जता गए पनि अनियमितता मात्र
-डा.डी.आर.उपाध्याय खनाल
मुलुकका सामु तमाम समस्या छन । यी समस्या समाधान गर्न दलहरु त्यति गम्भिर भएको देखिदैन । जनताको पसिना र जनताले तिरेको करमा मनपरि रमाउनेहरुलाई देशको बारेमा कुनै चिन्ता छैन । उनीहरु आफनै ब्यक्तिगत स्वार्थमा रमाइरहेका छन । आज देश गम्भिर संकटमा फसेको छ । देशको भबिश्य सोच्ने फुर्सद कसैलाई छैन । लुट्नेले लुटिरहेका छन, रात दिन पसिना बगाउने श्रमिकहरुको अबस्था कस्टकर छ । उनीहरु आफनो दैनिक गुजरा चलाउन सकिरहेका छैनन् ।
देशमा सुशासन छैन, जता गए पनि अनियमितता मात्र छ । यसरी देश बनाउन सकिदैन र बन्न सक्दैन । अब नेतृत्वले सोच्नु पर्ने बेला भयो । देशमा राजनीति दलहरु धेरै भए । संसद देखि संसद बाहिरका राजनीति पार्टीहरु पनि छन । बेरोजगारहरुको भिड जम्मा गर्ने राजनीति पार्टीबाट अब केहि हुदैन भन्ने जनताले बिस्तारै बुझदै जान थालेका छन । सरकार मुलुकमा सुशासन कायम गर्न सकेको छ्रैन । सेवाप्...









