बेरोजगारी समस्या नै देशको लागी गम्भिर चुनौति
डा.डिआर उपाध्याय,
लामो समय देखि नै हाम्रो देशमा बेरोजगारी समस्या बढदै गएको छ । यो हाम्रो देशको लागी गम्भिर चुनौतिको बिषय हो । यो चुनौतिलाई पार गर्न सवै एक हुनु पर्ने आबकश्यकता छ । हाम्रो देशमा जुन किसिमले देखिएको बेरोजगारी समस्या छ त्यो समाधान गर्नु पर्ने दायित्व सरकारको हो । देशमा दिगो शान्ति कायम हुन नसके बिकास र समृद्धि आउन सक्दैन । आज मुलुक भित्र लाखौँ लाख शिक्षित युवायुवतीहरु बेरोजगार भएर सडकमा भौतारीन बाध्य छन । कैयौँ युवायुवतीहरु स्वदेशमा आफनो भविष्य नदेखेर विदेश पलायन हुन बाध्य छन् । यो हाम्रो देशको यथार्थ हो । विदेश पलायन हुनु भनेको रहर होइन , बाध्यता हो ।
शिक्षित युवाहरु विकसित राष्ट्रहरुमा गएका छन भने कम पढेलेखेका युवायुवतीहरु खाडी मुलुकतिर श्रम गर्न बाध्य छन् । युवा युवतीहरुको अभावले ग्रामीण भेगतिर खेतबारीहरु बाँझा छन् । खेतीपाती गर्ने मान्छे नभएपछि कृषि उत्पादन घट्दो छ ।...









