Blog

विपन्न वर्ग पीसीआर परिक्षणको अनिवार्यताका कारण आर्थिकमार झेलन बाध्यःडा.डिआर उपाध्याय
अर्थ/व्यापार, समाचार

विपन्न वर्ग पीसीआर परिक्षणको अनिवार्यताका कारण आर्थिकमार झेलन बाध्यःडा.डिआर उपाध्याय

राजधानीबाट प्रकाशित हुने एक दैनिक पत्रिकाको बिहीबारको मुख्य पृष्ठमा ‘खुलामञ्चमा खाना खाइरहेका सर्व साधारणलाई बलपूर्वक ट्रकमा हुलेर थापाथली पुर्‍याइयो, थापाथलीमा पनि धुलोमै’ शीर्षक दिइएको प्रमुख समाचार तस्वीरसहित प्रकाशित भयो । यस समाचारले धेरैको मन–मस्तिक उद्वेलित एवम् द्रवित गर्नु स्वाभविकै हो । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले खुला ठाउँमा मानिसलाई पंक्तिमा बसालेर खाना खुवाउँदा मुलुककै बेइज्जती हुने बताउँदै निःशुल्क खाना वितरणको स्थान परिवर्तन गराएको समाचारमा जनाइएको छ । राजधानीलगायत प्रमुख शहरहरूमा बेरोजगारीका कारण निःशुल्क भोजनका लागि लामबद्ध हुनेहरूको सङ्ख्या नघटेको प्रति राज्य संयन्त्रको संवेदनशीलताको उदाहरण विरलै भेटिन्छ । दैनिक छाक टार्न मुस्किल भएकाहरूलाई खुला ठाउँमा निःशुल्क रूपमा खाना खुवाइँदा मुलुकको मान प्रतिष्ठामा आँच आउने कटु यथार्थलाई बुझेका जिम्मेबार राजनीतिज्ञ ए...
निर्यात व्यवसायी महासंघले चन्द्र ढकाल समुहलाई सघाउने
अर्थ/व्यापार, समाचार

निर्यात व्यवसायी महासंघले चन्द्र ढकाल समुहलाई सघाउने

काठमाडौँ, मंसिर – निर्यात व्यवसायी महासंघ नेपाल (फिन) ले नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवार चन्द्रप्रसाद ढकालको टीमलाई सहयोग गर्ने भएको छ । निर्यातजन्य उद्योग व्यवसायको क्षेत्रमा सक्रिय वस्तुगत संघहरुले स्थापना गरेको निर्यात व्यवसायी महासंघ नेपालले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल, बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र सो टीमका वस्तुगततर्फका सदस्यका उम्मेदवारहरुलाई शुभकामना दिँदै सो टीमलाई भोटहालेर खुला रुपमा सहयोग गर्ने उद्घघोष गरेको छ । महासंघमा ११ वटा वस्तुगत संघ आवद्ध छन् । स्वागत तथा शुभकामना कार्यक्रममा निर्यात व्यवसायी फिनका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुङ्गले महासंघमा वस्तुगत सदस्यहरुको हितका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र उपाध्यक्ष उमेशलाल श्रेष्ठको टीमलाई जिताउनु पर्ने बताए । अहिलेको अवस्थामा सरका...
अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यू
अन्तर्राष्ट्रिय, समाचार

अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यू

अमेरिकाको क्यालिफोर्नियामा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएपछि कर्फ्यू जारी भएको छ । शनिबारदेखि रातिको समयमा कर्फ्यू लागु भएको क्यालिफोर्निया राज्य सरकारले जनाएको छ । गएको अगस्टमा पश्चिमी राज्यमा सबैभन्दा धेरै संक्रमण देखिएको थियो । तर अहिले त्यो भन्दा पनि धेरै संक्रमण दैनिक रुपमा देखिन लागेको लस एन्जलस टाइम्सले जनाएको छ । अमेरिकाभर शनिबार कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या दुई हजार भन्दा बढि रह्यो । गएको मे यता पहिलो पटक एकै दिन दुई हजार भन्दा धेरैको ज्यान गएको हो ।विश्वमै सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या एक करोड २० लाख भन्दा धेरै पुगेको छ । अहिलेसक्क दुई लाख ५५ हजार भन्दा बढिको ज्यान गएको छ । अधिकांश राज्यहरुमा संक्रमण बढ्दो क्रममा छ । विभिन्न राज्यहरुले मास्क लगाउनु अनिवार्य गरेका छन् ।क्यालिफोर्नियामा गएको हप्ता कुल संक्रमितको संख्या १० ...
भारतीय  कमेडियन भारती सिंह श्रीमान सहित पक्राउ
अन्तर्राष्ट्रिय, मनोरन्जन, समाचार

भारतीय कमेडियन भारती सिंह श्रीमान सहित पक्राउ

नारकोटिक्स कन्ट्रोल ब्यूरोले हास्यकलाकार भारतीय सिंहलाई पक्राउ गरेको छ । विभागका अधिकारीका अनुसार शनिबार भारतीय सिंह र उनका श्रीमानको निर्माण कम्पनी र उनको घरमा छापामारी गरिएको थियो । दुबै स्थानमा उनीहरुले नशालु सामग्री (गाँजा) प्राप्त गरे । उनीहरुले दुबै स्थानमा ८६.५ ग्राम गाँजा भेटेको बताइएको छ ।एनसीबीका अनुसार दुबै श्रीमान् श्रीमतीले आफूहरुले नशालु पदार्थको सेवन गर्ने स्विकारेका छन् । एनसीबीको क्षेत्रीय निर्देशक समिर वानखेडेले शनिबार दिउँसो पत्रकार सम्मलेनमा भारती र उनका श्रीमानलाई एनसीबीले सोधपुछका लागि बोलाएको जानकारी दिएको छ । आफूहरुले उनीहरुको स्थानबाट केही नारकोटिक्स सामग्री भेटिएकोले उनीहरुसँग सोधपुछ गरिने जानकारी दिएका थिए । मुम्बईमा ड्रग्स मामिलामा एनसीबी निकै कडा देखिएको छ ।केही दिन अघि एनसीबीले अर्जुन रामपालको घरमा छापामारी गरेर उनीसँग सोधपुछ गरेको थियो ।...
स्थानीय तहमा ३९६ वटा अस्पताल बनाउन ५८ अर्ब पठाइने
अर्थ/व्यापार, समाचार

स्थानीय तहमा ३९६ वटा अस्पताल बनाउन ५८ अर्ब पठाइने

अस्पताल अभावका कारण समयमै उपचार नपाएर नागरिकले ज्यान गुमाउनुपरेको अवस्थालाई मध्यनजर गर्दै अर्थ मन्त्रालयले स्थानीय तहमा ३९६ वटा आधारभूत अस्पताल निर्माण गर्न करिब ५८ अर्ब रुपैयाँ पठाउने भएको छ । कोरोना महामारीको चपेटामा परेका नागरिकलाई जतिसक्दो छिटो सहज रूपमा स्वास्थ्य उपचारको व्यवस्था मिलाउने उद्देश्यका साथ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न आधारभूत अस्पताल निर्माणका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अघि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएका हुन् । अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले आगामी दुई वर्षभित्र ५, १० र १५ शøयाका आधारभूत अस्पताल निर्माण सम्पन्न हुने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थले सहमति दिने निर्णय गरेको जानकारी दिए । आवश्यक रकमको स्रोत सुनिश्चततासहित यस्तो व्यवस्था मिलाइदिएको अर्थ मन्त्रालयल...
व्यवसाय निरन्तरता दिन सहुलियतपूर्ण व्यावसायिक कर्जा दिइने
अर्थ/व्यापार, राजनीति, समाचार

व्यवसाय निरन्तरता दिन सहुलियतपूर्ण व्यावसायिक कर्जा दिइने

सरकारले कोभिड–१९ बाट प्रभावित भएका व्यवसायलाई निरन्तरता दिन सहुलियतपूर्ण व्यावसायिक कर्जा उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको गत कात्तिक २७ को निर्णयअनुसार आजदेखि नै लागू हुने गरी रोगको महारीबाट प्रभावित घरेलु तथा साना उद्यम सञ्चालन, विभिन्न व्यवसायको श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी र व्यवसायको निरन्तरताका लागि व्यावसायिक कर्जा उपलब्ध गराउने भएको हो । यसका लागि मन्त्रिपरिषद्ले ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ पारित गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । मन्त्री गुरुङले कर्जा प्रभावका लागि अति प्रभावित, मध्यम र न्यून प्रभावित क्षेत्र तोकेर तीन भागमा विभाजन गरिएको जानकारी दिए । यो कार्यविधि आजकै मितिदेखि लागू भएको पनि उनले जानकारी दिए । विगतमा व्यवसायीबाट आएको मागलाई सम्बोधन गर्दै उक्त निर्णय ग...
मानवरहित हवाई ट्याक्सी सेवाको परीक्षण
रोचक, समाचार

मानवरहित हवाई ट्याक्सी सेवाको परीक्षण

दक्षिण कोरियाले मानवरहित हवाई ट्याक्सी सेवाको परीक्षण गरेको छ । त्यहाँको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको विज्ञप्तिअनुसार कुल ६५० केजी तौलको उक्त इलेक्ट्रिक हवाई ट्याक्सीमा दुई सिट रहेको छ । ट्याक्सीले १३० किलोमिटरको गतिमा उडान भर्नसक्ने जनाइएको छ । परीक्षणमा प्रयोग भएका मानवरहित हवाई ट्याक्सीको नाम भ्ज्द्दज्ञटक दिइएको छ । उक्त परीक्षणमा छवटा हवाई ट्याक्सी परीक्षण गरिएको थियो । ती हवाई ट्याक्सीलाई चिनियाँ पाइलटलेस एयर ट्याक्सी फर्म इहाङले बनाएको हो । ड्रोन ट्याक्सी कार्यक्रमले शहरी हवाई गतिशीलताको विकास गर्ने, भूमिगत यातायातको भीड कम गर्ने र भविष्यको वृद्धि इञ्जिन सुरक्षित गर्ने उद्देश्यका साथ यसलाई सञ्चालनमा ल्याउन लागेको हो । यो शहरी भागमा ट्राफिक व्यवस्थापनका लागि समेत सहयोगी हुनेछ । गत अप्रिलमा ७० केजी चामलको बोरासहित यी हवाई ट्याक्सीको सफलतापूर्वक परीक्षण गरिएको थियो ।...
३ लाख २० हजार घुससहित मालपोतका दुई कर्मचारी पक्राउ
अपराध, समाचार

३ लाख २० हजार घुससहित मालपोतका दुई कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय तुल्सीपुर दाङका दुईजना कर्मचारीलाई तीन लाख बीस हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । आयोग सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले मालपोत कार्यालयका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई घुससहित पक्राउ गरेको हो । जग्गाको मोठ कायम गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिदै गर्दा शुक्रबार दिउँसो साढे १ बजेतिर उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धानका लागि अख्तियारको कार्यालय नेपालगञ्जतर्फ लगिएको छ ।...
काठमाडौं उपत्यकामा संक्रमितको संख्या १ लाख नाघ्यो, सक्रिय संक्रमित १२ हजार बढी
समाज, स्वास्थ्य

काठमाडौं उपत्यकामा संक्रमितको संख्या १ लाख नाघ्यो, सक्रिय संक्रमित १२ हजार बढी

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख ८७२ पुगेको छ । यो देशभरकै कुल संक्रमितको ४६ प्रतिशत हो । तिमध्ये हाल १२ हजार ६९२ जना संक्रमित सक्रिय रहेका छन् । उपत्यकाको भक्तपुरमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ७ हजार ३३६ जना, ललितपुरमा ११ हजार ९४८ जनार काठमाडौँमा ८१ हजार ५८८ जना रहेका छन् । संक्रमितमध्ये ४८८ जनाको मृत्यु भइसकेको छ, भने ८७ हजार ६९२ जना संक्रमणमुक्त भएर फर्किएका छन् । हालसम्म काठमाडौँमा ७१ हजार ५९१ जना संक्रमणमुक्त भएका छन् भने ३१६ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमित ९ हजार ६८१ जना छन् । यस्तै ललितपुरमा ९ हजार ६३१ संक्रमणमुक्त भएका छन् भने ८९ जनाको मृत्यु भएको छ । २ हजार २२८ संक्रिय संक्रमित छन् । भक्तपुरमा ६ हजार ४७० जना संक्रमणमुक्त भएका छन् भने ८३ जनाको मृत्यु भएको छ । भक्तपुरमा ७८३ संक्रिय संक्रमित छन् । स्वास्थ्य तथा जनसंख्या मन्...
देशभर १९४५ जना संक्रमित थपिए
समाचार, स्वास्थ्य

देशभर १९४५ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर १० हजार ३४० नमुना परीक्षण गर्दा थप १ हजार ९४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ । पछिल्लो २४ घण्टामा ५३ सय ६४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ । पछिल्लो २४ घण्टामा २२ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २९८ पुगेको छ। यस्तै हालसम्म ७५३ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म १६ लाख ४३ हजार ८९९ जनाको पीसीआर परिक्षण भएको छ ।...