Blog

अर्को साताबाट काठमाडौँ-दिल्ली उडानका लागि अनुमति दिने तयारी
अर्थ/व्यापार, समाचार

अर्को साताबाट काठमाडौँ-दिल्ली उडानका लागि अनुमति दिने तयारी

कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौँ उडानका लागि अनुमति दिने तयारी गरेको हो । मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपाल–भारत उडानको टुङ्गो लागेको र अबको सातदेखि दश दिनभित्रमा उडान शुरु हुने राससलाई जानकारी दिए। उनले भने,“उडान खुल्ने टुङ्गो लाग्यो, कहिलेदेखि गर्ने भन्नेबारे मन्त्रालयले भारतको नागरिक उड्डयन मन्त्रालयलाई कूटनीतिक माध्यमबाट उसले पठाएको एयर बबल अवधारणाको सकारात्मक ‘रेस्पन्स’ पठाउँछौ, त्यसपछि दुबै देशका एयरलाइन्सलाई उडान तयारीका लागि आग्रह गर्छौ, यो सब गरी बढीमा दश दिनजति समय लाग्छ उडान शुरु हुन ।” सहसचिव लामिछानेका अनुसार शुरुआती चरणमा काठमाडौँ–दिल्ली दुई उडान मात्रै हुनेछन् । एउटा नेपाली वायुसेवा कम्पनीको र अर्को भारतीय एयरलाइन्सले उडान...
थप १३०४ जनामा कोरोना पुष्टि, २०७३ डिस्चार्ज
समाचार, स्वास्थ्य

थप १३०४ जनामा कोरोना पुष्टि, २०७३ डिस्चार्ज

 मंगलबार नेपालमा थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ७३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५२९ पुगेको छ। यस्तै हालसम्म ६१६ जना क्वारेन्टिनमा रहेका छन् ।...
ट्राफिक लाइटको बेवास्ता गर्नेले पनि अनलाइन कक्षामा बस्‍नु पर्ने
समाचार, समाज

ट्राफिक लाइटको बेवास्ता गर्नेले पनि अनलाइन कक्षामा बस्‍नु पर्ने

 महानगरीय ट्राफिक महाशाखाले अबदेखि ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिने भएको छ। कोरोना भाइरसका कारण महाशाखाले ट्राफिक सचेतना कक्षालाई प्रविधिको प्रयोगमार्फत् निरन्तरता दिने भएको महाशाखाले जनाएको छ। महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराइका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कोठामा उपस्थित गराएर कक्षा सञ्चालन गर्दा जोखिम झन् बढ्न सक्ने भएकाले भर्चुअल क्लासको व्यवस्था गरिएको हो । उनले भने, ‘ ‘रातो बत्तीमा समेत गाडी हुँइक्याउने र जथाभावी बाटो क्रस गर्ने पैदलयात्रुको बानीले दुर्घटनाको सम्भावना बढ्ने र सडक जाम समेत हुन्छ, यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न र ट्राफिक लाइटको पूर्ण पालना गराउन कारबाहीका साथै ट्राफिक कक्षा लिने व्यवस्था गरिएको हो।’ लामो समयदेखि बग्गीखानामा लिँदै आएको ट्राफिक सचेतना कक्षा कोरोना भाइरस सं...
महासंघ निर्वाचन पछि हामी : सुबोध कुमार गुप्ता
अर्थ/व्यापार, समाचार

महासंघ निर्वाचन पछि हामी : सुबोध कुमार गुप्ता

सर्वप्रथम, मलाई अमुल्य मत दिई नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी सदस्यमा निर्वाचित गराउनु भएकोमा मतदाता साथीहरुलाई धन्यवाद दिन चाहन्छु । यो म प्रतिको विश्वास हो भन्ने मेरो बुझाई छ । साथै आफ्नो प्रतिनिधी मान्दै महासंघको कार्यकारीणी सदस्यमा निर्वाचित गराउनु भएकोमा आभार प्रकट गर्न चाहन्छु । मलाई योग्य ठानी आफ्नो तर्फबाट मत जायर गर्नुहुने तमाम मतदाता साथीहरु प्रति म अनुग्रहित छु । तपाईंहरुले दिनु भएको मतको कदर गर्दै समग्र निजी क्षेत्रको साँखलाई उचो पार्दै अघि बढने प्रण गर्दछु । अग्रज एवम् समकक्षी साथीहरुको राय, सुझाव र सल्लाहलाई आत्मसात गर्दै आफ्नो विवेक र क्षमताले भ्याएसम्म निजी क्षेत्रको समस्याहरुलाई हल गर्न सकृय भएर लाग्नेछु भन्ने प्रतिबद्धता व्यक्त गर्दछु । यहाँहरुको आत्मियपना र रचनात्मक साथ सहयोगको अपेक्षा मेरो कार्यकाल भरि रहिरहनेछ । मुख्य कुरा यहाँहरुलाई मैले निराश बनाउने छैन भन्...
विगतमा झैं विकृत राजनीति प्रदर्शन
राजनीति, समाचार

विगतमा झैं विकृत राजनीति प्रदर्शन

डा.डिआर उपाध्याय विगतमा झैं विकृत राजनीति प्रदर्शन मुलुकमा पछिल्लो समय प्रतिगामी तत्वहरु सल्वलाईरहेका छन । लोकतन्त्र पक्षधरको लागी यो चिन्ताको बिषय हो । राजावादी पक्षधरहरुको नारा जुलुस र प्रर्दशन दिनौं हुने गरेका छन । जनताको सहभागीता पनि हुने गरेको दृष्य देख्न सकिन्छ । यसले के जनाउँछ भने मुलुक ठिक ढंगले अघि बढन सकेन । अहिले आम जनता निराश छन । जनतामा देखिएको निराशाको फाईदा राजावादी पक्षधरहरुले लिइरहेका छन । जनतालाई ‘सरकार भएको अनुभूति दिन सक्नु पर्दथ्यो , सरकार असफल भयो । प्रतिपक्षी दल पनि निरीह बनेर बसेको छ । उसको आवाज कहीँ सुनिँदैन । सरकार गलत बाटोमा जान खोज्दा सहि बाटोमा ल्याउने काम प्रतिपक्षी दलको हो । खै प्रतिपक्षी दलले आवाज उठाएको ? यहि भएर प्रतिगामी तत्वहरु सल्वलाईरहेका छन । खै लोकतन्त्रवादी शक्तिहरुले कुरा बुझेको ? मुलुक अफठ्यारो बाटोमा छ । अव सवै लोकतन्त्रवादी शक्तिहरु एक भएर अघ...
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो
समाचार, स्वास्थ्य

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय नाघेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप २९ नजाको निधन भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको हो।  पछिल्लो २४ घण्टामा नेपालमा थप १४७४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ छ। जसमध्ये २ लाख १४ हजार ५२१ निको भएका छन् भने १७ हजार ४२३ संक्रिय संक्रमित छन्।...
तीन गैरआवासिय नेपालीबाट चेपाङ विद्यार्थीहरुलाई १ लाख ५० हजार रुपैया बराबरको सहयोग
अर्थ/व्यापार, समाचार

तीन गैरआवासिय नेपालीबाट चेपाङ विद्यार्थीहरुलाई १ लाख ५० हजार रुपैया बराबरको सहयोग

गोरखा, १५ मंसिर- गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ६ भुम्लीचोक स्थित भद्रकाली मा.वि. र थुम्का प्रा.वि. का १ सय ३८ जना चेपाङ विद्यार्थीहरुलाई १ लाख ५० हजार रुपैया बराबरको स्टेशनरी तथा खाजा सहयोग गरिएको छ । भद्रकाली मा.वि. का ५० जना, थुम्का प्रा.वि. का ८८ जना चेपाङ विद्यार्थीलाई कापी, कलम, ज्यामिती बक्स, बिस्कुट लगायतका सामग्रीहरु सहयोग गरिएको हो । काठमाडौं महानगर -३, महाराजगन्ज, मनिकुल टोल घर भई विगत लामो समयदेखि ताइपेइ ताइवानमा बस्दै आएका रोहित श्रेष्ठ, आरुघाट गाउँपालिका वडा नं. ५ अल्काटार स्थायी घर भई हाल हङ्गकङ्गमा बस्दै आएका आकाश बञ्जारा र गण्डकी गाउँपालिका वडा नं. ५ दर्बुङ घर भई हाल जापानमा रहेका बिराट बाबु खनालले सो सहयोग उपलब्ध गराएका हुन । ताइपेइ ताइवान निवासी रोहित श्रेष्ठले सो सामग्री सहयोग गर्नको लागि रु. १ लाख रुपैया तथा आकाश बञ्जारा तथा बिराट बाबु खनालले रु. ५० हजार रुपै...
पोखरामा आज र भोली सौन्दर्यविद महराले सौन्दर्य सम्बन्धी परामर्श दिने
अर्थ/व्यापार, समाचार

पोखरामा आज र भोली सौन्दर्यविद महराले सौन्दर्य सम्बन्धी परामर्श दिने

पोखरा १५ मंसिर – फेसियल हाउसका सञ्चालक तथा बरिष्ठ सौंदर्यविद सुष्मा महराले पोखरामा सौन्दर्य तालिम दिने भएकी छिन् । महराले मंसिर १५ र १६ गते फेसियल हाउसको पोखरा ट्रेड मल स्थित ब्राचले आयोजना गर्ने सौन्दर्य सम्वन्धी तालिममा विज्ञका रुपमा सहभागीता जनाउन लागेकी हुन । महराले फेसियल हाउसबाट कार्यक्रम हुने बारे स्पस्ट पारेकी छिन् । महराले विषेशत: पोख्रेली माझ स्कीन हेयर सम्वन्धी समस्याकासाथै माईक्रो ब्लेडीङ र कोठी रिमुभ सम्बधमा उनले सत्र संचालन गर्ने जनाएकी छिन् । महराले १५ गते विहान ९ बजे देखि बेलुका ८ बजे सम्म र १६ गते ९ देखि अप्राहन्न १ बजेसम्म परामर्श दिने जानकारी दिएकी छन् ।...
गायक ध्रुव बिस्को र गायिका सरु गौतमको स्वरमा रहेको गीत ‘झन झन माया’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक ध्रुव बिस्को र गायिका सरु गौतमको स्वरमा रहेको गीत ‘झन झन माया’ सार्वजनिक(भिडियो)

ध्रुव बिस्को र सरु गौतमको स्वरमा रहेको गीत ‘झन झन माया…’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द तथा गायक बिस्कोको नै सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/bp1417exGTI माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा अभिनेता पुष्प खड्का, नरेन खड्का, सृजना केसी र सरोज मोक्तानको अभिनय तथा नृत्य देख्न सकिन्छ । भिडियोमा दिनेश डिसी पनि फिचर भएका छन् ।  माइकल सेटअपको करियोग्राफी रहेको भिडियोलाई उत्सव दाहाल र टिमले खिचेको हुन् भने सम्पादन शिलन लम्सालको छ । नेपाली लोक तथा पश्चिमेली सङ्गीतलाई दक्षिण भारतीय बिटसँग मिलाएर डान्सिङ शैलीमा यस तयार गरिएको ध्रुव बताउँछन् । उनी भन्छन्, ‘हामीले यस गीत चलचित्रको लागि भनेर तयार गरेका थियौँ । कोरोनाका कारण चलचित्रको टुङ्गो नभएपछि भिडियोमा ल्याउने प्रयास गरेका हौँ ।’...
निर्माण सामग्रीमा अत्याधिक मूल्य वृद्धि
अर्थ/व्यापार, समाचार

निर्माण सामग्रीमा अत्याधिक मूल्य वृद्धि

नेपाल निर्माण व्यवसायी महासङ्घले कोभिड–१९ को महामारीबीच निर्माण कार्य सुरु हुने समयको गलत फाइदा उठाउँदै निर्माण सामग्रीमा एकतर्फी रूपमा कार्टेलिङ गरी अत्यधिक रूपले मूल्य वृद्धि गरिएको जनाएको छ ।फलामजन्य निर्माण सामग्री विभिन्न साइजका डन्डी, पाता, पत्ती, जीआई तार, ग्याबिन तार उत्पादक कम्पनीहरूले र नदीजन्य निर्माण सामग्री ढुङ्गा, बालुवा, गिट्टीमा विभिन्न व्यवसायीले अत्यधिक मूल्य वृद्धि गरेको महासङ्घले जनाएको छ ।फलामजन्य निर्माण सामग्री उत्पादक कम्पनीले डलरको दरमा र फलाम ब्लेडको मूल्य थोरै मात्रामा बढेको अवस्थामा पनि अनुपातभन्दा अत्यधिक रूपले मूल्य वृिद्ध गरी मिलेमतो गरेको देखिएको छ, महासङ्घका महासचिव रोशन दाहालद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । अहिलेको मूल्य वृद्धि कुनै पनि दृष्टिकोणबाट व्यावहारिक तथा वैज्ञानिक नदेखिएको महासङ्घले जनाएको छ ।त्यसैगरी देशको कुनै पनि स्थानबाट नदीजन्य सामग...