वरिष्ठ कलाकार शिवहरि पौडेलको आमाको १०० वर्षको उमेरमा निधन - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

वरिष्ठ कलाकार शिवहरि पौडेलको आमाको १०० वर्षको उमेरमा निधन


लोकप्रिय बरिष्ठ कलाकार शिवहरी पौडेललाई मातृशोक परेको छ । चलचित्र, टेलिचलचित्र तथा विज्ञापन निर्देशक,लेखक समेत रहेका पौडेलको ममतामयी माताको १०० वर्षको उमेरमा हेटौडा स्थित आफ्नै निवासमा आइतबार राती ११ बजेर ९ मिनेटमा निधन भएको हो । चर्चित टेली श्रृखंला जीरे खुर्सानीमा ‘ प्वाक्क मुखां हान्नु जस्तो’ भन्ने उखानबाट चर्चा कमाएका बरिष्ठ कलाकार पौडेलको ममतामयी माता १९७० साल फाल्गुनमा जन्मनु भएको थियो । केहि दिन देखी सामान्य बिरामी पर्नु भएकी उहांको स्वास्थ्य स्थिति गम्भिर हुन थाले पछि अमेरिका जानुभएका कलाकार पौडेल ४ दिनमै स्वदेश फर्किनु भएको थियो ।

३ दाजु तथा ३ दिदी बहिनी मध्ये कान्छो सन्तानको रुपमा रहनुभएका पौडेलले
आमाको निधनपछि फेसबुकमा जानकारी दिँदै मर्मस्पर्शी स्टाटस पोष्ट गर्नु भएको छ । उहां लेख्नु हुन्छ, ‘दुखद् खबर लेख्न बाध्य भएं आमा ।’ ‘एउटा छोराले गर्ने कर्तव्य मैले गरेंकी गरिंन मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभो, त्यस्पछि हजुरलाई वचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला ।

स्वर्गमा वास होस् मेरी प्यारी आमा । देश विदेशमा हुनु भएका सम्पूर्ण आफन्तजनहरूको जानकारीकोलागी यो दुखद् खवर आफैले फेसवुक वालमा राख्न वाध्य भएकोछु । आमा, फेरीपनि मलाई माफ गर्नुहोला ।
पौडेलेको उक्त स्टाटसले धेरै कलाकार तथा उनका शुभेच्छुकलाई निकै भावुक बनाएको प्रतिक्रिया सामाजिक संजालमा देख्न सकिन्छ । ‘राष्ट्रपत्र’ परिवार स्वर्गवासी ममतामयी माता प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवार जनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

Leave a Reply

Your email address will not be published.