थप १३०४ जनामा कोरोना पुष्टि, २०७३ डिस्चार्ज

 मंगलबार नेपालमा थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ७३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५२९ पुगेको छ।

यस्तै हालसम्म ६१६ जना क्वारेन्टिनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *