“डिष्ट्रिक क्याविनेट अफिसर्स स्कूलिङ्ग”सम्पन्न - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

“डिष्ट्रिक क्याविनेट अफिसर्स स्कूलिङ्ग”सम्पन्न


पोखरा । लायन्स क्लब्स् अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एल,को ३ दिने आवसिय “डिष्ट्रिक क्याविनेट अफिसर्स स्कूलिङ्ग” सम्पन्न भएको छ । पोखरा सम्पन्न लायन वर्ष २०२२–२३ को लागि डिष्ट्रि«क ३२५ एल नेपालको लागि मनोनित क्याविनेट पदाधिकारीहरुलाई बरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएका थियो । लायन वर्ष २०२२–२३ का लागि डिष्ट्रिक ३२५ एल, नेपालका डिष्ट्रिक गभर्रन मणिश्री रत्न बज्राचार्यबाट स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथी मदनकृष्ण श्रेष्ठबाट पानसमा दिप प्रज्वलन गरि कार्यक्रमलाई विधिवत शुभारम्भ गरिएको थियो । प्रमुख अतिथी श्रेष्ठबाट लायन्स क्लबहरुबाट समाजमा पु¥याईरहेको सामाजिक क्रियाकलापको प्रशंसा गर्नु हुदै सम्पूर्ण लायन्सहरुलाई निरन्तर सेवाकार्यमा लागिरहन सफलताको कामना सहित बधाई दिनु भएको थियो ।

कार्यक्रमको पहिलो दिनको दोश्रो सत्रमा डिष्ट्रिक ३२५ एल, नेपालका डिष्ट्रिक गभर्रन मणिश्री रत्न बज्राचार्यबाट उपस्थित सम्पूर्ण पदाधिकारीहरुलाई वर्ष २०२२–२३ को लायन्स क्लब्स् अन्तर्राष्ट्रिय प्रेसिडेण्टबाट निर्दिष्ट कार्यक्रम र डिष्ट्रिक गर्भनरको कार्यक्रमको बारेमा विस्तृत रुपमा जानकारी गराउनु भएको थियो भने लायन्स डिष्ट्रिक ३२५ का पूर्व गर्भनर गौतममान श्रेष्ठबाट लायन्स डिष्ट्रिक ३२५ एल, नेपालको रणनीतिबारे प्रष्ट पार्नु भएको थियो । त्यसैगरी लायन्स क्ल्ब अन्तर्राष्ट्रिय एलसिआईएफ एरिया लिडर एवं अन्तर्राष्ट्रिय डाईरेक्टर ईण्डोर्सि बालकृष्ण बुर्लाकोटीबाट लायन्स क्लब्स् अन्तर्राष्ट्रिय फाउण्डेसनको महत्व बारेमा प्रकाश पार्नु भएको थियो ।

उक्त पहिलो दिनको उद्घाटन सत्रमा पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. ईन्द्र तिवारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहजकर्ता प्रा. डा. रामचन्द्र लामिछाने, कलाकार एवं गायक यमन श्रेष्ठ, लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिष्टिक ३२५ नेपालका पूर्व मल्टिपल काउन्सिल पे्रसिडेण्ट दिपक श्रेष्ठ, पूर्व गर्भनरहरु क्रमशः योगेन्द्र प्रधान, ध्रुर्व बहादुर थापा, अशोक कुमार श्रेष्ठ त्यस्तै गरि लायन्स डिष्ट्रिक ३२५ नेपालका को–गर्भनरहरु अमर बहादुर श्रेष्ठ, ध्रुर्व श्रेष्ठ, राजेन्द्र बाटाजु, लायन्स डिष्ट्रिक ३२५ एल का प्रथम भाईस डिष्ट्रिक गर्भनर परमेश्वर बराल र द्धितीय भाईस डिष्ट्रिक गर्भनर सुमन भट्टको उपस्थिती रहेको थियो ।

कार्यक्रमको दोश्रो दिनको पहिलो सत्रमा उपस्थित सहभागिहरुलाई योग गुरु शंकर पोखरेलबाट योग अभ्यास कक्षा संचालन गरि शुरुवाट गरिएको उक्त कार्यक्रममा विभिन्न पदाधिकारीहरुको समूहगत फोटो सेसेन सम्पन्न गरिएको थियो । दोश्रो सत्रको मुख्य विषयगत अनुसार उपस्थित विभिन्न पदाधिकारीहरुलाई चार वटा समूहमा विभाजित गरि डिष्ट्रिक ३२५ एल नेपालका डिष्ट्रिक गभर्रन मणिश्री रत्न बज्राचार्य, पूर्व गर्भनर लायन अशोक कुमार श्रेष्ठ, लायन्स डिष्ट्रिक ३२५ एल का प्रथम भाईस डिष्ट्रिक गर्भनर परमेश्वर बराल र द्धितीय भाईस डिष्ट्रिक गर्भनर सुमन भट्टबाट लायन्स क्लबको रणनीति, गतिविधी, काम, कत्र्तव्य र अधिकारको बारेमा अनुशिक्षण गरिएको थियो ।
दोश्रो सत्रमा उपस्थित सम्पूर्ण पदाधिकारीहरुलाई पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. ईन्द्र तिवारीबाट सोसियल लिडरसिपको बारेमा उत्प्रेरणा कक्षा संचालन गरिएको थियो ।

त्यसैगरी राष्ट्रिय तथा अन्तराष्ट्रिय सहजकर्ता प्रा. डा. रामचन्द्र लामिछानेबाट पव्लिक स्पिकिङ्ग र समय व्यबस्थापनको बारेमा अनुशिक्षण दिईएको थियो भने लायन्स डिष्ट्रिक ३२५ नेपालका पूर्व गर्भनर गौतममान श्रेष्ठ र डिष्ट्रिक ३२५ एल नेपालका डिष्ट्रिक गभर्रन मणिश्री रत्न बज्राचार्यबाट क्रमशःप्राजेक्ट प्रपोजल र हाउ टु सक्सेस डिस्ट्रिक विषयमा अनुशिक्षण गरिएको थियो । भने कार्यक्रमको अन्तिम चरणमा हाँस्यव्यङ्क कलाकार तथा गायक यमन श्रेष्ठ लगायत अन्य कलाकारहरुद्धारा मनोरञ्जन गरि लायन्स फेलोसिप कार्यक्रम सम्पन्न गरिएको थियो ।

त्यसै गरि कार्यक्रमको तेश्रो दिनको समापन कार्यक्रम नेपालको राष्ट्रिय गान, ध्वजाको अभिबादन र विश्व शान्तिको प्रार्थनाबाट शुभारम्भ भएको उक्त कार्यक्रममा डिष्ट्रिक ३२५ एल नेपालका द्धितीय भाईस डिष्ट्रिक गर्भनर सुमन भट्टबाट स्वागत मन्तव्य गरिएको थियो । उक्त कार्यक्रममा उपस्थितीहरुको तर्फबाट ऐकनारायण शर्मा, तारा भूसाल र कृष्ण आचार्यबाट कार्यक्रमको समिक्षा गरिएको थियो भने उपस्थित सम्पूर्ण सहभागी पदाधिकारी तथा अतिथीहरुलाई डिष्ट्रिक गभर्रन मणिश्री रत्न बज्राचार्यबाट डिष्ट्रिक गर्भनर पिन, प्रमाण पत्र तथा मायाको चिन्ह वितरण गरिएको जानकारी डिस्ट्रिक ३२५ एलका डिस्ट्रिक्ट क्याविनेट सुरेन्द्र रत्न शाक्यले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.