Blog

निर्भाणा एकेडेमीद्वारा चित्रकला प्रदर्शनी आयोजना
शिक्षा, समाचार

निर्भाणा एकेडेमीद्वारा चित्रकला प्रदर्शनी आयोजना

सीतापाइला, काठमाडौं  स्थित निर्भाणा एकेडेमी आर्ट क्लबको आयोजनामा यही माघ २६, २७ र २८ गते बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा तीन दिवसीय चित्रकला प्रदर्शनी आयोजना गरिएको थियो । उक्त  प्रदर्शनीमा यस विद्यालयमा विभिन्न तहमा अध्यनरत ३८ जना विद्यार्थीहरुको  चित्रकला समावेश गरिएको थियो । यस विद्यालयको इतिहासमा पहिलोपटक यस प्रकारको प्रदर्शनी आयोजना भइरहेको भएको आयोजक बताउँछ । यस प्रदर्शनीमा निर्भाणा एकेडेमीका ३०० विद्यार्थीहरु, आमन्त्रित ८ विद्यालयका करिव ६०० विद्यार्थीहरु, ६०० अभिभावकहरु र अन्य १०० पर्यवेक्षक सहित करिव १६०० व्यक्तिहरुले चित्रकलाको अवलोकन भएको प्रदर्शनी संयोजक लक्ष्मी मास्के (पुनम) ले जानकारी गराउनु भयो । वरिष्ठ शिक्षाविद, गुणबिज्ञ तथा हाइगा आर्टिस्ट प्रा. दिनेश प्रसाद चापागाँईको प्रमुख आतिथ्यमा यस प्रदर्शनीको उद्घाटन माघ २६ गते नेपाल आर्ट काउन्सिलको सभाकक्षमा...
सन्दिप भुजेलको निर्देशनमा ‘माया को धून'(भिडियो)
मनोरन्जन, समाचार

सन्दिप भुजेलको निर्देशनमा ‘माया को धून'(भिडियो)

काठमाडौं – चलचित्र उद्योगमा ख्यातिप्राप्त कलाकर्मीहरुको सहकार्यमा आधुनिक गीतको अडियो र यसको भिडियो `माया को धून´एकसाथ सार्वजनिक गरिएको छ । निर्माण टिमले Rani Shakya official युट्युव च्यानलमार्फत यो गीत सार्वजनिक गरेको हो। सार्वजनिक भएसँगै दर्शक र श्रोताले यसलाई निकै उत्साहका साथ हेरिरहेका छन् भने युट्युवमा पनि सकारात्मक प्रतिक्रियाहरु आइरहेका छन्। यो गीतमा ख्यातिप्राप्त गायक प्रताप दास र गायिका रानी शाक्य को संयुक्त आवाज सुन्न सकिन्छ । सैलेन्द्र प्रधान `बाबु´ले गीतको अडियो एरेन्ज गरेका हुन् । यस गीतलाई राजेश कुमार श्रेष्ठले मिक्स्किङ गरेका हुन। चर्चित गीतकार राजेश शाक्य को शब्दमा सजिएको गीतको म्युजिक एलिस कार्कीले तयार पारेका हुन् । गीतको भिडियोमा चलचित्र उद्योगका लोकप्रिय अभिनेता सुरेश कोहली र अभिनेत्री स्रद्धा छेत्रीले अभिनयमा अनस्क्रिन रोमान्स गरेका छन् । म्यूज...
भाइब एजुकेशन र एप्क्यानबीचकाे एजेन्ट मिट कार्यक्रम सम्पन्न
शिक्षा, समाचार

भाइब एजुकेशन र एप्क्यानबीचकाे एजेन्ट मिट कार्यक्रम सम्पन्न

काठमाडौँ- शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान) र भाइब एजुकेशनबीचको ‘एजेन्ट मिट’ कार्यक्रम सम्पन्न भएको छ। काठमाडौँको रोयल सिंगे होटलमा एप्क्यान सदस्यहरू माझ भाइव एजुकेशनका प्रतिनिधीद्वारा ‘इन्फरमेशन शेसन’ सञ्चालन गरिएको हो। कार्यक्रममा बोल्दै एप्क्यान अध्यक्ष प्रज्वल बस्नेतले भाइव एजुकेशनसँगको सहकार्यले दुवइको शिक्षालाई नेपाली विद्यार्थीमाझ परिचित गराउन सहयोग पुग्ने बताए। उनले संस्थाले आगामी दिनमा यस्ता कामलाई थप शसक्त रुपमा अघि बढाउने विषयमा जोड दिए। कार्यक्रममा एप्क्यान महासचिव अनिल शर्मा पौड्यालले विभिन्न नयाँ शैक्षिक गन्तव्यकोबारेमा आफ्ना सदस्यहरूलाई जानकारी दिने उद्देश्यले दुवइको भाइव कलेजसँग सम्झौता गरिएको बताए।  कार्यक्रममा भाइब एजुकेशनका प्रतिनिधी प्रतिक पौडेलले दुवइको शैक्षिक वातावरण, अध्ययन पश्चातका अवसर, कलेजको भौतिक शेक्षिक पूर्वाधारको विषयमा...
फोटोपत्रकार वन्तको अध्यक्षतामा गोरखा पत्रकार समाजको नयाँ नेतृत्व चयन
समाचार, समाज

फोटोपत्रकार वन्तको अध्यक्षतामा गोरखा पत्रकार समाजको नयाँ नेतृत्व चयन

काठमाडौं । गोरखा घरभइ काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरुको सस्था गोरखा पत्रकार समाजको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आज भएको अधिवशनले पत्रकार प्रदिपराज वन्तको नेतृत्वमा ११ सदस्सीय कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्ष देवराज गुरुङ, महिला उपाध्यक्षमा मञ्जिमा ढकाल, सचिवमा शोबिता रिसाल, सहसचिवमा सन्तोष अधिकारी तथा कोषाध्यक्षमा अर्जुन पन्त निर्वाचित भएका छन् । यस्तै सुदिप कैनी, लिलाधर कोइराला, राधा रोकाहा, उत्सव वि.क तथा मोहसिन अलि मिया कार्यसमिति सदस्य चयन भएका छन् । आजको अधिवेशनले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक रामजी दाहालले जानकारी दिनुभयो । नव निर्वाचित कार्यसमितिको आजै बसेको बैठकले बरिष्ठ पत्रकारहरु रामजी दाहाल, खीलाबहादुर भण्डारी तथा सुसिल अर्याललाइ पत्रकार समाजको सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि गरेको छ । यस्तै आजको बैठकल...
निर्भाणा एकडेमी आर्ट क्लबको आयोजनामा तिन दिने चित्रकला प्रदर्शनी हुदै
समाचार

निर्भाणा एकडेमी आर्ट क्लबको आयोजनामा तिन दिने चित्रकला प्रदर्शनी हुदै

काठमाडौं । काठमाडौंस्थित निर्भाणा एकडेमी आर्ट क्लबको आयोजनामा यही माघ २६,२७ र २८ गते ववरमहलस्थित नेपाल आर्ट काउन्सिलमा तीन दिवसीय चित्रकला प्रदर्शनीको आयोजना हुने भएको छ । उक्त प्रदर्शनीमा यस विद्यालयमा विभिन्न तहमा अध्ययनरत ३८ जना विद्यार्थीहरुको चित्रकला समावेश गरिने छ । विद्यालयको ईतिहासमा पहिलो पटक यस प्रकारको चित्रकला प्रदर्शनी आयोजना हुन लागेको विद्यालयका प्रिन्सिपल निराजन अधिकारीले जानकारी दिनुभयो ।प्रदर्शनीमा निर्भाणा एकेडेमीका ३०० विद्यार्थीहरु, आमन्त्रित २० विद्यालयका करिव ३०० विद्यार्थीहरु, ६०० भन्दा वढि अभिभावकहरु तथा १०० भन्दा वढि पर्यवेक्षक सहित करिव १४०० भन्दा वढिले चित्रकला प्रदर्र्शनी अवलोकन गर्ने कार्यक्रम संयोजक लक्ष्मी मास्के(पुनम)ले जानकारी दिनुभयो ।वरिष्ठ शिक्षाविद्, गुणविज्ञ तथा हाईगा आर्टिष्ट प्रा.दिनेश प्रसाद चापागाईको प्रमुख आतिथ्यतामा प्रदर्शनीको उदघाटन माघ २६ गत...
‘भिएस् अन्तर विद्यालय फुटसल’ प्रतियोगिताको उपाधी मनकामना माविले जित्यो
खेलकुद, समाचार

‘भिएस् अन्तर विद्यालय फुटसल’ प्रतियोगिताको उपाधी मनकामना माविले जित्यो

विश्व शिक्षा सदन स्कुलको आयोजना तथा विनायक सिद्ध कलेजको व्यवस्थापनमा सम्पन्न प्रथम भिएस् अन्तर विद्यालय फुटसल सेभेन ए साइड टुर्नामेन्ट प्रतियोगिताको उपाधी मनकामना माविले जितेको छ । भाटभटिनी फुटसल ग्राउन्डमा सम्पन्न सेभेन ए साइड टुर्नामेन्ट प्रतियोगितामा मनकामनाले सांग्रिला पब्लिक स्कुललाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि जितेको हो । उक्त विजेताहरूलाई प्रमुख अतिथि दुर्गा प्रसाई तथा विशेष अतिथि विष्णु पराजुलीले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद राशीसहित पुरस्कृत गर्नुभएको थियो । त्यस्तै, प्रथम मनकामना माविलाई ट्रफी, मेडल, सटिफिकेट सहित पन्ध्र हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको थियो भने, दोस्रो सांग्रिला पब्लिक स्कुलले ट्रफी, मेडल र दश हजार रूपैयाँ पुरस्कार प्राप्त गरेको छ । दुई दिनसम्म भएको प्रतियोगितामा विभिन्न विद्यालय तथा कलेजहरूका ३१ वटा टोलीको सहभागीता रहेको विनायक  सिद्ध कल...
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौँको अर्धवार्षिक समीक्षा
समाचार, स्वास्थ्य

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौँको अर्धवार्षिक समीक्षा

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, काठमाडौँले अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको केन्द्रले शनिबार राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुमा आर्थिक वर्ष २०८०∕८१ मा सम्पादित क्रियाकलापहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बागमती प्रदेशको तर्फबाट स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य कार्यालय, काठमाडौं जिल्ला अस्पताल (टोखा चण्डेश्वरी अस्पताल)को उपस्थिति रहेको थियो । साथै विभिन्न स्थानीय तहका सामाजिक विकास समितिका संयोजकहरू तथा स्वास्थ्य शाखाका प्रमुखहरू समेतको उपस्थिति रहेको थियो । काठमाडौं जिल्लामा रहेका ११ वटा स्थानीय तह मध्ये १० वटा स्थानीय तहमा आयुर्वेदका स्वास्थ्य संस्था रहेका छन् । जसमध्ये कागेश्वरी मनोहरा नगरपालिका, नागार्जुन नगरपालिका, दक्षिणकाली नगरपालि...
बबिना भटराईको ‘पिरतीको गीत ’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

बबिना भटराईको ‘पिरतीको गीत ’सार्वजनिक(भिडियो)

काठमाडौं : मायालुको लागि मायालुले कति सम्म गर्न सक्छ ? यसैको जवाफ भन्न सकिएला बबिना भट्टराईको ‘पिरतिको गीत’ । मायालुको लागि मुटुनै जिम्मा दिन सकिने भन्दै उनले नया गीत सार्वजनिक गरेकी छिन् । पछिल्लो समय निरन्तर गीत सार्वजनिक गर्दै आएकी बबिना एक दशक भन्दा लामो साधनाबाट निखारिएर नेपाली संगीत बजारमा आएकी हुन् । https://www.youtube.com/watch?v=IMiEVpCWz78 उनले यो गीतबाट पनि दर्शकको माया पाउने अपेक्षा गरेकी छिन् । गीतकार हरिराम पौडेलले लेखेका शब्दलाई गीतमा स्वर र संगीत बबिनाले भरेकी हुन् । बबिना भट्टराईको अफिसियल यु्ट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतको एरेन्ज सञ्जय श्रीपालले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियोमा रेकडिङ गरि जस्केलो क्रियशनद्वारा निर्मित गीतको भिडियोमा बबिना आफैँ फिचर्ड छिन् ।...
रोयल एजुकेसनले शुक्रबार ‘अमेरिका क्यानाडा एड्मीसन डे – २०२४’ आयोजना गर्ने
शिक्षा, समाचार

रोयल एजुकेसनले शुक्रबार ‘अमेरिका क्यानाडा एड्मीसन डे – २०२४’ आयोजना गर्ने

शुक्रवार नयाँ बानेश्वरस्थित मुख्य कार्यालयमा रोयल एजुकेसन फाउन्डेसनले उच्च शिक्षा हासिल गर्न जान चाहने विद्यार्थीहरूका लागि ‘अमेरिका-क्यानाडा एड्मिसन डे-२०२४’ आयाेजना गर्ने जनाएको हो। रोयल एजुकेसन फाउन्डेसनका प्रवन्ध निर्देशक विष्णुहरी पाण्डेले अमेरिका र क्यानाडामा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूका लागि उक्त ‘एड्मिसन डे’ कार्यक्रम सञ्चालन गर्न लागिएको बताए। उनले भने,‘एड्मिसन डे मार्फत अभिभावक र विद्यार्थीहरूले एकै ठाउँ, एकै समयमा धरै भन्दा धेरै कलेजहरूको बारेमा बुझ्न सक्नुहुनेछ। विश्वविद्यालय प्रोग्राम, ट्युसन फी, रिक्वायरमेन्ट आदिका कुराहरू सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिहरूबाट बुझ्न पाउनुहुनेछ’। एड्मिसन डेमा विद्यार्थी तथा अभिभावकहरूले अमेरिका र क्यानाडाका विभिन्न विश्वविद्यालयहरूको बारेमा उपलब्ध कोर्षहरू, ट्युसन फी, लाग्ने लागत, भिजा प्रोसेस लगायतका बारेमा जानकारी लिन सक्न...
रमा थापाको’लेट्स डान्स’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

रमा थापाको’लेट्स डान्स’सार्वजनिक(भिडियो)

काठमाडौं । गीतकार,संगीतकार तथा गायिका रमा थापाको स्वरमा ‘लेट्स डान्स’ गीतको भिडियो सार्वजनिक भएको छ । उनको आफ्नै युट्यब च्यानल ‘रमा थापा आर जे फिल्मस्’बाट सार्वजनिक भिडियोमा स्वयं थापा फिचर्ड छिन भने उनलाई मोडल दिक्षा जिसी र अन्य मोडलअरु ईभा श्रेष्ठ,ओजिना मगर,आध्याश्री पौडेल,अर्चना पाण्डे,पवन चौधरी र दिपेन्द्र रावतले साथ दिएका छन । https://www.youtube.com/watch?v=q5zfFeCqDxw&t=50s डान्सिङ बिटमा रहेको गीतको एरेन्जर विशाल निरौला हुन । मुकेश हुमागाईको छायांकन रहेको भिडियोलाई विनोद बमले सम्पादन एवं कलर ,आशिष रुम्बाले कोरियोग्राफी र शोभा जिसीले निर्देशन गरेकी हुन । लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय रमा थापाका केहि गीतहरु लोकप्रिय छन । भने केहि गीतहरु सार्वजनिक हुने तयारीमा छन ।...