Blog

ओलम्पिक दिवस : स्वस्तिश्री गुरुकुलमा शुरु भयो १० दिने खेलकुद कार्यक्रम
खेलकुद, समाचार

ओलम्पिक दिवस : स्वस्तिश्री गुरुकुलमा शुरु भयो १० दिने खेलकुद कार्यक्रम

काठमाडौँ,३० जेठ । काठमाडौँको सानो भर्याङस्थित स्वस्तिश्री गुरुकुल आइ.वि.वल्र्ड स्कुलले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अबसरमा १० दिने विविध खेलकुद कार्यक्रम शुरु गरेको छ । उक्त कार्यक्रमको आज एक समारोहका बीच नेपाल ओलम्पिक कमिटीअन्तरगत (स्पोट्र्स फर अल कमिसन) का संयोजक विष्णुगोपाल श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । उक्त समारोहमा उहाँले ओलम्पिकको स्थापना र यसको महत्वका बारेज प्रकाश पार्दै नेपालको खेलकुद क्षेत्र र खेलाडीको समेत भविश्य राम्रो रहेको बताउनुभयो । संयोजक श्रेष्ठले विद्यालयका बालकालिकालाई खेलकुदमा भाग लिएर फाइदा उठाउन सुझाव पनि दिनुभयो । ओलम्पिक दिवसको बारेमा जानकारी गराउँदै श्रेष्ठले स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेलाडीको आवश्यकता पर्नेमा जोड दिनुभयो । सो क्रममा उहाँले खेलका लागि फुटबल समेत हस्तान्तरण गर्नुभएको थियो । उक्त समारोहमा विद्यालयका अध्यक्ष रामकृष्ण चित्रकारले ...
‘जिनियस म्युजिक अवार्ड’को उत्कृष्ट पाँच सार्वजनिक(सूचि सहित)
मनोरन्जन, समाचार

‘जिनियस म्युजिक अवार्ड’को उत्कृष्ट पाँच सार्वजनिक(सूचि सहित)

काठमाडौं । दोश्रो तथा तेश्रो जिनियस म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ‘नेपाली कला संस्कृति हाम्रो पहिचान, संरक्षण प्रवद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको दोश्रो संस्करणमा १६ विधा र तेश्रो संस्करणको अवार्डमा ३७ विधामा उत्कृष्ट ५ सार्वजनिक भएको हो । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरिएको अवार्ड आयोजक संस्था जिनियस म्यूजिकका अध्यक्ष रमेश पाठकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । कोरोना महामारीका कारण रोकिएको दोश्रो संस्करणको मनोनयन समेत एकै पटक सार्वजनिक गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।एक दशक भन्दा लामो समयदेखि गीत संगीत क्षेत्रमा सक्रिय संस्था जिनियसले आफ्नो कम्पनिको वार्षिकोत्सवको अवसरमा नेपाली गीत–संगीतका लोकप्रिय श्रष्टाहरुलाई ‘जिनियस म्युजिक अवार्ड–२०७९’ द्वारा पुरस्कृत तथा सम्मान गर्न लागेको हो । जिन...
देशको बारेमा गम्भिर बनौं
राजनीति, समाचार

देशको बारेमा गम्भिर बनौं

-डा.डी.आर.उपाध्याय खनाल, काठमाडौं । अझै पनि राजनीतिक दल र तिनका नेताहरु आ आफनो स्वार्थमा लिप्त छन । देश र जनताको भाग्य र भबिश्य निर्माण गर्ने कुरामा कसैको चासो र चिन्ता देखिदैन । देशको भबिश्यका बिषयमा चिन्ता गर्ने नेतृत्वको खाँचो छ अव । अव पनि देश यस्तै अबस्थामा रहन सक्दैन र राख्नु पनि हुदैन । अब युवाहरुले गम्भिर भएर सोचनु पर्ने बेला आएको छ । देशमा बिकासका कुरा धेरै भए तर हामीले प्रगति गर्न सकेनौं । देश आर्थिक संकटमा परेको अर्थ बिज्ञहरुले बताइरहेका छन । यस्तो अबस्थामा पनि नेतृत्वलाई चिन्ता नहुनु दुखद कुरा हो । राजनीतिक दलहरु अब मिलेर जानु पर्ने अबस्था आयो । दलहरु बीच बिवाद हुनु भनेको देशलाई संकट तर्फ धकेल्नु हो । सबै राजनीतिक दलहरु मिलेर अब देशलाई निकास दिनु पर्छ । जनताको अबस्था सबै कुरामा नाजुक हुदैछ । सर्ब साधरण जनता महंगीका कारण बिहान बेलुकाको छाक टार्न सकिरहेका छैनन् । राजनीति भन...
फिल्म ‘डलर एयुडी’ निर्माण गर्दै फेशन डिजाईनर तृष्णा गुरुङ
मनोरन्जन, समाचार

फिल्म ‘डलर एयुडी’ निर्माण गर्दै फेशन डिजाईनर तृष्णा गुरुङ

नयाँ नेपाली फिल्म ‘डलर एयुडी’ निर्माण हुने भएको छ । काठमाडौंमा आयोजित एक समारोहमा यो फिल्म निर्माण हुने घोषणा गरिएको छ । लामो समयदेखि नेपालको मौलिकतालाई जोगाउन विविध मनोरजानात्मक कार्यक्रमको आयोजना गर्दै आइरहेको एएसएपी इन्टरटेन्मेन्टले यो फिल्म निर्माण गर्न लागेको हो । सन्तोष अधिकारी फिल्म्स तथा अमारियाको प्रोडक्सनको संयुक्त लगानी निर्माण हुने यो फिल्ममा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारी लगायतको अभिनय रहने छ । देवकुमार श्रेष्ठको निर्देशन रहने यो फिल्म सन्तोष अधिकारीले निर्माण गर्न लागेका हुन् । ‘आमा’ फिल्मका सह-निर्माता अधिकारी लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् । नेपालबाट अष्ट्रेलिया जाने नेपालीको जीवन कथाको विषयमा निर्माण हुने फिल्मको सह–निर्मातामा धर्मराज अधिकारी, गंगाराम वाग्ले, अरुण श्रेष्ठ, अन्जना अधिकारी, तृष्णा गुरुङ लगायत रहेका छन् । अष्ट्रे...
रेस्लर तथा गायिका भगवती खड्का (युनिका)’बलात्कारीलाई फाँसी दे’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

रेस्लर तथा गायिका भगवती खड्का (युनिका)’बलात्कारीलाई फाँसी दे’ सार्वजनिक (भिडियो)

नेपालकै पहिलो महिला रेस्लिङ् खेलाडी भगवती खड्का (युनिका) को स्वरमा ‘बलात्कारीलाई फाँसी दे’ को भिडियो सार्बजनिक भएको छ । गायिका स्वयं फिचर्ड रहेको भिडियो लाई उनको आफ्नै रेस्लर युनिका युट्युवच्यानल मार्फल सार्वजनिक गरिएको हो । सार्बजनिक भिडियोमा बलात्कारबाट शिकार भएका नारीहरुमा समर्पित सामाजिक जनचेतनामूलक सन्देशलाई सशक्त ढङ्गले उजागर गरिएको छ। देशमा भइरहेको महिलामाथिको अन्याय, अत्याचार र सामाजिक कुरितीलाई जरैदेखि नउखेलेसम्म महिला मुक्ति सम्भव छैन भन्ने सन्देश प्रवाह गरेको भिडियोमा अर्की महिला रेस्लर खेलाडी तथा मोडल अस्मिता जुरेलीको समेत अभिनय रहेको छ। https://youtu.be/maOxchUzo-0 सञ्जय खड्का, लोकसरी कुँवर र जीवी क्षेत्रीको शब्द रचना रहेको यस गीतभिडियोमा संगीत रहेको छ नरहरी प्रेमीको भने संगीत संयोजन रहेको छ सञ्जय हमालको। त्यस्तैगरी सम्पादन, छायाङ्कन तथा कलरिङ रहेको ...
राजधानीका सडक छेउमा थुप्रिएको फोहोर
समाचार, समाज

राजधानीका सडक छेउमा थुप्रिएको फोहोर

-डा.डी.आर.उपाध्याय खनाल, काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन छिटो भन्दा छिटो हुनु पर्छ । यो हामी सबैको माग हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले यो बिषयमा सक्रियता देखाएका पनि छन तर उनले आबश्यक सहयोग भने पाउन सकेका छैन । फोहोरको बिषयलाई लिएर राजनीति नगरौं । यसले कसैलाई फाइदा गर्दैन । सबै मिलेर फोहोर व्यवस्थापन गरौं । यो नै आजको माग हो । फोहोरको कारण राजधानी दुर्गन्धित हुनथालेको छ । यो बिषयमा सरोकारवाला र राजनीतिक दलहरु गम्भिर बन्ने की नबन्ने ? फोहोरकै कारण राजधानीका गल्लि र बाटोहरुमा नाक मुख छोपेर हिडनु पर्ने अबस्था छ । यो भन्दा लाजमर्दो कुरा के हुन्छ ? राजधानीका सडक छेउमा थुप्रिएको फोहोरले गम्भीर खालका रोग निम्त्याउने खतरा पनि बढेको छ । त्यसैले यो बिषयलाई हल्का रुपमा लिनु हुदैन । समस्या समाधान गर्ने बाटो तर्फ सबै गम्भिर बनौं । काठमाडौं महानगरपालिकाले स्थानीयवास...
माधवराज खरेल निर्देशित भिडियो ‘भन्दै होलान’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

माधवराज खरेल निर्देशित भिडियो ‘भन्दै होलान’ सार्वजनिक(भिडियो)

काठमाण्डौ– गायक कन्हैया सिंह परियारको स्वरमा “भन्दै होलान” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयदेखी नेपाली गीत संगीत क्षेत्रमा सक्रिय रुपमा लागिरहेका सिंहले यस अघि पनि सयौं गीतहरुमा आफ्नो स्वर दिइसकेका छन् । केही समय देखी अमेरिकामा वसोवास गर्दै आएका सिंहले प्रवासमा रहेर पनि नेपाली गीत संगीत क्षेत्रमा आफ्नो योगदानलाई निरन्तरता दिईरहेका छन् ।विदेशीए पछि गाउँ विर्सियो भन्दै होलान भन्दै परदेशको पिंडालाई मर्मस्पर्शि रुपमा चित्रण गरिएको गीतका रचनाकार हुन चर्चित संचारकर्मी,एवम् गीतकार सुमन बैरागी पण्डित र यस गीतलाई चर्चित संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका छन् । चलचित्र निर्देशक माधव राज खरेको निर्देशनमा बनेको म्युजिक भिडियोमा अभिनेता श्रीदेव भट्टराइ, नायिका कन्चन चालिसे, कलाकार उद्धव प्रसाद भट्टराई, नम्रता खरेल पौडेल, राजु कार्की, कुमार स्याङवो लगायतका कलाकारहरुको अभिनय दे...
“डिष्ट्रिक क्याविनेट अफिसर्स स्कूलिङ्ग”सम्पन्न
समाचार, समाज

“डिष्ट्रिक क्याविनेट अफिसर्स स्कूलिङ्ग”सम्पन्न

पोखरा । लायन्स क्लब्स् अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एल,को ३ दिने आवसिय “डिष्ट्रिक क्याविनेट अफिसर्स स्कूलिङ्ग” सम्पन्न भएको छ । पोखरा सम्पन्न लायन वर्ष २०२२–२३ को लागि डिष्ट्रि«क ३२५ एल नेपालको लागि मनोनित क्याविनेट पदाधिकारीहरुलाई बरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएका थियो । लायन वर्ष २०२२–२३ का लागि डिष्ट्रिक ३२५ एल, नेपालका डिष्ट्रिक गभर्रन मणिश्री रत्न बज्राचार्यबाट स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथी मदनकृष्ण श्रेष्ठबाट पानसमा दिप प्रज्वलन गरि कार्यक्रमलाई विधिवत शुभारम्भ गरिएको थियो । प्रमुख अतिथी श्रेष्ठबाट लायन्स क्लबहरुबाट समाजमा पु¥याईरहेको सामाजिक क्रियाकलापको प्रशंसा गर्नु हुदै सम्पूर्ण लायन्सहरुलाई निरन्तर सेवाकार्यमा लागिरहन सफलताको कामना सहित बधाई दिनु भएको थियो । कार्यक्रमको पहिलो दिनको दोश्रो सत्रमा डिष्ट्रिक ३२५ एल, नेपालका डि...
एकलाख एकहजार एकसय रुपैयाँ राशीको ‘किशोर नेपाल पत्रकारीता पुरस्कार’स्थापना
समाचार, समाज

एकलाख एकहजार एकसय रुपैयाँ राशीको ‘किशोर नेपाल पत्रकारीता पुरस्कार’स्थापना

बरिष्ठ पत्रकार किशोर नेपालको नामबाट एकलाख एकहजार एकसय रुपैयाँ राशीको ‘किशोर नेपाल पत्रकारीता पुरस्कार’ स्थापना गरिएको छ । पत्रकार नेपालको ७० औं जन्मोत्सवका अबसरका मिडिया इन्टरनेसनलले उक्त राशीको पुरस्कार घोषणा गरेको हो । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका किशोर नेपालको नामबाट मिडिया इन्टरनेसनलले हरेक बर्ष पुरस्कार प्रदान गर्ने छ । नेपाली पत्रकारितामा किशोर नेपाल ७० बर्षमा पनि सक्रिय पत्रकारकै रुपमा छन् । राष्ट्रिय स्तरका कैयौं पत्रपत्रिकाको सम्पादकको जिम्मेवारीमा रहेर काम गरिसकेका नेपालको ७० औ जन्मोत्सवका अबसरमा एक विशेष कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा बरिष्ठ अर्थविद समेत रहेका विश्वम्भर प्याकुरेलले किशोर नेपालको नामबाट पत्रकारिता पुरस्कार स्थापना गर्नु महत्वपूर्ण काम भएको बताए । उनले व्यक्ति मरेपछि भन्दा बाँचेकै अबस्थामा सम्मान गर्नुले यसको महत्व झल्कीएको चर...
गायक प्रशान्त श्रेष्ठको ‘छोडी हिंडे म’सार्वजनिक
मनोरन्जन, समाचार

गायक प्रशान्त श्रेष्ठको ‘छोडी हिंडे म’सार्वजनिक

युवा गायक प्रशान्त श्रेष्ठको शब्द, संगीत र स्वरमा सजिएको ‘छोडी हिंडे म’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कयौ नेपालीहरुको सपना सपनै रहन्छ भन्ने सन्देश रहेको भिडियोलाई अहिलेका व्यस्त कलाकार जिवेश गुरुङले निर्देशन गरेका छन । https://youtu.be/MF5THA3Y1Hw भिडियोमा उनलाई रश्मिला तामाङ, लक्ष्मी नाथ मौद्गल्य, चन्द्रिका राजले साथ दिएका छन । स्वयम गायककै एरेन्ज समेत रहेको भिडियोलाई दिनेश श्रेष्ठले मिक्सिङ मास्टरिङ्ग गरेका छन । भिडियोमा बिनोद र ऐताको छायाँकन, बिनोद यक्खाको सम्पादन रहेको छ । भिडियोलाई गायक प्रशान्त श्रेष्ठकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरीएको छ । आफुलाई विशेष रुपमा पाइला पाइलामा सहयोग गर्ने संगीतकार सुन्दर कुमार महर्जन, सायास ब्याण्डका अनिल पाख्रिन लगायत सम्पूर्ण सहयोगी हातहरुलाई उनले हृदयदेखि नै धन्यवाद दिएका छन भने दर्शकश्रोता तथा सञ्चारकर्मीहरुल...