Blog

प्रहरीलाई गोली हानेर भागेका मेचे ६ वर्षपछि पक्राउ
अपराध, समाचार

प्रहरीलाई गोली हानेर भागेका मेचे ६ वर्षपछि पक्राउ

प्रहरीलाई नै गोली हानेर भागेका अपहरणकारी ६ वर्षपछि पक्राउ परेका छन्। झापाको मेचिनगर १२ का ३८ वर्षीय रमेश मेचेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले काठमाडौंबाट पक्राउ गरेको हो। उनले २०७१ माघ १८ गते विर्तामोड नगरपालिका ६ का सुनिल कुमार अग्रवाललाई अपहरण गरी बन्धक बनाएका थिए। उनी र बजरंग पन्सारीले अपहरण गरी एम्बुलेन्समा लिएर गएका थिए। हतियार देखाएर अग्रवाललाई एउटा घरमा बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो। माघ २३ गते अपहरणमुक्त गराउने क्रममा मेचेले प्रहरीलाइृ नै गोलि प्रहार गरेर फरार भएका थिए। उनको गोली प्रहारबाट एक प्रहरी घाइते भएका थिए। उनीविरुद्ध अपहरण तथा ज्यान मुद्दामा जिल्ला अदालत झापाले १७ वर्ष कैद र एक लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ। नयाँ बसपार्कस्थित होटल काठमाडौंबाट पक्राउ गरेर झापा पठाइएको सीआईबी प्रमुख डीआईजी सहकुल थापाले बताए।...
गायिका एलिना चौहान र अञ्जान सूर्यको स्वरमा ‘नजाऊ नभन‘ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

गायिका एलिना चौहान र अञ्जान सूर्यको स्वरमा ‘नजाऊ नभन‘ सार्वजनिक (भिडियो)

एलिना चौहान र अञ्जान सूर्यको स्वरमा रहेको गीत ‘नजाऊ नभन…’ सार्वजनिक भएको छ । डीआर सुजनको शब्द, लालबहादुर बरालको सङ्गीत र विशाल निरौलाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/vsQsK3pEElc पछिल्लो समयका ब्यस्त निर्देशक देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा एलिना चौहान र डीआर सुजनको अभिनय रहेको छ । निश्चल पौडेलेको छायाँकन रहेको भिडियोलाई विकाश दाहाले सम्पादन छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहेनतबाट एउटा उत्कृष्ट गीतको भिडियो स्रोता/दर्शकमाझ पस्किएका छौ, सबैको माया पाउनेमा आशावादी छौ’, निर्देशक देवेन्द्रले भने ।...
दसैं बिदामा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन
राजनीति, समाचार

दसैं बिदामा प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन

गृह मन्त्रालयले नजिकिँदो दसैं, तिहार, छठ, नेपाल सम्वत लगायतका चाडपर्वमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने निष्कर्ष निकालेको छ। कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिंदै गृहले यसपटक चाडपर्व बिदामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकाय प्रमुखलाई जिल्ला नछाड्नसमेत निर्देशन दिइसकेको छ। “निकट रहेको बडादसैं, तिहार, छठ, नेपाल सम्वत लगायतका चाडपर्वमा मानिसहरूको आवतजावत  बढ्न जाँदा संक्रमण थप बढ्न सक्ने जोखिम देखिएको हुँदा जोखिम थप बढ्न नदिन दसैं बिदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखले जिल्ला नछाड्न र जोखिम नियन्त्रणका लागि समन्वयात्मक रूपमा हरसंभव उपचायहरू अवलम्बन गर्न/गराउन मातहत सबै सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकिएको छ,” गृहद्धारा आज जारी विज्ञप्तिमा भनिएको छ।  कोभिड-१९ को संक्रमण नेपालमा तीव्ररूपमा फैलि...
निर्मल शर्मा निर्देशित ’न्याउली चरी’को भिडियो छायांकन सम्पन्न
मनोरन्जन, समाचार

निर्मल शर्मा निर्देशित ’न्याउली चरी’को भिडियो छायांकन सम्पन्न

डीबी गुरुङको नयाँ गित “न्याउली चरी”को छायांकन सम्पन्न गायक तथा संगीतकार डीबी गुरुङ (धन गुरुङ)को सुमधुर स्वरमा सजिएको नयाँ गित 'न्याउली चरी'को छायांकन सम्पन्न भएको छ । मिन सागर लामाको शब्द रहेको गीतलाई गायक डीबी गुरुङले नै संगीतबद्ध गरेका छन्। कलाकार तथा निर्देशक निर्मल शर्माले निर्देशन गरेको भिडियोलाई छायाँकार राजु केसीले छायांकन गरेको गरेका हुन् । भिडियोमा सचिन बोगटी, रजनी केसी र करिश्मा केसी लोप्चनलाइ फिचर्ड गरिएको छ । मनोरम दृश्यमा खिचिएको म्युजिक भिडियो चाडै सार्बजनिक गरिने निर्देशक शर्माले बताएका छन् ।...
मन्त्री विश्वकर्माद्वारा ‘खेल जीत मनोविज्ञान’ पुस्तक सार्वजनिक
खेलकुद, समाचार

मन्त्री विश्वकर्माद्वारा ‘खेल जीत मनोविज्ञान’ पुस्तक सार्वजनिक

काठमाडौं, ०३ कार्तिक- ग्लोरी मिडियाद्वारा प्रकाशित पुस्तक खेल जीत मनोविज्ञान विमोचन गरिएको छ । डि एन घिसिङको लेखन तथा सरोज ओझाको भाषा सम्पादन रहेको उक्त पुस्तक सोमबार युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले विमोचन गरेका हुन । राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रम माझ पुस्तकको विमोचन गर्दै मन्त्री विश्वकर्माले उक्त पुस्तकले नेपालको खेल क्षेत्रलाई ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे । मन्त्री विश्वकर्माले आधुनिक खेलकुदमा मनोविज्ञान सम्बन्धी ज्ञानको बढदो आवश्यकता महशुश गरिएको परिप्रेक्ष्यमा खेल जीत मनोविज्ञान पुस्तकले समाजलाई गतिशिल बनाउने धारणा राखे । पुस्तकका लेखक डिएन घिसिङले खेल क्षेत्रमा मनोविज्ञानको प्रभाव उच्च रहने बताउदै यसको उचित प्रयोगले खेलाडीलाई प्रतिस्पर्धामा जीत हासिल गर्न सघाउँ पुग्ने दाबी गर्दै खेल जीत मनोविज्ञान पुस्तकले नेपालको खेल क्षेत्रलाई...
लोकप्रिय गायक सीताराम पोखरेलको नयां गीत ‘मनको मैलो’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

लोकप्रिय गायक सीताराम पोखरेलको नयां गीत ‘मनको मैलो’ सार्वजनिक (भिडियो)

लोकप्रिय गायक सीताराम पोखरेलको स्वरमा नयां गीत 'मनको मैलो'को म्यूजिक भिडियो सार्वजनिक भएको छ । ओएसआर डिजीटल युट्यूब च्यानलबाट आज सार्वजनिक भिडियोमा गायक स्वयं र उनलाई अभिनयमा मोडल तथा भिजे रिमा विश्वकर्मा र बालकलाकार आयुशी ढकालले साथ दिएका छन । उत्कृष्ट स्वरमा रहेको गीतको भिडियोलाई निर्देशक समन अधिकारीले फरक ढंगले निकै मार्मिक कथावस्तु समेटेर आकर्षक तरिकाले निर्देशन गरेका छन । हेमन्त खतिवडाको शव्द रहेको गीतलाई संजय हमालले एरेन्ज तथा कम्पोज गरेका हुन । https://www.youtube.com/watch?v=qn5YjMw5rfU&feature=share&fbclid=IwAR05ThvSCcfRrss5vW7SGx4D4M6yzc5IaKE7Ql-o4IvNBUSKwzS-oQEENz0 फराज अर्पणको छायांकन तथा सम्पादन रहेको भिडियोमा हेमा श्रेष्ठको बेली डान्स समेत रहेको छ । आफ्ना प्रत्येक भिडियोमा चर्चित नायिका तथा मोडलहरुलाई समावेश गराई भिडियो वजारमा ल्याउने गरेका गायक पोखरेलले यस पट...
काठमाडौं उपत्यकामा थपिए २३ सय ८८ संक्रमित
समाचार, स्वास्थ्य

काठमाडौं उपत्यकामा थपिए २३ सय ८८ संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ८८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन्।डा. गौतमका अनुसार काठमाडौंमा दुई हजार ८, ललितपुरमा दुई सय ८१ र भक्तपुरमा ९९ जनामा संक्रमण पुष्टि भएको छ।...
आज देशभर ३,७९० जना थप सङ्क्रमित
समाचार, स्वास्थ्य

आज देशभर ३,७९० जना थप सङ्क्रमित

गत २४ घण्टामा ३,७९० जनामा थप कोरोना सङ्क्रमण देखिएको छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आइतबारको राष्ट्रिय अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कूल १५,७१४ जनामा कोभिड–१९ का लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै नेपालमा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या १ लाख ३६ हजार ३६ पुगेको छ। 
वरिष्ठ कलाकार शिवहरि पौडेलको आमाको १०० वर्षको उमेरमा निधन
मनोरन्जन, समाचार

वरिष्ठ कलाकार शिवहरि पौडेलको आमाको १०० वर्षको उमेरमा निधन

लोकप्रिय बरिष्ठ कलाकार शिवहरी पौडेललाई मातृशोक परेको छ । चलचित्र, टेलिचलचित्र तथा विज्ञापन निर्देशक,लेखक समेत रहेका पौडेलको ममतामयी माताको १०० वर्षको उमेरमा हेटौडा स्थित आफ्नै निवासमा आइतबार राती ११ बजेर ९ मिनेटमा निधन भएको हो । चर्चित टेली श्रृखंला जीरे खुर्सानीमा ‘ प्वाक्क मुखां हान्नु जस्तो’ भन्ने उखानबाट चर्चा कमाएका बरिष्ठ कलाकार पौडेलको ममतामयी माता १९७० साल फाल्गुनमा जन्मनु भएको थियो । केहि दिन देखी सामान्य बिरामी पर्नु भएकी उहांको स्वास्थ्य स्थिति गम्भिर हुन थाले पछि अमेरिका जानुभएका कलाकार पौडेल ४ दिनमै स्वदेश फर्किनु भएको थियो । ३ दाजु तथा ३ दिदी बहिनी मध्ये कान्छो सन्तानको रुपमा रहनुभएका पौडेललेआमाको निधनपछि फेसबुकमा जानकारी दिँदै मर्मस्पर्शी स्टाटस पोष्ट गर्नु भएको छ । उहां लेख्नु हुन्छ, ‘दुखद् खबर लेख्न बाध्य भएं आमा ।’ ‘एउटा छोराले गर्ने कर्तव्य मैले गरेंकी गरिंन मलाई ...
निरजर्ना पलान्चोके श्रेष्ठले हात पारिन ‘मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट’को उपाधी
मनोरन्जन, समाचार

निरजर्ना पलान्चोके श्रेष्ठले हात पारिन ‘मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट’को उपाधी

काठमाडौं ३ कार्तिक । सिजन मिडिया द्धारा आयोजित विवाहित महिलाहरुमा केन्द्रित “मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२०” को विजेता घोषणा गरिएको छ । उक्त प्रतियोगीतामा भक्तपुरकी निरजर्ना पलान्चोके श्रेष्ठ प्रथम विजेता हुनु भएको छ उहाले नेपाली गितमा नृत्य गर्नु भएको थियो भने पत्रकार लक्ष्मी खतिवडा दोश्रो हुनु भएको छ उहाँले नाटक विधामा सहभागी हुनु भएको थियो भने त्यसैगरी तृतिय स्थान अनिला वन्तले हात पार्न सफल हुनु भएको छ । उहाँले पनि नृत्य विधामा सहभागी हुनुभएको थियो । उक्त कार्यक्रमको निर्णायक मण्डलमा नायक तथा डाइरेक्टर आकास अधिकारी, वरिष्ठ सौन्दर्य विद सिता न्यौपाने,कर्पोरेट चिफ कुमार चालिसे , नृत्य निर्देशक राजेन्द्र कमल राई र गायक विनोद वाँनिया रहनु भएको थियो । नेपालभर रहेका विवाहित महिला तथा गृहिणीहरुलाई लकडाउनको समयको सदुपयोग तथा आफ्नो कला मनोरन्जन तथा आन्तरिक क्षमतालाई उजागर गर्ने उद्देश...