Blog

त्रिविका कक्षा अब भौतिक उपस्थितिमै
शिक्षा, समाचार

त्रिविका कक्षा अब भौतिक उपस्थितिमै

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको भौतिक उपस्थितिमै अब उच्च शिक्षाका कक्षाहरू सञ्चालन गर्नेभएको छ । कोरोनाका कारण विश्वविद्यालयले सञ्चालन गरेको अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच स्थापित हुन नसकेर लाखौँ विद्यार्थी उच्च शिक्षाको नियमित अध्ययनबाट वञ्चित भएपछि विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निचोडमा विश्वविद्यालय पुगेको हो । वार्षिक प्रणालीका विद्यार्थी समेट्दैविश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले मातहतका धेरै क्याम्पसबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सक्ने माग गरिएपछि आफूहरूले त्यसका लागि स्वीकृति दिएको जानकारी र्दिए। धेरैजसो काठमाडौँ उपत्यका बाहिरका क्याम्पसले अनुमति पाए कक्षा सञ्चालन गर्न सक्ने जनाएका थिए । जुम्ला, भोजपुरलगायतका धेरै स्थानबाट विश्वविद्यालयका पदाधिकारीलाई यस खालको माग आएको जनाइएको छ ।खासगरी विश्वविद्यालय मातहतका स्नातक...
यो जहाज डुवे सबै डुब्ने हो
राजनीति, समाचार

यो जहाज डुवे सबै डुब्ने हो

डा.डिआर उपाध्याय यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गम्भीर सङ्कटको भुमरीमा छ । दुई वामपन्थी पार्टी मिलेर नेकपा बनेको हो । लामो समय देखि मुलुक कोरोना भाइरसबाट आक्रान्त छ । यही अवस्थामा सत्तारुढ दल नेकपाभित्र बिवाद छ । जसले गर्दा पार्टी एकता नै सङ्कटमा पुगेको छ ।पछिल्लो समयमा दोस्रो पुस्ताका नेताहरूले पार्टी जोगाउँन त्यति पहलकदमी गरेको देखिएन । नेकपाभित्र यसअघिका विवाद भन्दा अहिलेको बिवाद निकै पेचिलो बनेको छ । परिस्थिति जटिल बनेर अघि बढिरहेको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि सङ्गीन आरोपसहित प्रतिवेदन सचिवालय बैठकमा पेस गरेपछि विवादले नयाँ मोड लिन पुगेको हो । गुटगत भेला, एक अध्यक्षले अर्का अध्यक्षमाथि सङ्गीन आरोप लगाउने काम रोकिएको छैन । यसअघिका विवादहरू लेनदेनमा समाधान हुन्थ्ये । अहिले त्यस्तो अवस्था देख...
क्रिकेट खेलाडी सन्दीप लामिछाने अस्पतालमा भर्ना
खेलकुद, समाचार

क्रिकेट खेलाडी सन्दीप लामिछाने अस्पतालमा भर्ना

कोरोना संक्रमित क्रिकेट खेलाडी सन्दीप लामिछाने अस्पतालमा भर्ना भएका छन् । होम आइसोलेसनमा रहेका लामिछानेलाई श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको जनाइएको छ । उनमा गत शुक्रबार कोरोना संक्रमण भएको थियो ।
खाना पकाउने ग्यासको भाउ घट्यो
अर्थ/व्यापार, समाचार

खाना पकाउने ग्यासको भाउ घट्यो

लामो समयपछि खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ। नेपाल आयल निगमले मंगलबार राति १२ बजेदखि लागू हुनेगरी प्रति सिलिण्डर २५ रुपैयाँ घटाएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अनुसार निगमले ग्यासको मूल्य घटाएको हो। यसअघि खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सलिण्डर एक हजार ४ सय रुपैयाँ थियो। अब उपभोक्ताले प्रति सिलिण्डर एक हजार ३ सय ७५ रुपैयाँमा खरिद गर्न पाउने छन्। यसैगरी, निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ बढाएको छ। यसैगरि, डिजेल र मट्टितेलको भाउ प्रति लिटर ५० पैसाले वृद्धि भएको छ। निगमले निर्धारण गरेको स्वचालित मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रति लिटर एकसय ९ रुपैयाँ, डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रति लिटर ९७ रुपैयाँ भएको छ । हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्...
समाजसेवी सुवास न्यौपानेको अर्को पूण्यकार्य, जसले सदालाई संसार देख्ने बनाए
समाचार, समाज, स्वास्थ्य

समाजसेवी सुवास न्यौपानेको अर्को पूण्यकार्य, जसले सदालाई संसार देख्ने बनाए

दु:खमा मलम लगाउने सहयोगी सुवास न्यौपाने, जसले सदालाई संसार देख्ने बनाए सिरहा, १३ मंसिर - नेपालमा कोभिड–१९ को बढदो संक्रमण र मृत्युको खबरले लगभग सात महिना नेपाली जनजीवन नराम्ररी प्रभावित बन्यो । आर्थिक–सामाजिक सम्बन्धहरू तहसनहस भए । एकै घरका दुई भन्दा बढिको कोरोना संक्रमणकै कारण मृत्यु भएको खबर पनि सार्बजनिक भए । जसले मानिसहरुमा त्रासदी निम्त्यायो । घरघरका संकट त कति हो कति, लेखा जोखा गरेर साध्य नै छैन । आमनागरिकलाई महामारीबाट जोगाउन र अहिलेका संकट पार लगाउन सरकार करिब–करिब असफलजस्तै देखियो । तर यस्तोमा पनि समाजका केहि ब्यक्तिले भने कोरोनाको महामारी नभनि आफ्नै पेशा तथा कर्ममा तल्लिन रहे । मानव सेवामा समर्पित हुँदै दु:खको घडीमा मलम लगाउन कम्मर कसेर लाग्नेहरुको जमात पनि भेटिए । यिनै मध्ये एक पात्र हुन काभ्रेपलान्चोक जिल्ला नमोबुद्ध नगरपालिका ६ का सुवास न्यौपाने । न्यौपानेले चौतर्फी नक...
‘नालापानी’ लाई विषेश चलचित्र घोषणा गर्न सिफारिस
मनोरन्जन, समाचार

‘नालापानी’ लाई विषेश चलचित्र घोषणा गर्न सिफारिस

रिमेश अधिकारी निर्देशित चलचित्र ‘नालापानी’ लाई विषेश चलचित्र घोषणा गरी आर्थिक सहयोग उपलब्ध गराउन चलचित्र सम्बन्धित संघ संस्थाहरुले सरकारसँग सिफारिस गरेका छन् । चलचित्र विकास बोर्डले एक पत्रमार्फत् चलचित्रले ऐतिहासिक नालापानीको युद्धको कथावस्तुलाई उजागर गरी राष्ट्रिय गौरव, राष्ट्रिय प्रेम तथा देशभक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार(प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण भएका कारण ‘नालापानी’ लाई प्रदर्शन, प्रचार प्रचार लगायतका पाटोमा सहयोग उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरेको छ । त्यस्तै, चलचित्र कलाकार संघ, चलचित्र निर्देशक समाज, चलचित्र निर्माता संघ, चलचित्र प्राविधिक संघ र राष्ट्रिय विभुति वीर बलभद्र कुँवर प्रतिष्ठान नेपालले फिल्मलाई राष्ट्रिय विशेष चलचित्र घोषणा गरी आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् । फिल्मले उठान ग...
काठमाडौं जेसीजको निर्वाचन सम्पन, अध्यक्षमा श्रेष्ठ सर्वसम्मत
समाचार, समाज

काठमाडौं जेसीजको निर्वाचन सम्पन, अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

काठमाडौं, आइतबार, १४ मङ्सिर २०७७ । काठमाडौं जेसीजको निर्वाचन सम्पन्न भएको छ । शनिवार सम्पन निर्वाचबाट बर्ष २०२१ का लागि जेसी कैलाश श्रेष्ठ निर्वाचित भएका छन् । कुलेश्वर स्थित स्टार फुड ल्याण्डमा भएको शाखाको ३८ औं अधिवेशन तथा ५० औं साधारणसभाले सर्वसम्मत रुपमा अध्यक्ष श्रेष्ठसहित पदाधिकारीहरु चयन गरेको हो । अधिवेशनले कार्यकारिणी उपाध्यक्षमा जेसी रामराजा ओझा, जेसी श्यामकुमार घिमिरे, जेसी रामेश्वर सिंखडा, महासचिवमा जेसी निरोज खतिवडा , कोषाध्यक्षमा जेसी रफी भण्डारी, सह कोषाध्यक्षमा जेसी ध्रुव तिवारी र सहसचिवमा जेसी हरिहर खड्कालाई चयन गरेको छ । सदस्यहरुमा जेसी बिनोद तिमिल्सिना, जेसी समिप खनाल, जेसी पुरुषोत्तम पौडेल, जेसी गोविन्द ओझा, जेसी प्रचण्ड भूर्तेल र जेसी नकुल अर्याल निर्वाचित एवं मनोनीत भएका छन् । निर्वाचनमा सिनेटर दिपक भण्डारीले निर्वाचन अधिकृतको रुपमा काम गरेका थिए । काठमाडौं जेसीज नेपा...
नेकपा जग बिनाको घर निर्माण जस्तो भएको छ
राजनीति, समाचार

नेकपा जग बिनाको घर निर्माण जस्तो भएको छ

डा.डिआर उपाध्याय सत्तारुढ दल नेकपामा अहिले आरोप–प्रत्यारोपको शृंखला चलिरहेको छ । यो शृंखला कहिले सम्म चल्ने हो यसै भन्न सकिने अवस्था छैन । पहिले पनि आरोप–प्रत्यारोपको झगडा त हुन्थ्यो । लेनदेनको हिसाव मिले पछि झगडा बन्द हुन्थ्यो । तर अहिले झगडा पेचिलो बनेर गएको छ । दुवै थरीका आरोप–प्रत्यारोपको प्रकृति हेर्दा मिलेर जालान जस्तो देखिदैन । यो पार्टीलाई मिलाएर लैजानु पर्ने अहिलेको आबश्यकता हो । तर शीर्ष नेताहरु नै गम्भिर बन्न सकेनन् । नेकपामा लामो समय सम्म बिवाद हुँदा केहि तत्वहरु सल्वलाउन थालेका छन । यति बेला दुवै थरी शीर्ष नेताहरू मुलुकको भाग्य र भबिश्य निर्माण प्रति चिन्तित हुनु पर्दथ्यो , हुन सकेनन् । जनताले यो सरकारबाट आस मारिसकेका छन् । यो पार्टीको फुटको बीउ यसको एकताकालमै रोपिसकिएको थियो । सिद्धान्त, विचार र नीति बिना गरिएको एकताले समस्या ल्याउँछ । यो कुरा धेरै पहिले देखि उठेको हो ...
रामकृष्ण श्रेष्ठको स्वरमा ‘फुल जस्ती’ बोलको गीतको भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

रामकृष्ण श्रेष्ठको स्वरमा ‘फुल जस्ती’ बोलको गीतको भिडियो सार्वजनिक(भिडियो)

नेपाली गीत–संगीत क्षेत्र संगै संचार क्षेत्रमा समेत क्रियाशिल गायक रामकृष्ण श्रेष्ठको स्वरमा 'फुल जस्ती' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। प्राकृतिक छटाले रमणिय पर्यटकीय नगरी पोखराको बेगनास ताल, धम्पुस तथा पोखरा वरपरका मनोरम स्थलमा छायाँकन भएको गीतको भिडियोमा गायक श्रेष्ठको समेत अभिनय रहेको गीतको भिडियोमा मोडल अनिल श्रेष्ठ, नविना अधिकारी, अमृता घिसिङको अभिनय रहेको छ। सञ्जित घिसिङको छायाँकन तथा सम्पादन रहेको भिडियोको निर्देशन ग्ल्यामर्स फोटोग्राफरको रुपमा चिनिएका फोटोग्राफर कुवेर तामाङले गरेका छन्। https://www.youtube.com/watch?v=-XUqBRAxgOU&feature=youtu.be&fbclid=IwAR3GlAso4fY974wRrQ2Hoi1QWC1gmQeue_5XrfE8jbldCptisiz4MauGkLQ राज मेक अप स्टुडियोका प्रमुख सिनियर मेक अप आर्टिष्ट टेक राज पाण्डेको मेकअप रहेको भिडियोको ड्रोन अपरेटर संजित के घिसिङ्ग रहेका छन । गीतको संगीत गा...
विश्वभर ६ करोड २५ लाखभन्दा बढीमा संक्रमण पुष्टि
अन्तर्राष्ट्रिय, समाचार

विश्वभर ६ करोड २५ लाखभन्दा बढीमा संक्रमण पुष्टि

विश्वभर ६ करोड २५ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ । संक्रमण सुरू भएको एक वर्ष वित्दा २१८ मुलुकका ६ करोड २५ लाख ६२ हजार ८५० जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ५ लाख ७१ हजार ६९८ जना संक्रमित भएका छन् ।यो समाचार तयार पार्दासम्म ४ करोड ३१ लाख ८८ हजार जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् । पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार ७६३ जना संक्रमणमुक्त भएका छन् । आइतबार बिहान यो समाचार तयार पार्दासम्म १४ लाख ५८ हजार ९३ संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ९ हजार १९९ जनाको मृत्यु भएको छ । हाल विश्वभर १ करोड ७९ लाख १६ हजार ७५३ जना उपचाररत छन् । यसमध्ये १ लाख ५ हजार २३८ जनाको अवस्था गम्भीर रहेको छ ।...