Blog

मदनकृष्णले आफ्नी श्रीमतीलाई सम्झिदै लेखेको गीत ‘तिमि जुन जस्तै लाग्छौ प्यारो’ मा छोरी सरानाको स्वर (भिडियो)
मनोरन्जन, समाचार

मदनकृष्णले आफ्नी श्रीमतीलाई सम्झिदै लेखेको गीत ‘तिमि जुन जस्तै लाग्छौ प्यारो’ मा छोरी सरानाको स्वर (भिडियो)

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको शब्द रचना रहेको गीत ‘तिमि जुन जस्तै लाग्छ प्यारो’ सार्वजनिक भएको छ । आफ्नो श्रीमती प्रति समर्पित उक्त गीतलाई मदनकृष्णका सुपुत्र तथा गायक यमन श्रेष्ठले संगीत भरेका छन्। उनका सुपुत्री तथा गायिका सराना श्रेष्ठले गीतमा स्वर दिएकी छिन भने गीतको भिडियो समेत उनले नै निर्देशन गरेकी हुन । https://www.youtube.com/watch?v=bxv7iQAlgdU सराना भिडियो निर्देशनका साथै जनचेतनामुलक भिडियो समेत निर्माण निर्देशन गर्दै आईरहेकी छिन । सरानाको नै कन्सेप्ट र निर्देशनमा तयार भएको भिडियोलाई उत्तम हुमागाईले खिचेका छन्। हरि हुमागाईले सम्पादन गरेको भिडियोमा मदनकृष्ण र छोरी सराना फिचर्ड रहेका छन्। गीतको भिडियो सरानाको आफ्नै युटयुब च्यानल SARANA SHRESTHA बाट सार्वजनिक भएको छ ।...
गायिका संगम लामिछानेको नयाँ गित ‘ए गौरी’(भिडियो)
मनोरन्जन, समाचार

गायिका संगम लामिछानेको नयाँ गित ‘ए गौरी’(भिडियो)

काठमाडौंँ । चर्चित लोक तथा दोहोरी गायिका संगम लामिछानेको नयाँ गित ‘ए गौरि’ सार्वजनिक भएको छ । बद्री सापकोटा र संगम लामिछाने को स्वर भएको उक्त गितमा कृष्ण लामिछाने को शब्द तथा बद्री सापकोटाको संगित रहेको छ । उक्त गित मा बिनोद बाजुरालि को संगित संयोज रहेको छ भने चर्चित मोडल अञ्जली अधिकारी तथा बिमल अधिकारी साथै रिया खड्का र दिपक पौड्याल को अभिनय रहेको उक्त गित संगम लामिछाने युटुब च्यानल बाट सार्बजनिक भएको छ । https://www.youtube.com/watch?v=BEHZdI6px3A मौसम हिमाली को निर्देशन रहेको उक्त गित नवराज उप्रेतिले खिचेका हुन्। रामेछाप जिल्ला स्थाई घर भएकी बहुचर्चित काठे गित हे मेरो सानु कि गायिका संगम लामिछाने काठ क्षेत्रकी बहुत चर्चित गायिका हुन । काठ क्षेत्र मात्र नभएर पश्चिमि गित सम्म गाउन खप्पिस गायिका लामिछानेले यसपालि भने पश्चिमि गित बजार मा लेराएकि हुन। बहुचर्चित गित बस बस पियारि...
सन्जित र मेगले लिएर आए ‘साथी’ (भिडियो)
मनोरन्जन, समाचार

सन्जित र मेगले लिएर आए ‘साथी’ (भिडियो)

काठमाडौं । गायकद्वय यम बराल र विश्व नेपालीको स्वरमा रहेको गीत ‘साथी’ को भिडियो सार्वजनिक गरिएको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको यस गीतमा किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको एरेन्ज र सङ्गीत, विप्लव अधिकारीको रेकर्ड र मिक्सिङ छ । गीतको भिडियोमा सन्जीत भण्डारी र मेग सुवेदीको अभिनय रहेको छ । भिडियोमा बाल्यकालदेखि वयस्क अवस्थाका साथीको कथालाई प्रस्तुत गरिएको छ । कुवेर तामाङको निर्देशन रहेको भिडियोमा मेग सुवेदीको कन्सेप्ट, बुद्ध थापा एन्ड टिमको छायाङ्कन, विवेक सुनारको सम्पादन, श्याम कुँवरको कलर, उत्सव पौडेलको स्किृप्ट, मोहन सुनुवार(नवीन)को सहायक निर्देशन, निर्मल न्यौपानेको प्रोडक्सन डिजाइन छ । सेजल एन्ड सिस्टरको प्रस्तुतिमा निर्माण भएको भिडियो सेजल एन्ड सिस्टर युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । कार्यक्रममा गायक यम बरालले  गीतको शब्दले...
विश्वशान्तिका लागि पत्रकारकाे भूमिका रचनात्मक हुनुपर्छ : अध्यक्ष लामा
समाचार, समाज

विश्वशान्तिका लागि पत्रकारकाे भूमिका रचनात्मक हुनुपर्छ : अध्यक्ष लामा

भारत- सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाले शान्तिको स्थापना र मानवअधिकारकाे प्रत्याभूतिदिन भगवान गाैतम बुद्ध र गुरु महावीरको मार्गमा हिँड्नु वर्तमान विश्वको आवश्यकता रहेको बताएका छन्। भारतको विहार राज्यमा पर्ने वैशाली जिल्लाको स्वर्णजयन्ती समापन समारोहका अवसरमा वाेल्दै अध्यक्ष लामाले सार्क पत्रकार मञ्चले विश्वमा शान्ति स्थापना र मानवअधिकारको प्रत्याभूतिका लागि दक्षिण एसियाली मुलुकका पत्रकारले रचनात्मक भूमिका खेल्ने बताए। उनले भने,’ भगवान् बुद्ध र महावीरको मार्गमा हिँड्नु अहिलेको आवश्यकता हाे।’ कार्यक्रममा बाेल्दै अन्तर्राष्ट्रिय लोकसंस्कृतिका संवाहक मरिससकी डा सरिता बुढुले भयावहता मानवताको ठूलो शत्रु भएकाले अहिंसाबाट मात्रै लोकतन्त्र र शान्ति स्थापना हुने बताइन्। मञ्चका महासचिव मोहम्मद अब्दुर रहमानले वैशालीले विश्वलाई प्रजातन्त्रको सन्देश दिएको र लोकतान्त्रिक विचा...
बबिना भटराईको स्वरमा ‘माझी बनेर आयौ’ (भिडियो)
मनोरन्जन, समाचार

बबिना भटराईको स्वरमा ‘माझी बनेर आयौ’ (भिडियो)

बबिना भटराईको स्वर र संगीतमा ‘माझी बनेर आयौ’ बोलको गीत सार्वजनिक काठमाडौँ : बबिना भटराईको स्वर र संगीत रहेको स्टुडियो भर्सनको ‘माझी बनेर आयौ’ बोलको गीत सार्वजनिक भएको छ । https://www.youtube.com/watch?v=CUaHB59rXcU गीतमा शब्द सुनिता प्रसाईँको रहेको छ भने संगीत संयोजन साहस शाक्यले गरेका छन् । नकुल कार्कीले रेकर्डिङ गरेको गीतलाई प्रकाश खरेलले मिक्सिङ मास्टरिङ गरेका हुन् । भिडियोलाई जस्केलो कृयसनले निर्माण गरेको हो । भिडियो बबिनाकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।...
अष्ट्रेलियामा प्रवासी नेपालीहरुले मनाए टोपी दिवस र अँग्रेजी नयाँबर्ष
अर्थ/व्यापार, समाचार

अष्ट्रेलियामा प्रवासी नेपालीहरुले मनाए टोपी दिवस र अँग्रेजी नयाँबर्ष

अष्ट्रेलियाको पर्थ सहरमा प्रवासी नेपालीहरुको प्यारो संगठन प्रवासी नेपाली मन्च पस्चिम अष्ट्रेलियाले एक भब्य र सभ्य तरिकाले नेपाली टोपी दिवस तथा नयाँबर्ष २०२४ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । बारबिक्यू सहित आयोजना गरिएको सो कार्यक्रममा बिभिन्न प्रकारका खेलकुद प्रतियोगिता समेत संचालन गरिएको थियो । बालबच्चा देखि सबै उमेर समुहका खेलहरुले सबैलाइ मनोरञ्जन प्रदान गरेको थियो । बिजेता तथा उपबिजेताहरुलाई पुरस्कार बितरण गरिएको थियो। मन्चका अध्यक्ष श्री तेजेंद्र बिक्रम मल्लको सम्योजकत्वमा भएको सो अनैपचारिक कार्यक्रमको संचालन मन्चका सचिब गोपाल घिमिरे ले गर्नु भएको थियो भने उपस्थिति सबैजना लाई एनआरएनए अन्तराष्ट्रीय कमिटी का सल्लाहकार भैरब ढकाल ले नेपाली ढाका टोपी निशुल्क बितरण गर्नु भएको थियो। उक्त अनौपचारिक कार्यक्रम मा प्रवासी नेपाली मंचका राष्ट्रीय सल्लाहकार तथा एन आर एन ...
रमेश पाठकको शब्द संगीतमा ‘तिम्रै झल्को’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

रमेश पाठकको शब्द संगीतमा ‘तिम्रै झल्को’ सार्वजनिक(भिडियो)

लोकप्रिय गायक तथा सर्जक रमेश पाठकको शब्द,संगीतमा तिम्रै झल्को बोलको गितको भिडियो सार्वजनिक भएको छ । यस गितमा शब्द,संगीत रमेश पाठकको रहेको छ भने स्वर बेनिशा पौडेलको रहेको छ । गितको भिडियोमा योगेस दाहालको छायांकन तथा ओम प्रसाइको सम्पादन रहेको छ । कृष्ण रसालको निर्देशन रहेको यस गितमा रमेश पाठक स्वयम र शिला गजुरेलले अभिनय गरेका छन् । माया गर्ने आफ्नो प्रेमीले नै घात गरेको र बिछोडमा प्रेमिका पिडाले बहकिएको भिडियोमा देखिने छ । https://youtu.be/Obao51dhTVA गीतको मिक्सिङ, मास्टरीङ नरेन्द्र बियोगीको रहेको छ भने रेकर्ड वेभ स्टुडियो अनामनगरमा भएको हो । गीतको भिडियो रमेश पाठक आधिकारिक युटुब च्यानलबाट डिजिटल बजारमा आएको छ । यसै बर्ष मात्र गायक पाठकको तिमी नै तिमी, मायााकै पिर, सातै सुरमा ,तिम्रै झल्को रातदिन ,दशै आयो मनै रमायो,हैरानै गरायौं,लगाएतका गीतहरु सार्वजनिक भैसकेका छन् ।...
प्रमोद खरेलको स्वरमा ‘तिम्रो जय होस’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

प्रमोद खरेलको स्वरमा ‘तिम्रो जय होस’ सार्वजनिक(भिडियो)

नयाँ म्युजीक भिडियो ‘तिम्रो जय होस्’ चर्चित गायक प्रमोद खरेल को स्वर,सहि कुमार तामांग को सब्द,टिका बोम्जनको संगीत र नोर्बु शेर्पा को संगीत संयोजनमा रहेको नयाँ गीतको म्युजीक भिडियो ‘तिम्रो जय होस्’ बजारमा आएको छ। https://youtu.be/UrNoQjgc3oY प्रभात पल ठकुरी, त्रिशना छेत्री,रमेश चन्द सोडारी र बाल कलाकार प्रनवी आचार्य अभिनित म्युजिक भिडियो ‘तिम्रो जय होस्’ मा नरेन्द्र कुमार सिंह को छायांकन,टेकेन्द्र शाह को सम्पादन र रंग संयोजन,जीवन शाही को कथा निर्देशन र प्रविन आचार्य को निर्माण रहेको । भिडियो कथामा प्रेम,मिलन,बिछोड को कथा समेटिएको छ। ‘तिम्रो जय होस्’ म्युजिक भिडियो टिका बोम्जन युटुब च्यानल बाट सार्बजनिक गरिएको हो।...
विश्व कीर्तिमानी डा. डिआर उपाध्यायका आठ अनौठा सिर्जना सार्वजनिक
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी डा. डिआर उपाध्यायका आठ अनौठा सिर्जना सार्वजनिक

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्यायले आठ अनौठा सिर्जना सार्वजनिक गर्नुभएको छ । कीर्तिमानी डा.उपाध्यायले शुक्रबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै उक्त सिर्जनाहरू सार्वजनिक गर्नुभएको हो । गीतकार संघका पूर्वअध्यक्ष चुडामणि देवकोटा, साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, उपन्यासकार तथा संगीतकार सन्तोष श्रेष्ठ र गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ लगायतको आतिथ्यतामा डा. उपाध्यायका अनौठा सिर्जना सार्वजनिक गरिएको थियो । सार्वजनिक गरिएका सिर्जनामा २४ र ३६ इन्चको गीति पुस्तक ‘अलौकिक’, डिआर म्युजिक एण्ड क्रियशनको १२र८ को मोज्याक लोगो, चेसबोर्डमा २०० गीत र एक लाइन अंग्रेजी एवं एक लाइन नेपाली रहेको गीति पुस्तक ‘अपरिमित’ रहेका छन् । यस्तै, विश्वका विभिन्न डिजिटल क्यामेराको नाम समेटिएको गीति कविता, विश्वका ब्रास ब्याण्डहरूको नाम समेटिएको गीति कविता, नौवटा ...
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको १५औँ ‘पथ्य आहार कार्यक्रम’
समाचार, स्वास्थ्य

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको १५औँ ‘पथ्य आहार कार्यक्रम’

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौंले सिनामंगलमा १५औँ ‘पथ्य आहार कार्यक्रम सम्पन्न गरेको छ । बुधबार नागरिकहरूलाई पथ्य आहार सेवन गर्न प्रेरित गरि स्वास्थ्य प्रवर्द्धन गर्ने उदेश्यले १५औँ ‘पथ्य आहार कार्यक्रम गरेको हो । यो कार्यक्रम गत भदौं सुरु गरिएको हो । ‘पथ्य आहार कार्यक्रम’ ऋतु अनुसारको स्वास्थ्यवर्धक खानपान प्रवर्द्धनका लागि सुरु गरिएको कार्यक्रम हो । यस कार्यक्रम अन्तर्गत परम्परागत खानपानका बारेमा समेत जानकारी दिई हरेक हप्ताको बुधबारका दिन कार्यालय परिसरमा कार्यालयमा आउने सेवाग्राहीहरुलाई आयुर्वेदमा वर्णित ऋतु अनुसार पथ्याहारको जानकारी दिने तथा खुवाउने समेत गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकाअनुसार वर्षमा ६ वटा ऋतुहरु हुन्छन् र प्रत्येक ऋतु अनुसार हाम्रो शारिरिक बल तथा पाचन क्षमता अलग हुन्छन् । तसर्थ आफ्नो शरीरको बल तथा खाना पचाउने क्षमता बुझेर मात्र खाने जनचेत...