थप १७९० जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु - राष्ट्रपत्र
बिहिबार, अशोज ११, २०८०

थप १७९० जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु


मंगलबार नेपालमा थप १ हजार ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७९१ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ । पछिल्लो २४ घण्टामा २४ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३६१ पुगेको छ।

यस्तै हालसम्म ६२७ जना क्वारेन्टिनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *