Blog

निजी क्षेत्रको साझा धारणा महासंघले बोल्छ: सुबोधकुमार गुप्ता
अर्थ/व्यापार, समाचार

निजी क्षेत्रको साझा धारणा महासंघले बोल्छ: सुबोधकुमार गुप्ता

नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य संघ हो भनेर सायदै भनि रहनु नपर्ला । किनकी, महासंघको संजाल राष्ट्रव्यापी रुपमा फैलिएको छ । र त्यो भन्दा पनि ठुलो कुरा हाम्रो अर्थात महासंघको संजाल नेपाल सरकार पछि सबै भन्दा ठुलो छ ।अर्थात भनौ संजालका हिसाबले, सदस्य संख्या भनौ वा मानव आवद्धताका हिसाबले हाम्रो संगठन दोस्रो स्थानमा छ । त्यसैले हाम्रो संगठन उपस्थितीगत र पहिचानको हिसाबले निकै अगाडी छ । महासंघ साना, मझौला र ठुला व्यवसायी एवम् उद्योगपतिहरु अर्थात निजी लगानीमा व्यापार व्यवसाय गर्ने वा कलकारखाना चलाउनेहरु सबैको साझा संगठन हो । हामी ग्रामीण दुरदराज देखी शहरोन्मुख नगर क्षेत्र र ठुला शहरसम्म फैलिएर रहेका छौ । सामान्य व्यापार गर्ने देखी दैनिक करोडौमा कारोबार गर्ने कारोबारीहरुलाई महासंघले छहारी दिईरहेको छ । निजी क्षेत्रको साझा धारणा महासंघले बोल्छ, बोल्नु पर्छ । राज्यले निजी क्षेत्रक...
थप १७९० जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु
समाचार, स्वास्थ्य

थप १७९० जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु

मंगलबार नेपालमा थप १ हजार ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ । पछिल्लो २४ घण्टामा २ हजार ७९१ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ । पछिल्लो २४ घण्टामा २४ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३६१ पुगेको छ। यस्तै हालसम्म ६२७ जना क्वारेन्टिनमा रहेका छन् ।...
देश र जनताको पक्षमा नेकपा गम्भिर हुन सकेन:डा.डिआर उपाध्याय
राजनीति, समाचार

देश र जनताको पक्षमा नेकपा गम्भिर हुन सकेन:डा.डिआर उपाध्याय

सरकार किन संसद् छलिराखेको छ ? सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भविश्य अव के हुन्छ ? यो प्रश्न धेरैले गर्न थालेका छन्। राजनीतिक दलमा विवाद मतभेद र झगडा हुन्छ, यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो । तर यति बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नीति , बिचार , शिद्धान्त बिनाको विवाद मतभेद र झगडा भएको छ । नेकपामा कुनै सैद्धान्तिक विषयमा विवाद भएको देखिँदैन। यो झगडा भनेको सत्ता स्वार्थको झगडा हो । देश र जनताको पक्षमा नेकपा गम्भिर हुन सकेन । यो नै समस्या हो । आम नेपाली जनता नेकपा भित्रको आन्तरिक झगडा देखेर निराश छन । जनता निराश हुनु भनेको ब्यवस्था प्रति प्रश्न उठनु हो । यो कुरा नेकपाले बुझन जरुरी छ । यतिबेला कोरोना कहरबाट जनता आहत छन् तर सत्ताधारी दलका नेता आपसमा विवाद गरेर बस्नु भनेको राम्रो कुरा पटक्कै होइन । अव सोच्नु पर्ने बेला भएको छ । देशमा यत्रो संकट आउँदा नेकप...
बूढानीलकण्ठमा एकादशी मेला नलाग्ने
समाचार, समाज

बूढानीलकण्ठमा एकादशी मेला नलाग्ने

हरेक वर्ष बूढानीलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीको दिन लाग्दै आएको एकादशी मेला यस वर्ष नलाग्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड –१९ को जोखिमका कारण यस वर्ष हरिबोधनी एकादशी दिन लाग्ने मेला पूर्ण बन्द गरिएको छ । बूढानीलकण्ठमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्थ्यो । आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा नारायणस्थानमा दर्शन गर्न आउने भए पनि कार्तिक शुक्ल पक्षका पाँच दिन धेरै भीड लाग्ने गरेको थियो । यस वर्ष कोरोना भाइरसका कारण एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेलामा पूर्ण रोक लगाइएको छ । आजदेखि यही मङ्सिर १५ गतेसम्म मन्दिर परिसर क्षेत्र बन्दसमेत गरिएको मन्दिरका स्वामी निगमानन्दले जानकारी दिए । सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी आगामी सोमबारसम्म नित्य पूजा मात्र गरी भक्तजनलाई दर्शन गर्न रोक लगाइएको बताइएको छ । आषाढ शुक्ल पूर्णिमाका दिन क्...
मुगुका लागि पठाउनुपर्ने जापानी चामल भक्तपुर पठाउने व्यापारी छुटे
अपराध, समाचार

मुगुका लागि पठाउनुपर्ने जापानी चामल भक्तपुर पठाउने व्यापारी छुटे

 कर्णाली प्रदेशको मुगुका लागि प्राप्त जापानी चामल भक्तपुर पठाउने सुर्खेतका व्यापारी धरौटीमा छुटेका छन्। जिल्ला प्रशासन कार्यालयले चामलसहित पक्राउ परेका व्यापारी बासुदेव शर्मालाई ३ लाख ५९ हजार ५ सय रुपैयाँ र ट्रक चालक वीरेन्द्रकुमार थापालाई त्यसको आधा रकम धरौटीमा छाड्न आदेश दिएको हो। जिल्ला प्रशासन कार्यालय सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी रोम महतले प्रारम्भिक सुनुवाईपछि धरौटीमा छाड्न आदेश दिएका हुन्। कालोबजारी ऐनअनुसार जिल्ला न्यायधिवक्ताको कार्यालय सुर्खेतले अधिकतम २ लाख ५० हजार रुपैयाँ जरिबाना र १ वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो। सो मुद्दामाथिको सुनुवाईमा जिल्ला प्रशासनले रंगेहात पक्राउ परेको ढुवानी व्यवसायी र ट्रक चालकलाई धरौटीमा छाड्ने आदेश दिएको हो। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी जिल्ला बाहिर रहेकाले निमित्त प्रमुख जिल्ला अधिकारी महतले आदेश दिएका हु...
दर्जनौ महत्वपूर्ण योजना-परियोजना अलपत्र :डा.डिआर उपाध्याय
अर्थ/व्यापार, समाचार

दर्जनौ महत्वपूर्ण योजना-परियोजना अलपत्र :डा.डिआर उपाध्याय

देशमा विकास निर्माणको गतिबारे जसले जति ठूला दाबी गरेपनि जनतामा आश्वासनको पोको बाँडे पनि देशभरिका दर्जनौ महत्वपूर्ण योजना-परियोजनाको अलपत्र अवस्थाले जताततै निराशा व्याप्त छ । त्यस्ता योजना-परियोजनाका ठेकेदार कम्पनीहरूलाई दण्डित गर्नेतर्फ सम्बन्धित निकायको उदासिनताले झनै आक्रोश थपेको छ । हेटौडा-कुलेखानी-काठमाडौं सुरूङमार्ग जस्तो राष्ट्रिय महत्वको परियोजना निर्माणको अनुमति पाएको नेपाल पूर्वाधार विकाश कम्पनीले गरेको गैर जिम्मेबारीपना बारे सार्वजनिक भएको सञ्चार माध्यमको रिपोर्टले विकासप्रेमीहरूलाई आहात बनाएको छ । नेपाल पूर्वाधार विकास कम्पनीले उक्त परियोजनाका नाममा शेयर खोलेपछि मकवानपुरका सर्वसाधारण, कर्मचारी तथा संघ संस्थाले शेयर खरिद गरे । विदेशमा पसिना बगाएर, स्वदेशमा गाई भैंसी बेचेर तथा ऋणसमेत लिएर शेयर हालेको ३६ करोड रूपैयाँ मध्ये बैङ्कमा जम्मा तीन करोड बाँकी छ, जबकी परियोजनाको निर्माण ...
पछिल्लो २४ घण्टामा देशभर १९८० जना संक्रमित थपिए, ३०४३ जना निको
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा देशभर १९८० जना संक्रमित थपिए, ३०४३ जना निको

पछिल्लो २४ घण्टामा देशभर १० हजार ३८१ नमुना परीक्षण गर्दा थप १ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २८८ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ रहेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ । पछिल्लो २४ घण्टामा १६ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३३७ पुगेको छ। यस्तै हालसम्म ६२९ जना क्वारेन्टिनमा रहेका छन् ।हालसम्म १६ लाख ७० हजार ४५६ जनाको पीसीआर परिक्षण भएको छ ।...
ग्लोकल टीन हिरो नेपाल अन्तर्गत,ग्लोकल -२० अन्डर २० को सूची सार्वजनिक
मनोरन्जन, समाचार

ग्लोकल टीन हिरो नेपाल अन्तर्गत,ग्लोकल -२० अन्डर २० को सूची सार्वजनिक

सेप्टेम्बर १ गतेका दिनवाई वाइग्लोकल टीन हिरो नेपालको आवेदन आह्वान घोषणा मार्फत आवेदनको अन्तिम मिती नोवेम्बर १४ भनी तोकिएको थियो। आवेदनको समयसमाप्तभएपछी,प्राप्तआवेदनबाट उत्कृष्ट २० छनोट गरिएको छ जस्लाई ग्लोकल २० अन्डर २० भनीपहिचानगरिएको छ। किशोरकिशोरीहरुमाभएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालको यो छैठौं संस्करण हो । २० वर्ष भन्दा कम उमेरका २० नेपाली प्रतिभाशाली किशोर किशोरीहरुको यस् बर्षको ग्लोकल २० अंडर २० को सुची सार्वजनिकगरिएको छ। हाल कोभिडका प्रभावका कारण यस वर्ष डिसेम्बर १२, २०२० माअन्लाईन अवार्ड कार्यक्रम र सम्मेलन मार्फत पुरस्कृत हुने भएका छन् । सोही दिन वाई वाई ग्लोकलटिन हिरो नेपाल बिजेताको नाम पनि घोषणा गरिनेछ ।ग्लोकल प्राली र वाईवाईको संयुक्त आयोजनामा नेपालका २० वर्ष भन्दा कम ...
महामारी नियन्त्रणको आडमा कोही मालामाल :डा.डिआर उपाध्याय
समाचार, स्वास्थ्य

महामारी नियन्त्रणको आडमा कोही मालामाल :डा.डिआर उपाध्याय

धेरै जसो आलोचलनाको घेरामा रहँदै आएको स्वास्थ्य क्षेत्र कोरोना भाइरस (कोभिड-१९)को महामारीको सुरूवातसँगै अझ बदनामीको मार खेपिरहेको छ । यो माहामारीले विश्वव्यापी रूपमा सिङ्गो जनजीवनलाई आफ्नो चपेटामा पारिरहेको यस अवस्थामा स्वास्थ्य सम्बन्धी सरकारी निजी संयन्त्र तथा स्वास्थ्य सेवामा आवद्ध जनशक्तिको महत्व सर्वोपरी देखिन्छ । तर, जताततै राजनीतिक वर्चश्वलाई प्राथमिकता राख्ने प्रवृतिका कारण जनताको जीवनसँग सोझै सम्बन्ध राख्ने क्षेत्र पनि उपेक्षाको शिकार भएको देखिन्छ । एकातिर कोरोना महामारीको कालो बादल देशभरी मडारिएको बेला पनि स्थानिय निकायदेखि संघीय सरकारी निकायसम्म अनेकौं भ्रष्टाचारका काण्डहरू दिनहुँ सार्वजनिक हुनेक्रम जारी नै रहेको छ । सप्तरीको बोदेबरसाइन नगरपालिकाले कोभिड महामारी नियन्त्रका क्रममा खाजा तथा चियापान खर्च १४ लाख ५१ हजार सार्वजनिक गर्दा कोरोना नियन्त्रण तथा रोकथामका नाममा मच्चिएको...
रोनाल्डोको दुई गोलको मद्दतले युभेन्टस विजयी
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

रोनाल्डोको दुई गोलको मद्दतले युभेन्टस विजयी

चार मिनेटको अन्तरमा क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले काग्लियारीलाई हराउँदै साबिक विजेता युभेन्टस इटालियन सिरिए ए को दोस्रो स्थानमा उक्लिएको छ । खेलको ३८ औँ र ४२ औँ मिनेटमा गोल गर्दै रोनाल्डोले युभेलाई जीत दिलाउन सफल भएका हुन् । रोनाल्डोले यो सिजन लिगमा आफूले खेलेका सबै ५ खेलमा गोल गरेका छन् । कूल आठ गोलसहित मिलानका एसी मिलानका ज्लाटान इब्राहिमोविचसँगै उनी लिगको सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा रहेका छन् । जीतसँगै ८ खेलबाट १६ अंक बटुल्दै युभे शीर्ष स्थानमा रहेको एसी मिलानसँग एक अंकले पछि रहेको छ । तर, मिलानले एक खेल कम खेलेको छ । मिलानले आइतबार चौथो स्थानमा रहेको नापोलीसँग खेल्नेछ । शीर्ष पाँचमा रहेका बाँकी सबै टोलीभन्दा युभेन्टसले एक खेल बढी खेलेका कारण ऊ दोस्रो स्थानमा एक दिनका लागि मात्र रहन सक्छ । चार खेलमा जीत र चारमा बराबरीसहित युभे यो सिजन लिगमा अपराजित र...