भारतमा थप २१ हजार जनामा संक्रमण - राष्ट्रपत्र
बिहिबार, अशोज ११, २०८०

भारतमा थप २१ हजार जनामा संक्रमण


भारतमा थप २१ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ९५७ जनामा संक्रमण भएको हो ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड २ लाख ६७ हजार २८३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९८ लाख ५९ हजार ७६२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४८ हजार नाघेको पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २९९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४८ हजार ९५७ पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *