सरकार किन संसद् छलिराखेको छ ? सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भविश्य अव के हुन्छ ? यो प्रश्न धेरैले गर्न थालेका छन्। राजनीतिक दलमा विवाद मतभेद र झगडा हुन्छ, यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो । तर यति बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नीति , बिचार , शिद्धान्त बिनाको विवाद मतभेद र झगडा भएको छ । नेकपामा कुनै सैद्धान्तिक विषयमा विवाद भएको देखिँदैन। यो झगडा भनेको सत्ता स्वार्थको झगडा हो । देश र जनताको पक्षमा नेकपा गम्भिर हुन सकेन । यो नै समस्या हो । आम नेपाली जनता नेकपा भित्रको आन्तरिक झगडा देखेर निराश छन । जनता निराश हुनु भनेको ब्यवस्था प्रति प्रश्न उठनु हो । यो कुरा नेकपाले बुझन जरुरी छ ।
यतिबेला कोरोना कहरबाट जनता आहत छन् तर सत्ताधारी दलका नेता आपसमा विवाद गरेर बस्नु भनेको राम्रो कुरा पटक्कै होइन । अव सोच्नु पर्ने बेला भएको छ । देशमा यत्रो संकट आउँदा नेकपाले गरिबप्रति कुनै सहानुभूति देखाएको छैन। सर्वहाराको कुरा गर्ने ब्यवहारमा कुनै कुरा लागु नगर्ने यो नेकपाको समस्या हो । कोरोना तीव्र भएको मुलुक अमेरिकामा राष्ट्रपतिको चुनाव भयो। छिमेकी भारतको बिहारमा पनि चुनाव भयो। अन्य युरोपेली मुलुकमा पनि चुनाव भएका छन् तर हाम्रो मुलुकमा संसद्को अधिवेशनसम्म बस्दैन। यो के हो ? जनताको आवाज उठाउने थलो नै अवरुद्ध छ । विगत ६÷७ महिनादेखि संसद्को अधिवेशन भएको छैन। सरकार र सत्ताधारी दल संसद् अधिवेशन बोलाउने पक्षमा छैनन्। सरकारबाट भएको गलत कामकारबाहीबारे प्रश्न उठाउने थलो भनेको संसद् हो । अव संसद अधिवेशन बोलाउनु पर्छ ।
सरकार किन संसद् छलिराखेको छ ? यो आम जनताको प्रश्न हो । नेपाली कांग्रेस पनि मौन छ किन ? नेपाली कांग्रेस मौन बस्दा सत्ताधारी दलले मनपरी गरिराखेको छ । अहिले देशमा भइरहेको भ्रष्टाचारप्रति सत्ताधारी मात्र होइन, प्रतिपक्ष पनि मौन छ। उपचार र खान नपाएर जनता मरिरहेका छन्। नेकपा र सरकारको यही झगडा र कांग्रेसको मौनताले व्यवस्थाप्रति नै सर्वसाधारणको वितृष्णा पैदा भएको छ। लोकतन्त्रविरोधी शक्ति सलबलाउन थालेका छन्।