“लिटिल प्रिन्स एण्ड प्रिन्सेस, २०२१” को शिर्ष उपाधी श्रीनिका र श्रीतुको हातमा
काठमाडौँ – चैत्र १९। भक्तपुर निस्ट स्कूल भक्तपुरसंगको सहकार्यमा इनोभेसन इभेन्ट मेनेजमेन्टद्वारा आयोजित “लिटिल प्रिन्स एण्ड प्रिन्सेस, २०२१” को शिर्ष उपाधी श्रीनिका श्रेष्ठ र श्रीतु रिजालले जितेका छन। काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको अन्तिम प्रतिस्पर्धामा ग्रुप ‘ए’ तर्फबाट श्रीनिका श्रेष्ठले विजेताको ताज पहिरिदा बिलक्षना लुईटेल फर्स्ट रनर अप भईन । साथै तविसि राणा सेकेण्ड रनर अप, सेरेना गौतम थर्ड रनर अप र अबिन्ता सिवाकोटी फोर्थ रनर अप घोषित भए। त्यसैगरी ग्रुप ‘बी’ तर्फबाट श्रीतु रिजालले विजेताको ताज पहिरिदा हर्षन कार्की फर्स्ट रनर अप भए । साथै सान्वी भट्टराई सेकेण्ड रनर अप, सुदेश्ना नेपाल थर्ड रनर अप र परधी फुयाँल फोर्थ रनर अप घोषित भए।
प्रतियोगितामा लिटिल स्टार प्रिन्सको अवार्ड साईमन बरुवालले हार पारे भने लिटिल स्टार प्रिन्सेसको अवार्ड एन्जल पोखरेलले हात पारिन। निशा पाठ...







