मुलुकको बर्तमान राजनीतिक अवस्था बारे केहि कुरा
डा.डिआर उपाध्याय,
यति बेला मुलुकको राजनीति तरंगित छ । अब के हुन्छ कसैलाई थाहा छैन । अब यहि सरकारले निरन्तरता पाउँछ की अर्को सरकार बन्छ केहि थाहा छैन । राजनीतिमा कतिखेर के हुन्छ कुनै ठेगान हुदैन । अब यही सरकार कायम हुन्छ या नयाँ सरकार बन्छ भन्ने कुरामा अनेक खालको बहस भने चलिरहेको छ । यति बेला मुलुकको राजनीतिक धु्रवीकरणमा बिभाजित छ । राजसपाले वर्तमान केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरे ओली सरकार नै कायम रहने देखिन्छ । यदि राजसपाले ओलीलाई साथ नदिएमा कांग्रेस, माओवादी केन्द्र र राजसपाको त्रिशङ्कु सरकार बन्ने अवस्था पनि छ ।
राजसपामा पनि केपी ओलीलाई साथ दिने की कांग्रेस, माओवादी केन्द्र संग मिलेर सरकार बनाउने भन्ने कुरामा बिवाद छ । खास गरी राजसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो केपी ओलीको पक्षमा उभिएका छन् भने अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीको बिपक्षमा...








