Blog

लोकतन्त्रको विकल्प लोकतन्त्र :डा.डिआर उपाध्याय
राजनीति, समाचार

लोकतन्त्रको विकल्प लोकतन्त्र :डा.डिआर उपाध्याय

लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । देशको सबैभन्दा ठूलो दल नेकपा भित्र आन्तरिक किचलो चलिरहेको पनि लामो समय भैसक्यो । मुलुकको प्रमुख दल भित्र आन्तरिक विवाद हँुदा समग्र देशको आर्थीक, सामाजिक, राजनीतिक सबै क्षेत्रमा प्रभाव पार्दो रहेछ । मुलुकमा राजनीतिक परिवर्तन पटक पटक भए तर जनताले कुनै बेला पनि परिवर्तनको महसुस गर्न सकेनन्। राजनीतिक दल र तिनका नेताहरुले मात्र फाईदा उठाउँदै आए । हिजोका दिनमा निम्न आयस्रोत भएका नेताहरुका अहिले घर, घडेरी र गाडी छन् । जनताको नाममा राजनीति गरेका नेताहरुको ब्यक्तिगत सम्पती जोडेको देख्दा आम जनता असन्तुष्ट छन् । जनताको नाममा राजनीति धेरै भयो तर जनता देशको राजनीतिक अवस्थाबाट वाक्क, दिक्क छन् । जुन पार्टी सरकारमा गएपनि देश र जनताको पक्षमा सोच्न सकेनन् । केबल आफ्नो ब्यक्तिगत स्वार्थ मात्र हेरे यो नै मुलुकको अहिलेको समस्या हो । नेताहरु आर्थीक रुपमा सम्पन्न हुँदैजाने ज...
‘ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२०’ को आवेदन खुल्ला
मनोरन्जन, समाचार

‘ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२०’ को आवेदन खुल्ला

काठमाण्डौमा ‘ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२०’ भव्य आयोजना हुने भएको छ ।प्लस साईज तथा आफ्नो शारिरीक मोटोपनका कारण आफुमा यथेष्ट प्रतिभा भएर पनि प्रस्फुटन गर्न असमर्थ भएका बिवाहित तथा अबिवाहित महिलाहरुका लागी ड्रिम्स ईन्टरटेनमेन्ट तथा मृगतृष्णा फेशन हाउसको संयुक्त आयोजनामा नेपालमै पहिलो पटक ओसिस मिस एण्ड मिसेस कर्भि नेपालको आयोजना हुन लागेको हो । मोटोपनका कारण समाजमा क्षमताका बावजुद अवसरबाट वन्चित ईच्छुक महिलाहरुका लागी प्रोत्साहन गर्ने तथा उनीहरुको क्षमतालाइ अभिवृद्धि गरी लुकेका प्रतिभा प्रस्फुटन गराउन यस कार्यक्रमको उद्देश्य रहेको आयोजक तथा नेपालकै पहिलो प्लस साईज मोडल तथा मिस स्माईल टप अफ द वल्र्ड प्लस साईज २०१८ सपना राईले जानकारी दिईन । प्रतियोगीता मा सहभागी हुनका लागि ईच्छुकहरुका लागी केहि प्रावधान तोकिएको छ जस अनुसार १६ वर्षदेखि ४५ वर्षको हुनुपर्नेछ भने शारिरिक तौल ५० केजीभन्...
कर छुट सुविधा एवं उत्कृष्ट करदाता सम्मान कार्यक्रम सम्पन्न
मनोरन्जन, समाचार

कर छुट सुविधा एवं उत्कृष्ट करदाता सम्मान कार्यक्रम सम्पन्न

ललितपुर, मंसिर – ललितपुरमा आर्थिक ऐन २०७७ मा भएका कर छुट सुविधा एवं उत्कृष्ट करदाता सम्मान कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय, ललिपुर १ को आयोजना तथा ललितपुर उद्योग वाणिज्य संघको समन्वयमा सोमबार उद्योग वाणिज्य संघको सभाकक्षमा कार्यक्रम आयोजनामा आएको हो । संघका अध्यक्ष कृष्ण लाल महर्जनको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा अध्यक्ष महर्जनले आजको कार्यक्रम यस संघ र आन्तरिक राजश्व कार्यालयको सहकार्यमा नेपाल सरकारको २०७७÷०७८ को बजेट वक्तव्य पश्चात नै गर्नु पर्नेमा कोरोना महामारीका कारण ढिला भएको बताए । अध्यक्ष महर्जनले कोरोनाले गर्दा स्थिर रहेको व्यापार व्यवसायहरु अहिले चलायमान हुन थालेकोमा खुशी पनि व्यक्त गरे । आन्तरिक राजश्व कार्यालय, ललितपुर १ का कर अधिकृत तिलक थापाले कार्यक्रममा आर्थिक ऐन २०७७ मा भएका कर छुट सुविधाका बारेमा जानकारी गराएका थिए भने आन्तरिक राजश्व विभागका ...
सामाजिक सुरक्षा कोषमा बैंकहरू आकर्षित भएनन्
अर्थ/व्यापार, समाचार

सामाजिक सुरक्षा कोषमा बैंकहरू आकर्षित भएनन्

दुई वर्षअघि औपचारिक रूपमा थालिएको सामाजिक सुरक्षा (सासु) कोषमा बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता अझै उत्साहजनक छैन । निजीक्षेत्रका कामदाहरूलाई पनि पेन्सन उपलब्ध गराउने अवधारणासहित शुरू गरिएको सासु कोषमा वाणिज्य बैंक, विकास बैंक, वित्त र लघुवित्त संस्थाहरू न्यून संख्यामा मात्र सूचीकृत भएका छन् । कोषको तथ्यांकअनुसार हालसम्म २७ वाणिज्य बैंकमध्ये आठओटा वाणिज्य बैंकमात्र दर्ता भएका छन् । प्रभु, लक्ष्मी, प्राइम कमर्शियल, मेगा, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीर्सी) र ग्लोबल आईएमईलगायत बैंक सूचीकृत भएका छन् । दर्ता भएका बैंकका सबै श्रमिक अर्थात् योगदानकर्ताको नाम पनि सूचीकृत गरिएको छैन । एउटै बैंकमा सयौं कर्मचारी भए पनि सबै बैंकबाट जम्मा ९९ जना श्रमिकको नाम मात्र सूचीकृत छ । कोषमा १९ विकास बैंकमध्ये ६ ओटामात्र सूचीकृत भएका छन् । त्यसमा पनि योगदानकर्ता भने अझै सूचीकृत भएका छैनन् । सञ्चालनमा...
विद्यालय खोल्न हतार नगरौँ
शिक्षा, समाचार

विद्यालय खोल्न हतार नगरौँ

 कोरोना सङ्क्रमणको जोखिम उच्च रहेका चार जिल्लामा तत्काल विद्यालय नखुलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की जिल्लामा अझै पनि सङ्क्रमितको सङ्ख्या उच्च रहेको तथा जोखिम कम नभएकाले केही समय पर्खन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले अन्य जिल्लामा केही सहज अवस्था भए पनि उपत्यकाका तीन जिल्ला र कास्कीमा भने विद्यालय पुनः सञ्चालनमा ल्याउन नहुने बताउनुभयो ।उहाँले देशभरका कुल सङ्क्रमितमा ४० देखि ६० प्रतिशत उपत्यकाका तीन जिल्लाकै भएका कारण यो अवस्थामा विद्यालय सञ्चालन गरेर जोखिम उठाउन नहुने बताउँदै यस्तो अवस्थामा विद्यालय सञ्चालन गरिए पुसमा कोरोनाको जोखिमको अवस्था भयावह हुनसक्ने बताउनुभयो ।उहाँले भन्नुभयो, “सहरी क्षेत्र भएको र वैकल्पिक विधिमध्ये अनलाइन माध्यमबाट कक्षासमेत सञ्चालन भइरहेको अवस्थामा भौतिक रूपम...
पशुपतिमा मङ्गलबार क्षमा पूजा, बुधबारदेखि भक्तजनलाई खुला
समाचार, समाज

पशुपतिमा मङ्गलबार क्षमा पूजा, बुधबारदेखि भक्तजनलाई खुला

नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मङ्गलबार बिहान क्षमा पूजा हुने भएको छ । प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा गर्न लागिएको हो । पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुनेछैन । “महामारीको सङ्कटकाबीच विभिन्न विषयमा बाँधिएर काम गर्न...
गणेश सुवेदीको ‘निम्तो’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

गणेश सुवेदीको ‘निम्तो’ सार्वजनिक (भिडियो)

लघु चलचित्र ‘निम्तो’ सार्वजनिक भएको छ । गोल्डेन ड्रिम्स इन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुति तथा निर्माता गणेश सुवेदीले निर्माण रहेको ‘निम्तो’ सार्वजनिक भएको हो । चेतनाथ दंगालको निर्देशन रहेको सार्वजनिक चलचित्रमा कोरोना भाइरस (कोभिड-१९)का कारण हलसम्म जान नपाएका दर्शकहरूलाई लक्षितगरी युट्युव मार्फत सार्वजनिक गरिएको निर्माता सुवेदीले बताउँनुभयो । https://youtu.be/JStBoWKqADY साहित्यकार तथा समाजसेवी राधा भण्डारीको कथा, भूमिकला पौडेल तथा अपराजिता सुवेदी सहनिर्माता रहेको सार्वजनिक चलचित्रमा नायक दिनेश केसी, नायिका तुलसा पहाडी र बाल कलाकार पुनम केसीलगायतको अभिनय छ । तिलक गौतमको छायाँकन, जीवनराम टण्डनको सम्पादन, सम्राट थापाको पाश्र्व सङ्गीत, गणेश सुवेदीको पटकथा÷सम्वाद रहेको चलचित्र प्रेममय जीवन बाँच्न चाहनेहरूको प्रतिनिधी चलचित्र रहेको छ । लामो अन्योलकाबीच आफ्ना दर्शकलाई राम्रो विष...
यस वर्षको एसईईपनि अन्योलमै
शिक्षा, समाचार

यस वर्षको एसईईपनि अन्योलमै

कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल सिर्जना भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सरकारले यसबारेमा कस्तो निर्णय गर्नेछ भनेर प्रतीक्षा गरिरहेकाले परीक्षासम्बन्धी तयारी अगाडि बढाएको छैन । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भने, “हामी पनि अन्योलमा छौँ । यसबारेमा छिटो निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएका छौँ । कुनै जवाफ नआएकाले रोकिएर बसेका छौँ ।” यस वर्ष ९२०७७ साल०को एसईई बोर्ड, प्रदेश शिक्षा निर्देशनालय वा विद्यालयमध्ये कसले सञ्चालन गर्ने भन्ने छिनोफानो हुन सकेको छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वर्ष नै तयार गरेको सङ्घीय शिक्षा ऐनको विधेयकमा एसईई प्रादेशिक स्तरमा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । कोभिड–१९ का कारण गत २०७६ सालको एसईईमा विद्यालयलाई नै विद्यार्थीको आन्तरि...
यस्तो छ ग्रामीण सर्वसाधरण जनताको भोगाई
समाचार, समाज

यस्तो छ ग्रामीण सर्वसाधरण जनताको भोगाई

डा.डिआर उपाध्याय मुलुकमा पटक पटक राजनीतिक परिवर्तन भयो तर जनताले अहिले सम्म परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । हरेक राजनीतिक परिर्वनमा जनताको प्रत्यक्ष सहभागी हुँदै आएको छ । परिवर्तन पछि जनताले आफूले सोचेको काम नभए पछि असन्तुुष्टी व्यक्त गर्दै आएका छन् र अहिलेको वर्तमान अवस्थामा पनि जनता सन्तुष्टी छैनन् । जब सम्म जनता सन्तुष्टी हुँदैनन् तब सम्म जनताले व्यवस्था परिवर्तनको प्रश्न उठाई रहन्छन् । यो निराशाको संकेत हो । जनतालाई निराशा आउन दिनु हँुदैन् । जनता निराश हुनु भनेको राम्रो कुरा होइन् । यवस्था प्रतिको खतराको घण्टी हो । आजको युग भनेको प्रविधि र सञ्चारको युग हो । अहिले नेपाली जनतालाई ठग्ने, ढाट्ने, छल्ने र भ्रमको राजनीति गर्ने हिजोको जस्तो आजको अवस्था छैन । यो कुरा राजनीतिक दल र तिनका नेताहरुले बुझ्नु जरुरी छ । राजनीतिक दलका नेताहरुले जनतालाई भ¥याङ बनाएर सत्तामा पुगेका छन् । जब सत्त...
स्नातक परीक्षामा ९५ प्रतिशत विद्यार्थी उपस्थित
शिक्षा, समाचार

स्नातक परीक्षामा ९५ प्रतिशत विद्यार्थी उपस्थित

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा आइतबारबाट स्नातक तहको परीक्षा सुरु गरेको छ । कोरोना भाइरसका कारण लामो समयदेखि सञ्चालन हुन नसकेको परीक्षा सुरु गरिएको हो । परीक्षामा यसपटक ९५ प्रतिशत विद्यार्थीको सहभागिता रहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।विद्यार्थीको भौतिक उपस्थितिमै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको परीक्षा लिएको झण्डै दुई सातापछि विश्वविद्यालयले परीक्षा लिन थालेको हो । बोर्डले झण्डै चार लाख विद्यार्थीको परीक्षा मङ्सिर दोस्रो साता सकेको थियो ।विगतका वर्षका परीक्षामा भन्दा यस पटकको परीक्षामा विद्यार्थीको उपस्थिति धेरै उत्साहजनक देखिएको जानकारी उनले दिए । त्रिविले आइतबारबाट सञ्चालन गरेको स्नातक तहको व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञानमा ७२ हजार विद्यार्थी परीक्षामा सहभागी रहेको जनाइएको आजको गोरखापत्र दैनिकमा खवर छ ।...