Blog

१ अर्ब ३२ करोड बिगो माग्दै मोहन ट्रेडविरूद्ध मुद्दा
अपराध, अर्थ/व्यापार, समाचार

१ अर्ब ३२ करोड बिगो माग्दै मोहन ट्रेडविरूद्ध मुद्दा

नक्कली भ्याट बिल प्रकरणमा काठमाडौं सीतापाइला बस्ने रामकिशोर प्रसादसहित २८ जनाविरूद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। विभागले सर्लाहीका प्रसादसहितलाई १ अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ बिगो मागी शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। प्रसादको मोहन ट्रेड इन्टरनेशनल कम्पनी सक्रिय छ। उक्त कम्पनीमार्फत् प्रसादले २६ वटा फर्महरू भएका मजदुरलगायत व्यक्तिको नाममा दर्ता गरी राजश्व छलेको विभागले जनाएको छ। प्रसादले ती फर्महरुको नाममा झुठ्ठा तथा नक्कली बिक्री बिजक जारी गरी आर्थिक वर्ष २०७१/७२ देखि २०७४/७५ सम्म मूल्य अभिवृद्धि र आयकर चुहावट गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए। अनुसन्धानमा मुअकर ४३ करोड ८१ लाख ८० हजार ३७८, आयकर ८६ करोड ५६ लाख १ हजार ७८५ र लाभांश दुई करोड ८ लाख ३० हजार ४०२ छली गरेको महानिर्देशक मैनालीले बताए।...
गीतकार लोकराज अधिकारीको शब्द रहेको “हेप्नी मलाई हेप्नी ” बोलको नयाँ गीत अर्को शुक्रबार रिलिज हुने
मनोरन्जन, समाचार

गीतकार लोकराज अधिकारीको शब्द रहेको “हेप्नी मलाई हेप्नी ” बोलको नयाँ गीत अर्को शुक्रबार रिलिज हुने

नेपाली गीति लेखनमा नाम कमाएका प्रसिद्ध गीतकार लोकराज अधिकारीको शब्द रहेको “हेप्नी मलाई हेप्नी ” बोलको नयाँ गीत अर्को शुक्रबार रिलिज हुने भएको छ । योगेश काजी को संगीत र एरेन्ज रहेको अडियोमा योगेश र एलिना चौहानको स्वर सुन्न सकिन्छ । गीतको म्युजिक भिडियो तयार भैसकेको र शुक्रबार रिलिज गर्ने तयारी भएको गीतकार अधिकारीले जानकारी दिएका छन । भिडियोमा बर्षा सिवाकोटी , नबराज न्यौपाने, शिबहरी बैरागी ,रश्मि भट्ट , योगेश काजी , मनिशा सिलवाल, र रिब्सन , निब्सन न्यौपाने को अभिनय हेर्न सकिन्छ । अजय रेग्मीले खिचेको भिडियोलाई सम्पादन र निर्देशन क्रान्ति केसिले गरेका हुन । वाइटिच युट्युब च्यानलबाट रिलिज हुने भिडियोको निर्माण नबराज न्यौपानेले गरेका हुन । सामाजिक सन्जालको प्रयोग र प्रेम मा हुने द्वन्दलाई शब्दमा उतारेका गीतकार लोकराज अधिकारीले रमाइलो अडियो भिडियो दुबैले दर्शक श्रोताको मन जित्ने बिश्वास गरेका ...
सन्दीपले बिगबासमा शनिबार पहिलो खेल खेल्ने
खेलकुद, समाचार

सन्दीपले बिगबासमा शनिबार पहिलो खेल खेल्ने

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएका छन्। चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले पहिलो खेल उनको पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेल्न लागेका हुन्। लामिछानेले मेलवर्न स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका शुरुआतका छ खेल गुमाएका थिए। नेपालमै छँदै कोरोनाबाट सङ्क्रमित भएका कारण लामिछानेलाई बिगबास लिग खेल्नका लागि अष्ट्रेलिया जान ढिला भएको थियो। अस्ट्रेलिया पुगेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएका कारण उनी प्रारम्भका ६ खेल खेल्नबाट वञ्चित भएको व्यवस्थापक शिवाकोटीले जानकारी दिए। उनी बुधबार क्वारेन्टाइन मुक्त भएका हुन्। उनी सम्मिलित टोली होबार्ट सातौँ खेल खेल्ने तयारीमा...
राष्ट्रिय सभाको अधिवेशन आजदेखि
राजनीति, समाचार

राष्ट्रिय सभाको अधिवेशन आजदेखि

राष्ट्रिय सभाको अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार शुक्रबारदेखि अधिवेशन प्रारम्भ हुन लागेको हो । प्रतिनिधि सभा विघटन भएपछि पहिलोपटक सङ्घीय संसद्को एक मात्र सदनको अधिवेशन बोलाइएको हो । शुक्रबार अपराह्न ४ बजेबाट अधिवेशन प्रारम्भ हुनेछ । सङ्घीय संसद् सचिवालयले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कोरोना जोखिम न्यूनीकरणका लागि अधिवेशन प्रारम्भअघि अघिल्लो अधिवेशनमा कायम रहेको आसनको व्यवस्था फेरिएको छ । यसअघि कायम रहेको भौतिक दूरीको प्रबन्धलाई पनि थप व्यवस्थित बनाइएको छ ।सचिवालयले अधिवेशन प्रारम्भको सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरेको छ । बिहीबार बसेको कार्यव्यवस्था पराम र्श समितिको बैठकले सम्भावित कार्यसूची तय गरेको हो ।...
निर्यातमूलक उद्योगको आयकरमा छूटको माग
अर्थ/व्यापार, समाचार

निर्यातमूलक उद्योगको आयकरमा छूटको माग

निर्यातमूलक उद्योगको आयकरमा छूट हुनुपर्ने र एकीकृत भन्सार जाँचचौकी (आईसीपी)बाट हुने आयात निर्यातमा पूर्वाधारको अभावमा भइरहेको विलम्ब तत्काल हटाइनुपर्ने माग उद्योगी व्यवसायीले गरेका छन् । बुधवार विराटनगरमा आयोजित ‘निर्यात प्रवर्द्धन, पारवहन र व्यापार सहजीकरण’ अन्तरक्रियामा यस क्षेत्रका उद्योगीहरूले यस्तो माग गरेका हुन् । कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले निर्यातमूलक उद्योगलाई आयकरमा विशेष छूट र न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराइनुपर्ने माग गरे । ‘ड्युटी ड्र ब्याक’ सुविधा सम्बन्धित भन्सार कार्यालयबाटै उपलब्ध गराउनुपर्ने, भ्यालू एडिसनको आधारमा निर्यात अनुदान कायम गरी अनुदानको दायरा बढाउनुपर्ने, अन्तरराष्ट्रस्तरको गुणस्तर मापदण्ड र मान्यताप्राप्त व्यापार सहजीकरण निकायको व्यवस्थापन गरिनुपर्ने र निर्यात प्रवद्र्धन तथा विकासका लागि अध्ययन एवं नियमन निकायलाई सक्रिय बनाउनुपर्...
नेपालमा चीन र भारत दुवैको चलखेल
राजनीति, समाचार

नेपालमा चीन र भारत दुवैको चलखेल

डा.डिआर उपाध्याय यति बेला नेपालमा चीन र भारत दुवैको चलखेल बढेर गएको छ । राजनीतिक दलको आन्तरिक विवादमा विदेशी शक्तिको हस्तक्षेप बढनु उचित होईन । यसले नेपालको राजनीतिलाई नै प्रभाव पार्छ । नेपालले कुनै पनि बिदेशी हस्तक्षप सहेर बस्न सक्दैन । र सहनु पनि हुदैन । अहिले बिदेशी चलखेल बढनु भनेको नेकपाभित्रको विवाद नै मुख्य बिषय हो । त्यसको असर देशको राजनीतिमा परेको छ । अहिले संसद् विघटन भएको अवस्था छ । संसद बिघटन पछिको अवस्था जटिल बन्दै गएको छ । संसद बिघटन हुँदा सबैभन्दा बढी प्रसन्न राजावादीहरू छन्। उनीहरु धमिलो पानीमा माछा मार्ने दाउ खेल्दै छन । मधेसवादीहरूले संसद् विघटनको विरोध गरेका छन्। त्यसको पुनस्र्थापनाका पक्षमा आन्दोलन पनि गरिरहेका छन्। संसद् विघटनपछि बिभिन्न राजनीतिक दलहरुले ओली कदमलाई असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी भनेर विरोध गरेका छन । नेकपाभित्रको फुट वा विभाजन लोकतन्त्...
आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु
समाचार, समाज

आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु

ग्रेगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु हुँदैछ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ। पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ। जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवम् ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन्। विवाद भएपनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ। यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्। केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ। विदेशी पर्यटकको भीड भाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थान...
मिस:नेवा नेपालका प्रतिस्पर्धीहरुको यो:मरी
मनोरन्जन, समाचार

मिस:नेवा नेपालका प्रतिस्पर्धीहरुको यो:मरी

नेप्लिज फेशन होमको आयाेजनामा याेमरी पुर्णिामाकाे शुभ अवसरमा मिस:नेवा नेपालका प्रतिस्पर्धीहरुले  यो:मरी बनाउन सिक्ने र सिकाउने कार्यक्रम सम्पन्न भएको छ । बिगतका बर्ष झै यस बर्ष पनि मिस नेवाहरुबाट नेवारी परिकार यो:मरी बनाएर आफनो मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेका छन् ।  उक्त कार्यक्रमको उद्घाटन सञ्चार विज्ञ  राजेन्द्र मानन्धरले पानसमा दियो बाली उद्घाटन गर्नु भएको थियो । विगत १७ वर्ष देखि निरन्तर रुपमा नेवार कला, भाषा तथा संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले स्थापित नेप्लिज फेसन हाेमले प्रत्येक वर्ष झैं यसपाली पनि १५ आौं मिस नेवा: नेपाल यहि माघकाे अन्तिममा फाईनल हुने गरि आयाेजना गर्ने र हाल १५ जना नेवार सुन्दरीहरु प्रतिस्पर्धामा उत्रेका छन् । मिस नेवा:हरु सुनिता डंगाेल , नितु डंगोल, संगिता महर्जन , प्रजिता श्रेष्ठ , राेशनी कुम्पाखा तथा पल्सा श्रेष्ठ द्वारा प्रतिस्पर्ध...
भारतमा थप २१ हजार जनामा संक्रमण
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

भारतमा थप २१ हजार जनामा संक्रमण

भारतमा थप २१ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ९५७ जनामा संक्रमण भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड २ लाख ६७ हजार २८३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९८ लाख ५९ हजार ७६२ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४८ हजार नाघेको पुगेको छ । पछिल्लो २४ घण्टामा थप २९९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४८ हजार ९५७ पुगेको हो ।...
उद्योगले श्रम अदालतमा पुनरावेदन गर्ने, आन्दोलनको तयारीमा मजदूर
अर्थ/व्यापार, समाचार

उद्योगले श्रम अदालतमा पुनरावेदन गर्ने, आन्दोलनको तयारीमा मजदूर

यमनको दक्षिणी शहर एडेनमा रहेको विमानस्थलमा भएको आक्रमणमा कम्तिमा २२ जनाको ज्यान गएको छ । अरु ५० जना भन्दा बढि घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युद्धले धुजाधुजा पारेको यमनका नयाँ सरकारका प्रतिनिधिलाई लिएर छिमेकी देश साउदी अरेबियाबाट विमान आएको केहीबेरमै विमानस्थलमा कम्तिमा एउटा बिस्फोट भएको हो । प्रधानमन्त्री माइन अब्दुलमलिक सैदले आफू र आफ्नो मन्त्रीमण्डलका सदस्य सुरक्षित रहेको बताएका छन् । बिस्फोटमा परि ज्यान गुमाउने तथा घाइते हुनेमा सहायताकर्मी तथा सरकारी अधिकारीहरु रहेको बताइएको छ । सञ्चारमन्त्रीले आक्रमणका पछाडि हुथी बिद्रोहीको हात रहेको र यो अति कायर आक्रमण रहेको बताएका छन् । यमनमा सन् २०१५ देखि युद्ध जारी छ । हुथी बिद्रोहीलाई परास्थ गरि राष्ट्रपति अब्ड्राब्बुह मन्सुर हादीको शासन स्थापित गर्नका लागि साउदी अरेबियाको ने...