निर्भाणा एकडेमी आर्ट क्लबको आयोजनामा तिन दिने चित्रकला प्रदर्शनी हुदै - राष्ट्रपत्र
बुधबार, फाल्गुन १६, २०८०

निर्भाणा एकडेमी आर्ट क्लबको आयोजनामा तिन दिने चित्रकला प्रदर्शनी हुदै


काठमाडौं । काठमाडौंस्थित निर्भाणा एकडेमी आर्ट क्लबको आयोजनामा यही माघ २६,२७ र २८ गते ववरमहलस्थित नेपाल आर्ट काउन्सिलमा तीन दिवसीय चित्रकला प्रदर्शनीको आयोजना हुने भएको छ । उक्त प्रदर्शनीमा यस विद्यालयमा विभिन्न तहमा अध्ययनरत ३८ जना विद्यार्थीहरुको चित्रकला समावेश गरिने छ । विद्यालयको ईतिहासमा पहिलो पटक यस प्रकारको चित्रकला प्रदर्शनी आयोजना हुन लागेको विद्यालयका प्रिन्सिपल निराजन अधिकारीले जानकारी दिनुभयो ।
प्रदर्शनीमा निर्भाणा एकेडेमीका ३०० विद्यार्थीहरु, आमन्त्रित २० विद्यालयका करिव ३०० विद्यार्थीहरु, ६०० भन्दा वढि अभिभावकहरु तथा १०० भन्दा वढि पर्यवेक्षक सहित करिव १४०० भन्दा वढिले चित्रकला प्रदर्र्शनी अवलोकन गर्ने कार्यक्रम संयोजक लक्ष्मी मास्के(पुनम)ले जानकारी दिनुभयो ।
वरिष्ठ शिक्षाविद्, गुणविज्ञ तथा हाईगा आर्टिष्ट प्रा.दिनेश प्रसाद चापागाईको प्रमुख आतिथ्यतामा प्रदर्शनीको उदघाटन माघ २६ गते नेपाल आर्ट काउन्सिलको सभाकक्षमा हुनेछ । उक्त उद्घाटन समारोहमा आमन्त्रित विभिन्न विद्यालयका प्रधानाध्यापकहरु र आयोजक विद्यालयका विद्यार्थीहरुको उपस्थिती रहने छ ।
प्रदर्शनीमा लिटिल एन्जल्स स्कूल , ग्यालेक्सि स्कूल , ईपिएस स्कूल, व्राईट फयुचर स्कूल, स्वस्तिश्री स्कूल, माछापुच्छ्रे स्कूल, पिनाकल स्कूल, एक्सेलियर स्कूल , न्यू एकता स्कूल, महामन्जुश्री स्कूल, ईलेन मेमोरियल स्कूल, शिशु निकुन्ज स्कूल, एल.आर.आई.स्कूल, जेसिज स्कूल लगायतका २० भन्दा वढि उपत्यकाका विद्यालयका विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहने छ ।

यस्तो चित्रकला प्रदर्शनबाट विद्यार्थीहरुमा चित्रकला प्रतिको आकर्षण वढ्ने र समग्रमा विद्यालय स्तरमा यस विधालाई थप मजवुत र फराकिलो बनाउदै लान मद्दत पुग्ने विश्वास लिएको आयोजक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *