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अस्ट्रियाका चान्सलर सेबास्टियन क्रूजले प्रतिघाती आतंकारी आक्रमण रहेको बताएका छन् । सुरक्षाकर्मीको गोली लागेर एक बन्दुकधारीको पनि ज्यान गएको छ । घाइते हुनेमा प्रहरी पनि रहेका छन् । यहुदी प्रार्थना स्थल नजिकै आक्रमण भएको हो, तर सो स्थल निशाना थियो थिएन भन्ने स्पष्ट भएको छैन । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि देशव्यापी रुपमा लागु भएको नया प्रतिबन्धको केही घण्टामै घटना भएको हो । युरोपका नेताहरुले आक्रमणको निन्दा गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले डरलाग्दो आक्रमणबाट त्रसित भएको बताएका छन् । स्थानीय समय अनुसार सोम...
इजरायलमा नेपाली कामदार पठाउन ‘प्रोटोकल’ तयार
अर्थ/व्यापार, समाचार

इजरायलमा नेपाली कामदार पठाउन ‘प्रोटोकल’ तयार

गत असोजमा इजरायसँग भएको श्रम सम्झौता अनुसार नेपाली कामदार त्यहाँ पठाउन ‘प्रोटोकल’ तयार भएको छ । इजरायल सरकारका प्रतिनिधि र नेपाल सरकारका उच्च अधिकारीहरूबीच १ महीनाको छलफलपछि प्रोटोकल तयार गरिएको हो । प्रोटोकलमा श्रम सम्झौतामा भएका व्यवस्थालाई आधार मान्दै कामदार जाने प्रक्रिया, कामदारको योग्यता, पारिश्रमिक, सेवासुविधालगायत विषय समेटिएको छ । नेपालीहरूलाई रोजगारीका लागि विशेष गरी हस्पिटल क्षेत्रमा पठाउने र त्यहाँ खानेबस्ने सबै प्रबन्ध मिलाउने व्यवस्था आदिलाई प्रोटोकलले प्रस्ट्याएको छ । हस्पिटलबाहेक केयर गिभर, कृषि, होटेल र रेस्टुराँ, निर्माणलगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर मिल्ने गरी प्रोटोकल तयार गरिएको छ । इजरायलसँग भएको श्रम सम्झौताअनुसार प्रोटोकलमा रोजगारीका लागि उक्त देशमा जान चाहने नेपालीले भिसा शुल्क, मेडिकल परीक्षण, कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम, ओरिन्टेशन शुल्क ...
सास सुँघेरै कोरोना संक्रमण पत्ता लगाउने नयाँ प्रविधि विकास
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

सास सुँघेरै कोरोना संक्रमण पत्ता लगाउने नयाँ प्रविधि विकास

वेल्सका वैज्ञानिकले मानिसकाे सास सुँघेरै कोरोना संक्रमण पत्ता लगाउने नयाँ प्रविधि विकास गरेका छन्। बीबीसीका अनुसार यो उपकरण वेल्सस्थित इम्स्पेक्स डाइग्नोस्टिक्स कम्पनीले विकास गरेको हो। सुरुमा फोक्सोको क्यान्सरजस्ता रोग र ब्याक्टेरिया र भाइरसले गराउने श्वासप्रश्वाससम्बन्धी रोगबीच भिन्नता छुट्याउन यो प्रविधि विकास गर्न लागेको तर कोरोना महामारी सुरु भएकाले यसलाई कोरोना परीक्षणका लागि विकास गरिएको कम्पनीले जनाएको छ। उक्त उपकरणबाट स्कटल्यान्ड र जर्मनीमा परीक्षण गर्दा तुरुन्त काेराेना भए/नभएकाे पत्ता लागेकाे ‘लान्सिट’ जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।इम्स्पेक्स डाइग्नोस्टिक्सले बजेट सुनिश्चित भएमा याे उपकरण ६ महिनाभित्र आम प्रयोगका लागि तयार हुन सक्ने जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सान्टी डोमिनगुएजले यसको सम्भावना निकै उत्साहप्रद देखिएको र कोरोना परीक्षण गर्न अन...
गीतकार जनक रावलको लोक प्याट्रनको डान्सिङ गीत ‘सिमसिमे पानी पर्‍यो’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गीतकार जनक रावलको लोक प्याट्रनको डान्सिङ गीत ‘सिमसिमे पानी पर्‍यो’ सार्वजनिक(भिडियो)

गीतकार जनक रावलको लोक प्याट्रनको डान्सिङ गीत ‘सिमसिमे पानी पर्‍यो…’ सार्वजनिक भएको छ । किरण माइकल घिमिरेको सङ्गीतमा रहेको लोक प्याट्रनको गीतको भिडियो सार्वजनिक भएको हो । सञ्चारकर्मी समेत रहनुभएका रावलको सार्वजनिक गीतमा रुपक डोटेल र शसिका राईको स्वर रहेको छ । यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बालापनको कथा बोकेको छ । भिडियोमा बालपनका कुरालाई नबिर्सिएर ताजैं स्मरण गरेको भावहरु छर्लङ्ग दर्शाइएको हेर्न पाईन्छ । गीतको भिडियो बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गीतकार रावलको ‘निश्चल प्योरनेश अफ हर्ट द म्युजिक’ एल्बम समावेश छ । गीतकार रावलले ‘भुल्यौं कि मायाले…’ बोलको गीत सार्वजनिक गरेको केही दिनमा सोही एल्बमको अर्को गीत ‘सिमसिमे पानी पर्‍यो…’ सार्वजनिक गर्नुभएको हो । https://youtu.be/s2MkL_1X3V0 गीतको भिडियोमा बालापनको अभिनयमा निश्चल रावल र निकिशा बि...
जनताको मतलाई खेलवाड गर्न मिल्दैन:डा.डिआर उपाध्याय
राजनीति, समाचार

जनताको मतलाई खेलवाड गर्न मिल्दैन:डा.डिआर उपाध्याय

के नेकपा फुटको संघारमा पुगेकै हो त ? सत्तारुढ दल नेकपाभित्र फेरि विवाद सुरु भएको छ । यसले आम नेपाली जनतालाई चिन्तित बनाएको छ । यति खेर मुलुकमा गम्भीर स्वास्थ्य संकट परेको छ । आम नागरिक उपचार नपाएर छटपटाईरहेका छन । यतिबेला नेकपाको ध्यान यता तिर केन्द्रित हुनु पर्दथ्यो । यो विाद गर्ने बेला होइन । सत्तारुढ दल नेकपा भावनात्मक रुपमा एक भएर अघि बढनु पर्छ । यो अहिलेको आबश्यकता हो । नेकपा बिभाजन हुने हो की भनेर नेता, कार्यकर्ता चिन्तित छन । त्यो अवस्था कुनै हालतमा आउन दिनु हुदैन । यदि नेकपा बिभाजनको मुखमा पुग्यो भने देशमा गम्भिर संकट आउने खतरा छ । साना तिना कुरामा अल्झिएर विवाद बढाउनु उचित छैन । नेकपा बलियो बनेर अघि बढनु पर्छ । आम नागरिकको चाहना यो हो । दुई पाटी मिलेको देखेर नै नागरिकले आम निर्वाचनमा बहुमत दिएका हुन । जनताको यो मतलाई खेलवाड गर्न मिल्दैन । देशको बिकास , समृद्धि र सुशासन कायम गर...
निर्देशक किशोर चौधरीले संचालनमा ल्याए चितवनमा राष्ट्रिय स्तरको सम्पादन कक्ष
मनोरन्जन, समाचार

निर्देशक किशोर चौधरीले संचालनमा ल्याए चितवनमा राष्ट्रिय स्तरको सम्पादन कक्ष

अब चितवनमा पनि राष्ट्रिय स्तरको चलचित्र सम्पादन कक्ष नेपाली चलचित्र निर्माता निर्देशक किशोर चौधरिले चितवनको टाडिमा राष्ट्रिय स्तरको सम्पादन कक्ष शुरु गरेका छन। कार्तिक कोजागरत पुर्णिमाको शुभ साईत मौका छोपी सो सम्पादन कक्षको सम्पादक मित्र डि गुरुङले रिवन काटी आज एक समारोह बिच उदघाटन गरेका थिए। चितवनमा राष्ट्रिय स्तरको सम्पादन कक्षको कमि महशुस गरि यो सम्पादन कक्षको स्थापना गरियको को कुरा निर्देशक किशोर चौधरिले जानकारी दिनु भयो वहाँले अब चलचित्र कर्मिहरु चितवन आउदा काठमाडौंको जस्तै सेवा सुबिधा उपलब्ध हुने कुरा पनि जानकारी दिनु भयो।...