रमा थापाको’लेट्स डान्स’सार्वजनिक(भिडियो) - राष्ट्रपत्र
बुधबार, फाल्गुन १६, २०८०

रमा थापाको’लेट्स डान्स’सार्वजनिक(भिडियो)


काठमाडौं । गीतकार,संगीतकार तथा गायिका रमा थापाको स्वरमा ‘लेट्स डान्स’ गीतको भिडियो सार्वजनिक भएको छ ।

उनको आफ्नै युट्यब च्यानल ‘रमा थापा आर जे फिल्मस्’बाट सार्वजनिक भिडियोमा स्वयं थापा फिचर्ड छिन भने उनलाई मोडल दिक्षा जिसी र अन्य मोडलअरु ईभा श्रेष्ठ,ओजिना मगर,आध्याश्री पौडेल,अर्चना पाण्डे,पवन चौधरी र दिपेन्द्र रावतले साथ दिएका छन ।

डान्सिङ बिटमा रहेको गीतको एरेन्जर विशाल निरौला हुन । मुकेश हुमागाईको छायांकन रहेको भिडियोलाई विनोद बमले सम्पादन एवं कलर ,आशिष रुम्बाले कोरियोग्राफी र शोभा जिसीले निर्देशन गरेकी हुन ।

लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय रमा थापाका केहि गीतहरु लोकप्रिय छन । भने केहि गीतहरु सार्वजनिक हुने तयारीमा छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *