रेस्लर तथा गायिका भगवती खड्का (युनिका)'बलात्कारीलाई फाँसी दे' सार्वजनिक (भिडियो) - राष्ट्रपत्र
आइतवार, मंसिर १७, २०८०

रेस्लर तथा गायिका भगवती खड्का (युनिका)’बलात्कारीलाई फाँसी दे’ सार्वजनिक (भिडियो)


नेपालकै पहिलो महिला रेस्लिङ् खेलाडी भगवती खड्का (युनिका) को स्वरमा ‘बलात्कारीलाई फाँसी दे’ को भिडियो सार्बजनिक भएको छ ।

गायिका स्वयं फिचर्ड रहेको भिडियो लाई उनको आफ्नै रेस्लर युनिका युट्युवच्यानल मार्फल सार्वजनिक गरिएको हो ।

सार्बजनिक भिडियोमा बलात्कारबाट शिकार भएका नारीहरुमा समर्पित सामाजिक जनचेतनामूलक सन्देशलाई सशक्त ढङ्गले उजागर गरिएको छ।

देशमा भइरहेको महिलामाथिको अन्याय, अत्याचार र सामाजिक कुरितीलाई जरैदेखि नउखेलेसम्म महिला मुक्ति सम्भव छैन भन्ने सन्देश प्रवाह गरेको भिडियोमा अर्की महिला रेस्लर खेलाडी तथा मोडल अस्मिता जुरेलीको समेत अभिनय रहेको छ।

सञ्जय खड्का, लोकसरी कुँवर र जीवी क्षेत्रीको शब्द रचना रहेको यस गीतभिडियोमा संगीत रहेको छ नरहरी प्रेमीको भने संगीत संयोजन रहेको छ सञ्जय हमालको। त्यस्तैगरी सम्पादन, छायाङ्कन तथा कलरिङ रहेको छ मन्दिरा शर्माको भने भिडियो निर्देशन समेत रहेको छ स्वयम् शर्माकै।

बलात्कारीलाई फाँसी दे’ का गायिका, नायिका, मोडल तथा रेस्लर खेलाडी भगवती खड्का (युनिका)को  यसअघि ‘हामी खस क्षेत्री’,गीत सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *