मदनकृष्णले आफ्नी श्रीमतीलाई सम्झिदै लेखेको गीत 'तिमि जुन जस्तै लाग्छौ प्यारो' मा छोरी सरानाको स्वर (भिडियो) - राष्ट्रपत्र
मङ्लबार, फाल्गुन १५, २०८०

मदनकृष्णले आफ्नी श्रीमतीलाई सम्झिदै लेखेको गीत ‘तिमि जुन जस्तै लाग्छौ प्यारो’ मा छोरी सरानाको स्वर (भिडियो)


बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको शब्द रचना रहेको गीत ‘तिमि जुन जस्तै लाग्छ प्यारो’ सार्वजनिक भएको छ । आफ्नो श्रीमती प्रति समर्पित उक्त गीतलाई मदनकृष्णका सुपुत्र तथा गायक यमन श्रेष्ठले संगीत भरेका छन्।

उनका सुपुत्री तथा गायिका सराना श्रेष्ठले गीतमा स्वर दिएकी छिन भने गीतको भिडियो समेत उनले नै निर्देशन गरेकी हुन ।

सराना भिडियो निर्देशनका साथै जनचेतनामुलक भिडियो समेत निर्माण निर्देशन गर्दै आईरहेकी छिन ।

सरानाको नै कन्सेप्ट र निर्देशनमा तयार भएको भिडियोलाई उत्तम हुमागाईले खिचेका छन्। हरि हुमागाईले सम्पादन गरेको भिडियोमा मदनकृष्ण र छोरी सराना फिचर्ड रहेका छन्।

गीतको भिडियो सरानाको आफ्नै युटयुब च्यानल SARANA SHRESTHA बाट सार्वजनिक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *