Author: admin

कोरोना भाइरसबाट विकासोन्मुख देशहरू सबैभन्दा बढी प्रभावित::डा.डिआर उपाध्याय
अर्थ/व्यापार, समाचार

कोरोना भाइरसबाट विकासोन्मुख देशहरू सबैभन्दा बढी प्रभावित::डा.डिआर उपाध्याय

कोरोना भाइरसबाट बच्ने उपाय भनेकै सावधानी अपनाउनु हो कोरोना भाइरसले हालसम्म विश्वका धेरै मानिसको ज्यान लिइसकेको छ। भाइरसलाई पूर्णरुपमा नियन्त्रणमा ल्याउन कुनै देशले सकेका छैनन् । विश्वव्यापी रूपमा फैलिरहेको यो भाइरस प्रभावले हाम्रो देश नेपाल पनि अछुतो रहन सकेको छैन। यो भाइरसलाई प्राणघातक भाइरससमेत भनिन्छ। कोभिड– १९ को उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीमा संक्रमणको जोखिम उच्च देखिएको छ । यो भाइरसबाट बच्ने सबैभन्दा महत्वपूर्ण र आधारभूत उपाय भनेकै सावधानी अपनाउनु हो। यसबाट बच्न सकिने उपाय भनेको सरसफाइमा ध्यान दिनु पर्छ । मास्क प्रयोग गर्न छोडनु हुदैन । हातले नाक, मुख र ऑखा छुनु हुदैन । बेलाबेलामा साबुनपानीले मिचिमिची हात धुनु पर्छ । पोसिलो खानेकुरा खानु पर्छ । माछा, मासु राम्रोसँग पकाएर खानु पर्छ । भीडभाडमा सावधानी अपनाउनु पर्छ । सामाजिक दूरी कायम गर्नु पर्छ । संक्रमित तथा रुघ...
गायिका दिपा तामाङ्गको ‘फेसबुकमा फोटो छ’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका दिपा तामाङ्गको ‘फेसबुकमा फोटो छ’ सार्वजनिक(भिडियो)

काठमाडौं, १४ कार्तिक - गायिका दिपा तामाङ्गको नयाँ गित 'फेसबुकमा फोटो छ' बोलको गित सार्वजनिक भएको छ । गितमा गायिका दिपा तामाङ्ग र गायक प्रियजन राईको सुमधुर स्वर रहेको छ । पुर्वेली लोक भाकामा आधारित रहेको गितले प्रेममा बिछोडको भावना झल्काईएको पाईन्छ । लब्ली तुलसीको शब्द लेखन रहेको सो गितमा गायक प्रियजन राईले नै संगित भरेका छन् । गित निकै नै मिठो र मार्मिक भावनामा आधारित रहेर बनेको गायिका दिपा तामाङ्गले बताईन् । गितको एरेन्ज भने सुमन राईले गरेका छन् । https://www.youtube.com/watch?v=p5PTJzkkGNk&feature=youtu.be&fbclid=IwAR021M7_FJpJzoD3-iTKgJ7hPZVt2qZeXAL2z_4I99RmHf31GQYya4fPklU भिडियोे सुवास कुथुमी राईले रेकर्ड गरेका हुन भने मिक्सिङ र मास्टरिङ्ग गोबिन्द सोनीले गरेका हुन । त्यस्तै भिडियोको छायांकन र एडिटिङ जनकराज अधिकारीले गरेका हुन ।दिपा छोटो समयमै निकै चर्चा कमाउन सफल गायिक...
महामारीसित जुधन नसक्ने सरकार संग अरु के धेरै आश गर्नु ?:डा.डिआर उपाध्याय
राजनीति, समाचार

महामारीसित जुधन नसक्ने सरकार संग अरु के धेरै आश गर्नु ?:डा.डिआर उपाध्याय

अहिले मुलुकमा साढे दुई वर्षभन्दा लामो समयदेखि कम्युनिष्ट पार्टीको झण्डै दुई तिहाई बहुमतको जननिर्वाचित सरकार छ । यो सरकारलाई जनहितको पक्षमा काम गर्न केले छेक्यो ? बहाना वाजी मात्र गरेर पाँच बर्षको समय बिताउने की काम गरेर देखाउने ? नेकपाका लागी यो काम गर्ने ठूलो अवसर हो , सधै भरी अवसर नआउन पनि सक्छ । जोश ,जाँगर र उत्साहका साथ काम हुनु पर्दथ्यो , मेसो केहि छैन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको पनि साढे दुई वर्षभन्दा बढि भै सक्यो । एक्लै दुई तिहाई बहुमत नजिकको संघीय सरकार छ । सातवटा प्रदेशमध्ये ६ वटामा नेकपाकै दुई तिहाइ बहुमतका सरकार छन् । यो सरकारलाई काम गर्न केले बाधा पुयाएको छ ? अचम्म लाग्दो कुरा यो छ । कम्युनिष्ट पार्टीको यो सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने नारा अघि सारेको पनि साढे दुई वर्षभन्दा बढि भै सक्यो । नारा अति सुन्दर छ । यह...
धुलिखेल अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु
समाचार, स्वास्थ्य

धुलिखेल अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

धुलिखेल अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचरत ७० वर्षीय महिला र ५५ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको जिल्ला कमाण्ड पोष्टका डा. नरेन्द्रकुमार झाले जानकारी दिए। उनीहरु दुवैजना धुलिखेल नगरपालिकाका हुन्। उनका अनुसार काभ्रेमा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ । बिहीबार काभ्रेमा २९ जना नयाँ संक्रमित थपिएका छन्। जिल्लामा १५ सय ६२ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमितमध्ये ९ सय ५४ पुरुष र ६ सय ८ पुरुष छन्।...
प्रहरीको खोजी सूचीमा र्‍यापर भिटेन
अपराध, समाचार

प्रहरीको खोजी सूचीमा र्‍यापर भिटेन

समाजले पचाउन नसक्ने अश्लिल शब्द प्रयोग गरेर गीत बनाएको भन्दै र्यापर भिटेन उर्फ समीर घिसिङलाई प्रहरीले खोजी गरिरहेको छ । प्रहरी प्रधान कार्यालयको उजुरी छानवीन तथा गुनासो शाखामा उजुरी परेपछि उनलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिए लगत्तै साइबर व्यूरोले उनको खोजी गरेको हो । ‘यस पटक प्रहरीमाथि नै र्यापमार्फत आक्रमण गरेको र समाजमा अश्लिलता फैलाउने शब्द राखेका कारण प्रहरीले उनलाई पक्राउ गरी कारवाही अघि बढाउछ त्यसका लागि साइबर व्यूरोलाई निर्दैशन गइसकेको छ’, प्रहरी प्रवक्ता कुवेर कडायतले भने । भिटेनको नयाँ गीत ‘पारा’ एक साताअघि युट्युवमा पोस्ट गरेका थिए । भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार साइबर ब्युरोलाई पत्र पठाएको प्रहरी प्रधान कार्यालयले जनाएको हो । एक वर्षअघि भिटेनलाई प्रहरीले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा महानगरीय अपराध महाश...
देशभर थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु
समाचार, स्वास्थ्य

देशभर थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु

पछिललो २४ घण्टामा थप २ हजार ३६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टिभएको छ । ९ हजार ७६९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३८० पुरुष र ९८४ महिला गरी २ हजार ३६४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । यस्तै ३ हजार ३८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख २४ हजार ८३२ जना निको भएका छन् ।कोरोनाका कारण पछिल्लो २४ घण्टामा १७ जनासहित मृत्यु हुनेको संख्या ९०४ पुगेको छ।...
विश्वभर पछिल्लो २४ घण्टामा ५ लाखभन्दा बढीमा संक्रमण, ७ हजार बढीको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

विश्वभर पछिल्लो २४ घण्टामा ५ लाखभन्दा बढीमा संक्रमण, ७ हजार बढीको मृत्यु

कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा विश्वभर ४ करोड ४७ लाखभन्दा बढीमा संक्रमण भएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख २ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै संक्रमितको संख्या ४ करोड ४७ लाख ३९ हजार ९१७ पुगेको छ । संक्रमितमध्ये ८१ हजार १६६ जनाको अवस्था गम्भीर छ । यस्तै पछिल्लो २४ घण्टामा ७ हजार १०४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख ७८ हजार ५२७ पुगेको छ । यस्तै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ८५ लाख ३ नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६५ हजारभन्दा धेरै  निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड २७ लाख नाघेको छ । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ९१ लाख १८ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।...
काठमाडौं भित्रिँदै गरेको ठूलो परिमाणको पटाकासहित एक जना पक्राउ
अपराध, समाचार

काठमाडौं भित्रिँदै गरेको ठूलो परिमाणको पटाकासहित एक जना पक्राउ

रौतहटबाट काठमाडौं भित्रिँदै गरेको ठूलो परिमाणको पटाकासहित एकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार नागढुंगा चेक प्वाइन्टबाट रौतहट राजदेवी नगरपालिका-६ का ३२ वर्षीय पिन्टु जैसवाललाई पक्राउ गरिएको हो।  प्रहरीका अनुसार उनी ना६ख ७११४ नम्बरको यात्रुबाहक बसमा पटाका लिएर काठमाडौं आइरहेका थिए। उनको साथबाट खुर्सानी पटाका ८ हजार ४०० थान, सिंगल रकेट १२ थान, गमला पटाका ८० थान, बुलेट पटाका १०० थान र लामो रकेट पटाका १९० थान बरामद भएको वृत्तका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए। पक्राउ परेका जैसवाललाई हिरासतमा राखिएको छ। उनीमाथि मुलुकी अपराध संहिता २०७४ को विस्फोटक पदार्थ सम्बन्धी कसुरमा अनुसन्धान थालिएको श्रेष्ठले बताए।  पटाका विशेषगरी तिहार छठ पर्वमा बढी प्रयोग हुने गरेको छ। असुरक्षित प्रयोग भए मानिसको ज्यानसम्म जानसक्ने र अंगभंग हुने भए...
बेलायतमा एकै दिन २४ हजार भन्दा बढी संक्रमित थपिए
अन्तर्राष्ट्रिय, समाचार

बेलायतमा एकै दिन २४ हजार भन्दा बढी संक्रमित थपिए

बेलायतमा  बुधबार सार्वजनिक तथ्याङ्कअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४ हजार नाघेको छ ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार आज थप  २४ हजार ७०१ नयाँ कोरोना संक्रमित थपिएका हुन् । अघिल्लो दिनको तुलनामा संक्रमित हुनेको संख्या झन्डै दुई हजारले बढी छ ।  यससँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुनको संख्या ९ लाख ४२ हजार २७५ पुगेको छ । अघिल्लो हप्ताको तुलनामा मृतक संख्यामा ६२ प्रतिशतले वृद्धि भएको अधिकारीहरुले बताएका छन् । यसैगरी पछिल्लो २४ घन्टामा थप ३१० जना कोरोना  संक्रमितको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको  छ ।  मृत्यु हुनेमा पछिल्लो २८ दिनभित्र कोरोना संक्रमण पुष्टि भएका व्य्कतिहरु रहेका छन् ।  हालसम्म बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४५ हजार ६७५ पुगेको छ ।   सर...
चौरसियाका हत्यारालाई कारबाही गर्न नेकपाका ३५ केन्द्रीय नेताको माग
अपराध, समाचार

चौरसियाका हत्यारालाई कारबाही गर्न नेकपाका ३५ केन्द्रीय नेताको माग

पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ स्थित प्रसौनीमा नेकपा स्थानीय नेताको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै स्थायी समिति सदस्य मातृका यादवसहित ३५ नेताले विज्ञप्ति जारी गरेका छन् । सो विज्ञप्तिमा विन्दवासिनी गाउँपालिकाका सचिव तथा जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको हत्याबारे गम्भीर ध्यानाकर्षण भएको र हत्या सुनियोजित भएको उल्लेख गरिएको छ । ‘घटनाको प्रकृति हेर्दा, पार्टीको गाउँपालिका कमिटीका पदाधिकारी तथा सदस्यहरु निर्विवादित थिए । शपथग्रहण हुन मात्र बाँकी थियो । शपथग्रहण हुनुअघि नै केही आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरुको योजनामा अपराधीहरु बाँसको भाटालगायतका हतियारहरु बोकी कार्यक्रम स्थल पुगे’, विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको झण्डा र ब्यानरहरु च्यात्न थाले क मुकेश चौरसियाले रोक्न खोज्नु भयो । अपराधीहरुले उहाँ लगायत निहत्था कमरेडहरुमाथि आक्रमण गरे । केही कमरेडहरु घाइते भए भने च...