Author: admin

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जिन्दगीका अनेक’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जिन्दगीका अनेक’ सार्वजनिक (भिडियो)

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जिन्दगीका अनेक…’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत तथा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । https://youtu.be/eWsWmKxGmZQ ‘जिन्दगीका अनेक रुपरङ् समेट्दैहरमन मुटुमा बेग्लै तरङ्ग छेड्दै…’ सार्वजनिक गीतमा नेपालमा प्रकाशित धेरै भन्दा धेरै उपन्यासको नाम लिइएको छ । डा. उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘धरोहर’मा रहेको यो गीतले पनि कीर्तिमानी कायम गर्न सफल भएको थियो । फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स ...
फेसबुकमा अभद्र कमेण्ट नलेख्न साउदीमा रहेका नेपालीलाई दूतावासको चेतावनी
अर्थ/व्यापार, समाचार

फेसबुकमा अभद्र कमेण्ट नलेख्न साउदीमा रहेका नेपालीलाई दूतावासको चेतावनी

साउदी अरबस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सामाजिक सञ्जाल (फेसबुक) मा जथाभावी कमेण्ट नलेख्न सचेत गराएको छ । दूतावासले मंगलबार एक सार्वजानिक सूचना जारी गर्दै राजदूतावासबाट गरिने सूचनाहरुमा जथाभावी अभद्र कमेण्टहरु पोष्ट नगर्न अनुरोध गरेको हो। सोमबार राजदूतवासबाट प्रकाशित राहदानी नवीकरण सम्बन्धी सार्वजनिक सूचनामा ‘लभ्ली केटो’ नामक फेसबुक आइडीबाट कमेन्ट गर्ने एक व्यक्तिले नेपाली महिला कामदारलाई अपमान गर्ने प्रकारको अभद्र पोष्ट गरेको पाइएको भन्दै दूतावासले सो पोष्ट तुरून्त हटाउन चेतावनी समेत दिएको छ । त्यस्तै दूतावासले साउदी अरबमा फेसबुक लगायत अन्य सामाजिक संजालको प्रयोगका माध्यमबाट पोष्ट वा लाईभ पोष्ट गर्दा वा कसैलाई म्यासेज पठाउँदा वा कुनै पनि विषयमा कमेन्ट गर्दा स्थानीय साइवर तथा अन्य कानूनको पूर्ण पालना गर्न समेत सचेत गराएको छ। यसअघि स्थानीय कानूनको विरूद्द हुनेगरी क...
सत्तारूढ दल एक भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता:डा. डीआर उपाध्याय
राजनीति, समाचार

सत्तारूढ दल एक भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता:डा. डीआर उपाध्याय

सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) भित्रको बिवाद भनेको स्वार्थको बिवाद हो । आ-आफनो स्वार्थ पुरा हुँदा बित्तिकै हाम्रा कमरेडहरू मिलिहाल्नु हुन्छ । यो बिवादमा सत्ता स्वार्थको राजनीति छ । अहिले जनताको आखाँमा छारो हाल्ने काम भएको छ । अहिले एकले अर्कोलाई दोष देखाएर स्वार्थको लडाइँ चलिरहेको छ । यो लडाइँ कति लामो समयसम्म चल्ने हो यसै भन्न त सकिदैन । कमरेडहरू, तपाईहरूको लडाईले जनताको बिश्वासको डोरी नचुडियोस् । गत आम निर्वाचनमा जनताले ठूलो बिश्वास गरेर तपाईहरूलाई बहुमत दिए । त्यो कुरा अहिले आएर बिर्सनु हुन्छ भने भन्नु केही छैन । तपाईहरूको दुई पार्टी मिलेको देखेर जनताले बहुमत दिएका हुन । दुई पार्टी बेग्ला बेग्लै चुनाव लडनु भएको भए जनताको यो बिश्वास पक्कै पाउनु हुने थिएन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको यो स्वार्थको लडाइँले कसैलाई फाई...
सनराइजर्स हैदराबाद आईपीएल क्रिकेटको प्ले अफमा
खेलकुद, समाचार

सनराइजर्स हैदराबाद आईपीएल क्रिकेटको प्ले अफमा

सनराइजर्स हैदराबाद युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । सारजाहमा गएराति भएको समूह चरणका अन्तिम खेलमा मुम्बई इण्डियन्सलाई १० विकेटले हराउँदै हैदराबाद प्ले अफमा पुगेको हो ।मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदराबादले १७ ओभर १ बलमा बिना विकेटको क्षतिमा भेट्टायो ।  हैदराबादको जितमा डेभिड वार्नर र रिद्दिमान साहले उत्कृष्ट ब्याटिङ गरे । वार्नरले ५८ बलमा १० चौका र १ छक्का प्रहार गर्दै अविजित ८५ रन बनाए भने साहले ४५ बलमा ७ चौका र १ छक्कासहित ५८ रन जोडे ।  वार्नर र साहले पहिलो विकेटका लागि अविजित १ सय ५१ रनको साझेदारी गरेपछि हैदराबाद तेस्रो स्थानमा रहदैं प्लेअफमा पुगेको हो । ...
लोकप्रिय गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल काफ्लेको नयाँ गीत ‘यो तिहारमा’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

लोकप्रिय गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल काफ्लेको नयाँ गीत ‘यो तिहारमा’ सार्वजनिक (भिडियो)

लोकप्रिय गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल काफ्लेको स्वरमा रहेको नयाँ तिहार गीत सार्वजनिक गरिएको छ । विशेषगरी तिहार पर्वलाई लक्षित गरी निर्माण गरिएको ‘यो तिहारमा’ बोलको गीत तथा गीतको भिडियो गायक रामचन्द्रकै लगानीमा निर्माण गरिएको छ । भिडियो गायक स्वयंको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा रामकुमार बगरको शब्द रहेको छ भने संगीत रामचन्द्र काफ्लेकै छ । नेपसिने फिल्म स्टुडियोले निर्माण गरेको भिडियोमा पल्पसा डंगोल, वसन्त अधिकारी, सुधीर श्रेष्ठ, चक्र बम, गरिमा श्रेष्ठ, रुविना अधिकारी, अस्मिता पन्तलगायतको अभिनय छ । विधान कार्कीले निर्देशन गरेको उक्त भिडियो उत्सव दाहालको टिमले खिचेको हो । श्याम लामाको मेकअप रहेको भिडियो विकास दाहालले सम्पादन गरेका छन् । यस वर्षको तिहारमा बाहिर देउसी भैलो खेल्ने माहौल नरहेकाले घरमै परिवारसँग रमाइलो गर्न ‘यो तिहारमा’ गीत विशेष बन्ने गायक काफ्ले...
भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख

भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४६ हजार ३३ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८३ लाख १२ हजार ९४७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७६ लाख ५४ हजार ७५७ जना संक्रमणमुक्त भएका छन् । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५११ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २३ हजार ६५० पुगेको छ ।...
फ्रान्सेली कारबाहीमा ५० इस्लामिक लडाकू मारिए
अन्तर्राष्ट्रिय, समाचार

फ्रान्सेली कारबाहीमा ५० इस्लामिक लडाकू मारिए

पश्चिम अफ्रिकी मुलुक मालीमा इस्लामिक अतिवादीसँग संघर्षरत फ्रान्सेली सेनाले गरेको पछिल्लो सैन्य कारबाहीमा कम्तीमा ५० लडाकू मारिएका छन् । फ्रान्सेली रक्षा मन्त्री फ्लोरेन्स पार्लीले ट्वीट गर्दै फ्रान्सेली सेनाले लडाकूबाट हातहतियार र उपकरण बरामद गरेको जनाएका छन् । उत्तरी मालीमा ड्रोनबाट गरिएको सर्वेक्षणमा शंकास्पद लडाकूहरु मोटरसाइकलमा देखिएपछि कारबाही गरिएको मन्त्री पार्लीले जानकारी दिए । सेनाले पहिले हवाई आक्रमण गरेको र त्यसपछि फ्रान्सेली कमान्डोले स्थलगत कारबाही गरेको थियो । यसैबीच, बुर्किना फासो र नाइजरसँग सीमा जोडिएको मालीको सीमावर्ती इलाकामा केही सातादेखि ठूलो सैन्य अभियान जारी रहेको फ्रान्सेली सेनाका एक अधिकारीले बताएका छन् । फ्रान्सेली रक्षामन्त्री पार्लीले सोमबार र मंगलबार मालीको राजधानी बामाकोको भ्रमण गरेका छन् । उनले मालीको अन्तरिम सरकारका प्रमुखसँग भेटवार्ता गरेका थिए ।...
बलिउडका नायक अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता
अन्तर्राष्ट्रिय, मनोरन्जन, समाचार

बलिउडका नायक अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता

बलिउडका महानायक अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता भएको छ । अमिताभ बच्चनले संचालन गर्दै आएको टेलिभिजन शो कौन बनेगा करोडपतिका कारण अमिताभसहित केबीसीको निर्माण टिमविरुद्ध मुद्दा दर्ता भएको हो । लखनउमा दर्ता भएको केसमा अमिताभ र केबीसीका निर्माताविरुद्ध हिन्दुहरुको भावनामा ठेस पुर्याएको आरोप लगाइएको छ । बिहीबार राती प्रशासन भएको कर्मवीर विशेष भागमा अमिताभ बच्चनले सोधेका थिए ‘२५ डिसेम्बर १९२७ मा डा. भीमराव अम्बेडकर र उनका अनुयायीहरुले कुन धर्मग्रन्थको प्रति जलाएका थिए ?’ यसको जवाफको लागि ४ विकल्पहरु विष्णु पुराण, भागवत गीता, ऋग्वेद र मनुस्मृति थिए । यो प्रश्नको जवाफका विकल्पहरुमा सबै हिन्दू धर्मग्रन्ध मात्र भएपछि अमिताभ बच्चन विवादमा परेका हुन् । हिन्दू धर्मका मात्र ग्रन्थको विकल्प दिएर हिन्दूहरुको भावनामा चोट पुर्याएको आरोपसहित उजुरी दर्ता भएको हो । सबै हिन्दू धर्मका ग्रन्थहरुको मात्रै विक...
भारतका सेना प्रमुख नरवणे तीनदिने औपचारिक नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुग्दै
राजनीति, समाचार

भारतका सेना प्रमुख नरवणे तीनदिने औपचारिक नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुग्दै

भारतका सेना प्रमुख मनोजमुकुन्द नरवणे तीनदिने औपचारिक नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुग्दै छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष नरवणे ४ सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल भ्रमणमा आउने भएका हुन्। उनलाई नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ।...
‘सम्हाल मलाई’को म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)
मनोरन्जन, समाचार

‘सम्हाल मलाई’को म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

अठार वर्षभन्दा मुनिका युवा समूहको अथक प्रयास र मेहनत पश्चात ‘सम्हाल मलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  चाखलाग्दो कुरा के भने ‘सम्हाल मलाई’मा गीत रेकर्डिङ, म्युजिक एरेन्जमेन्टदेखि लिएर म्युजिक भिडियो निर्माणसम्मका सम्पूर्ण कार्यमा १८ वर्ष मुनिका युवाहरुको मात्र संलग्नता रहेको छ।  अबिरल भुजेलको शव्द र स्वर  रहेको ‘सम्हाल मलाई’ बोलको गीतमा ज्योति श्रेष्ठ (स्टोरनटर) र संजिव तामाङ(एसएनजीभी) ले संगीत भरेका छन् । पछिल्ला दिनमा लिरिकल भिडियोलाई सर्वाधिक रुचाईएकाले क्लास एक्स प्रेजेन्टेसनसंगको सहकार्यमा यस गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको जनाईएको छ।  शायुज पोखरेल र आयुष्मान मगर(मिस्टर जिएम)ले निर्देशन तथा छायांकन गरेको यस म्युजिक भिडियोमा अबिरल भुजेल र शिल्पा थापा्को अभिनय रहेको छ । भिडियो— https://youtu.be/vgM5Bjskn9c...