Blog

राजसंस्था पुनर्स्थापनाको माग राख्दै सुर्खेतमा र्‍याली
राजनीति, समाचार

राजसंस्था पुनर्स्थापनाको माग राख्दै सुर्खेतमा र्‍याली

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले प्रदर्शन गरेका छन् । राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीले वीरेन्द्रनगरको कालिञ्चोकबाट दर्जनौं गाडी र सयौं मोटरसाइकलमा र्‍याली निकालेर बुलबुले चोक, मंगलगढी चोक, मुख्य बजार हुँदै वीरेन्द्रचोकमा पुगेर सभाको आयोजना गरेका थिए। प्रदर्शनका क्रममा ‘राजा आऊ देश बचाऊ’, ‘हिन्दु राष्ट्र घोषणा गर’ जस्ता नारा लगाइएको थियो। देशव्यापी रुपमा राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गरिरहेको स्वतन्त्र नागरिक संघर्ष समितिले नै सुर्खेतमा प्रदर्शनको आयोजना गरेको हो।...
राष्ट्र बैंकद्वारा ६६ अर्ब बराबरको पुनर्कर्जा स्वीकृत
अर्थ/व्यापार, समाचार

राष्ट्र बैंकद्वारा ६६ अर्ब बराबरको पुनर्कर्जा स्वीकृत

नेपाल राष्ट्र बैंकले मंसिर १७ गतेसम्ममा ६६ अर्ब रूपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत गरिसकेको छ। कोभिड-१९ का कारण उद्योगी व्यवसायीको उद्योगधन्दा समस्यामा परेको भन्दै गत साउनमा मौद्रिक नीतिमार्फत् पुनर्कर्जा दिने नीति ल्याइएको थियो। सोहीअनुसार राष्ट्र बैंकले असोज मसान्तसम्मको म्याद राखेर पुनर्कर्जा लिन चाहनेहरूको लागि आवेदन दिन आग्रह गरेको थियो। राष्ट्र बैंकले तोकेको मितिभित्र ६९ अर्ब रूपैयाँ बराबरको पुनर्कर्जाका लागि आवेदन परेको थियो। सो मध्ये राष्ट्र बैंकले ६६ अर्ब रूपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत गरेको जनाएको हो। बिहीबार मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साउन ६ गते जारी गरेको पुनर्कर्जा कार्यविधि अनुसार नै कर्जा स्वीकृति गरेको दाबी गरे । कार्यविधिअनुसार कोरोनाबाट प्रभावित निजी क्षेत्रलाई अतिप्रभावित, प्रभावित र सामान्य प...
लोकतन्त्रवादी शक्तिहरु एक भएर अघि बढनु पर्ने बेला आयो
राजनीति, समाचार

लोकतन्त्रवादी शक्तिहरु एक भएर अघि बढनु पर्ने बेला आयो

डा.डिआर उपाध्याय सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक बिवाद अझै समाधान हुन सकेको छैन । लामो समयदेखिको अध्यक्षद्वयका बीच देखिएको असमझदारी सतहमा आएको छ । नेकपाको नेतृत्वमा करिब दुईतिहाइको बहुमतको सरकार छ । यो ऐतिहासिक अवसरको सदुपयोग नेकपा र सरकारले गर्न सक्नुपर्ने थियो तर सकेन । अव नेकपा आफना कमीकमजोरीहरू सुधार गर्दै आत्मसमीक्षाका साथ एक भएर अघि बढ्नुपर्ने आबश्यकता देखिएको छ । यो देशको आबश्यकता हो । यो झगडा कुनै सिद्धान्त र आदर्श वा नीतिगत द्वन्द्वका कारण सिर्जना भएको देखिँदैन, व्यक्तिगत अभीष्ट नै यसको प्रमुख कारण हो । अहिलेको विवाद दलभित्रका शीर्षस्थ नेतृत्वमा रहनेहरूको व्यक्तिगत महत्वाङ्काक्षासँग सम्बन्धित छ । नेकपाले निर्वाचनमा गरेका प्रतिबद्धतालाई व्यवहारमा लागू गर्न सकेन । आपसी झगडामा मात्र समय बितायो । देश सङ्क्रमणको महामारीबाट गुज्रिराखेको छ । यस्तो अवस्थामा दलका नेतृ...
नेयमारको उत्कृष्ट प्रदर्शनमा पीएसजीको जित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

नेयमारको उत्कृष्ट प्रदर्शनमा पीएसजीको जित

 ब्राजिली स्टार फरवार्ड नेयमारको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । पीएसजीले १० खेलाडीमा समेटिएको घरेलु टोलीमाथि ३–१ को शानदार जित हात पार्‍यो । जसमा नेयमारले मात्रै २ गोल गरे । यससँगै पीएसजीले अघिल्लो महिना घरेलु मैदानमा बेहोरेको २–१ को हारको बदला पनि लिएको छ । ओल्डट्राफोर्डमा पीएसजीको जितमा नेयमारबाहेक अर्को एक गोल कप्तान मार्किन्हसले गरे । घरेलु टोलीका लागि मार्कुस रासफोर्डले गरेको गोल सान्त्वना बन्यो ।...
अध्यक्ष ओली नै नआएपछि बैठक स्थगित
राजनीति, समाचार

अध्यक्ष ओली नै नआएपछि बैठक स्थगित

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यस्तताका कारण सचिवालय बैठकमा नआउने बताएपछि बुधबार सचिवालयको औपचारिक बैठक बस्न सकेन । प्रधानमन्त्री ओलीले मंगलबारकै सचिवालय बैठकमा बुधबार कार्य व्यस्तताका कारण उपस्थित हुन नसक्ने बताएका थिए । तर, प्रधानमन्त्री ओलीले कार्य व्यस्तताबारे जानकारी गराउँदा गराउँदै पनि अर्का अध्यक्ष पुष्पकमल दाहालले बुधबारका लागि बैठक राखेपछि ओली असन्तुष्ट भएका थिए । बैठक राख्ने विषयमै मतभेद भएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद झन्झन् चर्किँदै गएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नआएपछि सचिवालय बैठक २० मंसिरसम्मका लागि सारिएको छ । २० मंसिरमा सचिवालय बैठक बस्ने निर्णय भएपछि यसअघि नै १८ मंसिरका लागि तय भएको स्थायी कमिटी बैठक २१ मंसिरका लागि सारिएको छ । ...
टिकटकमा जथाभावी भिडियो राख्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी
अपराध, समाचार

टिकटकमा जथाभावी भिडियो राख्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी

पाल प्रहरीले टिकटक, फेसबुक, इन्स्टाग्राम लगायतका विभिन्न सामाजिक सञ्जालमा अमर्यादित, दुराचारयुक्त तथा अश्लील सामग्रीको प्रकाशन प्रशारण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले पछिल्लो समय टिकटकमा कानुन विपरीतका भिडियो बनाएर राख्ने काम भइरहेको तर्फ ध्यानाकर्षण भएको जनाएको छ। ‘पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा लैङ्गिकता, फरक क्षमता, महिला तथा बाल अधिकार लगायतका संवेदनशील विषयहरुको ख्यालै नगरी महिला तथा बालबालिका सम्बन्धी प्रचलनमा रहेका कानुन विपरित हुने भिडियोहरु बनाउने, प्रसारण गर्ने गरेको भन्ने सम्बन्धमा यस ब्यूरोको ध्यानाकर्षण भएको छ,’ ब्यूरोले जारी गरेको सूचनामा भनिएको छ। साथै ब्यूरोले यससँग सम्बन्धित कतिपय सूचना तथा निवदेनमाथि अनुसन्धान भइरहेको र केहीलाई कानुनी दायरामा पनि ल्याइसकेको जानकारी गराएको छ। त्यस्ता कानुन विपरितका गतिविधि ...
देशभर आज १४ सय ९० संक्रमित थपिए
समाचार, स्वास्थ्य

देशभर आज १४ सय ९० संक्रमित थपिए

नेपालमा कोरोना भाइरसका आज १४ सय ९० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।आज १  जार ६७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख १८ हजार १ सय ६१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।...
विश्वमा एकैदिन ११ हजार ७८१ को मृत्यु
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

विश्वमा एकैदिन ११ हजार ७८१ को मृत्यु

 विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ४१ लाख ६९ हजार ९९६ पुगेको छ । बुधबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ लाख ८५  हजार ६७२ पुगेको छ । एकैदिन विश्वमा ५ लाख ६७ हजार ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै २४ घण्टाको अविधमा ११ हजार ७८१ जनाको मृत्यु भएको  छ। अहिले १ करोड ८२ लाख ५६ हजार २०२ जनामा सक्रिय संक्रमण छ । संक्रमित १ लाख ५ हजार ६८७ जनाको अवस्था गम्भीर छ । संक्रमित ४ करोड ४४ लाख २८ हजार १२२ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रिमत संख्या १ करोड ४१ लाख ३ हजार ९६८ पुगेको छ । एकै दिन १ लाख ७७ हजार ६५० जनामा संक्रमण देखिएको छ । अहिलेसम्म २ लाख ७६ हजार ९२६ जनाको मृत्यु भएको छ । त्यस्तै भारतमा संक्रमित संख्या ९४ लाख ९९ हजार ७१० पुगेको छ । भारतमा एकैदिन ३६ हजार ४५६ जनामा संक्रमण पु...
समाजवादको बाटो त्यति सजिलो छैन
राजनीति, समाचार

समाजवादको बाटो त्यति सजिलो छैन

डा.डिआर उपाध्याय नेकपाभित्रको आन्तरिक बिवाद चुलिदै गएको छ । यदि नेकपामा फुट भयो भने मुलुक गम्भिर संकटमा फस्ने छ । गणतन्त्र, धर्मनिरपेक्षता धरापमा पर्ने छ । २०६२ , ०६३ सालका उपलब्धिहरू समाप्त हुने र देश प्रतिगमनतिर जाने खतरा हुनेछ । यो नै चिन्ताको विषय हो । नेकपाभित्रको अन्तरकलह छिटो समाधान हुनु पर्छ । युग बदलिएको छ, तर जनताको अवस्था बदल्लिएको छैन । मुलुकमा समाजवाद ल्याउनु पर्छ भन्र्ने नेताहरुको कमी छैन । तर यो बिषमा कुनै सुरसार नै छैन । समाजवाद त्यति सजिलरी आउँदैन । समाजवादको बाटो त्यति सजिलो छैन । युगले त्यसको नेतृत्व गर्ने नयाँ नेतृत्व खोजेको छ । नेपाल नयाँ युगमा प्रवेश गरेको छ । संविधानमै समाजवाद लेखिएको छ । अब नेताहरूले राजनीतिक क्रान्तिका भाषण गरेर मात्र देश चल्दैन । अव राजनीतिक र तिनका नेताहरुमा आर्थिक क्रान्ति गर्ने दृष्टिकोण चाहिन्छ । भ्रष्टचार शून्य, गरिबी न्यूनीकरण, शिक्षा, स...
महिना दिनभित्रै कक्षा १२ को नतिजा
शिक्षा, समाचार

महिना दिनभित्रै कक्षा १२ को नतिजा

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।  परीक्षा बोर्डले एक साताभित्र उत्तरपुस्तिकाको परीक्षण पूरा गर्ने तयारी गरेको छ । कतिपय विषयको उत्तरपुस्तिका परीक्षण सुरु भइसकेको छ । शिक्षकले उत्तरपुस्तिका परीक्षण गरी विद्यार्थीको प्राप्ताङ्क पठाइदिएपछि तीन साताभित्र परीक्षाको बाँकी काम पूरा गर्ने बोर्डको तयारी छ । त्यसपछि सम्परीक्षणको काम एक साताभित्र सक्ने योजना छ । यसैबीच, परीक्षा बोर्डले कोरोना भाइरसबाट प्रभावित भएर परीक्षा लिन नपाएका विद्यार्थीका लागि फेरि एक पटक अवसर दिने भएको छ । विद्यार्थीलाई पुनः परीक्षाको अवसर दिने र त्यसको सूचना आगामी १५ दिनको हाराहारीमा दिने बोर्डको तयारी छ । कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीले एक महिन...