Blog

स्पर्श म्यूजिक अवार्डमा बरिष्ठ सौन्दर्य व्यबसायी सुष्मा महरालाई ‘प्रख्यात ब्यूटी उद्यमीको अवार्ड’
मनोरन्जन, समाचार

स्पर्श म्यूजिक अवार्डमा बरिष्ठ सौन्दर्य व्यबसायी सुष्मा महरालाई ‘प्रख्यात ब्यूटी उद्यमीको अवार्ड’

काठमाडौं, १९ पौष , स्पर्श म्यूजिक अवार्डमा बरिष्ठ सौन्दर्य व्यबसायी सुष्मा महरालाई प्रख्यात ब्यूटी उद्यमीको अवार्ड प्रदान गरिएको छ । ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा सम्पन्न एक विशेष समारोहमा महरा सहित नेपाली सांगीतिक क्षेत्रका सर्जक र सो क्षेत्रसँग सम्बन्धित बिषयगत विभिन्न विधाका व्यक्तित्वहरुलाई पुरस्कृत तथा सम्मान गरिएको छ । उक्त समारोहमा विभिन्न ५० विधामार्फत उत्कृष्ट सर्जकहरुलाई पुरस्कृत गरिएको हो । सोहि कार्यक्रममा दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री मौसमी मल्ल लगायत व्यक्तित्वहरुलाई सम्मान प्रदान गरेको थियो । मल्ल एक स्थापीत कलाकार हुन् भने महरा नेपालकै उत्कृष्ट ब्यूटि पार्लर फेसियल हाउसकी सञ्चालक तथा प्रवन्ध निर्देशक हुन् ।...
फिनल्याण्डमा देखियो फाइजरको खोपको गम्भीर साइड इफेक्ट
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

फिनल्याण्डमा देखियो फाइजरको खोपको गम्भीर साइड इफेक्ट

अमेरिकी कम्पनी फाइजरले निर्माण गरेको कारोनाविरुद्धको खोपको पाँच व्यक्तिमा गम्भीर साइड इफेक्ट देखिएको छ । फिनल्याण्डको मेडिसिन एजेन्सीले यसबारे जानकारी दिएको हो । दुई दिनअघि मात्र फाइजरलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर आपत्कालिन प्रयोगका लागि अनुमति दिएको थियो । फिनल्याण्डको वाईएलई ब्रोडकास्टरको खबर अनुसार २७ डिसेम्बरबाट युरोपेली मुलुकमा व्यापक खोप कार्यक्रम शुरु गरिएको थियो । युरोपले फाइजरको खोपलाई आपत्कालिन प्रयोगका लागि अनुमति दिएको थियो । फिनल्याउडको चिफ फिजिसियन मैया कौकोनेंका अनुसार हालसम्म पाँच जना व्यक्तिमा खोपको साइड इफेक्ट देखिएको छ । उनको बारे विस्तृत विवरण गोप्य राखिएको छ । उनका अनुसार चाँडै नै साइड इफेक्टबारे जानकारी वेबसाइटमा पनि राखिएको छ । उनले साइड इफेक्ट थप बढ्न सक्ने बताइन् । विश्वमा हालसम्म ८.४४ करोडभन्दा बढी संक्रमित भइसकेका छन् । यसमध्ये ८ करोड ९८ ल...
घोषित मितिमा निर्वाचन की संसद् पुनस्र्थापना ?
राजनीति, समाचार

घोषित मितिमा निर्वाचन की संसद् पुनस्र्थापना ?

डा.डिआर उपाध्याय प्रतिनिधिसभा विघटन गरी निर्वाचन मिति तोकिएको छ । तोकिएको मितिमा निर्वाचन हुन्छ की हुँदैन भन्र्ने बिषयमा भने शंका छ । सर्वोच्च अदालतमा एक दर्जनभन्दा बढी मुद्दा परेका छन्। यी मुद्दामा सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरी सुनुवाइ पनि गरिरहेको छ। घोषित मितिमा निर्वाचन की संसद् पुनस्र्थापना ? यी दुई विषयमा राजनीतिक दलहरू विभाजित छन्। संसद् विघटनको विरोधमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी तथा सत्तारुढ दलको प्रचण्ड–माधव समूहले विरोध प्रदर्शन गरिरहेका छन्। निर्वाचन प्रजातान्त्रिक अभ्यास हो । यो बाट पछि हट्नु हुँदैन । कोरोना भाइरसको संक्रमणका कारण देशको आर्थीक अवस्था कमजोर भएको बेला मध्यावधि निर्वाचन कत्तिको सम्भव होला भन्ने बिषयमा राजनीतिक दलहरु गम्भिर हुुन जरुरी छ । निर्वाचनको बिषयलाई लिएर अहिले राजनीति बृतमा विचार विमर्श भइरहेका छन्। अमेरिकामा केही समयअघि चुनाव सम...
हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ
अर्थ/व्यापार, समाचार

हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ

हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ। चर्को लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ। कोरोना सङ्क्रमण त्रासले विद्यालय नखुलेर पढ्न नपाएका विद्यार्थीले हिउँदको समयमा सिमकोटमा लामो समय लोडसेडिङ हुन थालेपछि एसइईमा नम्बर राम्रो नआउने भएको भन्दै चिन्ता गर्न थालेका छन्। जिल्लामा शैक्षिक सत्र खुलेको एक महिनापछि नेपाल सरकारले कोरोना त्रासका कारण गत वर्षको चैत ५ गतेदेखि देशभरका विद्यालय बन्द गरेसँगै यहाँका विद्यार्थीको पठनपाठन प्रभावित बनेको हो। हिउँदे ट्युसनको भरमा एसइईको तयारी गरिरहेका जिल्लाका विद्यार्थीलाई दैनिक ११ घण्टा लोडसेडिङ हुँदा निराशा छाएको छ। हिल्दुम साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत कम भएपछि दैनिक...
बालबालिकालाई जनस्वास्थ्य र पोषणमा ध्यान दिन विज्ञको सुझाव
शिक्षा, समाचार

बालबालिकालाई जनस्वास्थ्य र पोषणमा ध्यान दिन विज्ञको सुझाव

 कोभिड–१९ को सङ्क्रमण घट्दो अवस्थामा रहे पनि बालबालिकालाई जनस्वास्थ्य र पोषणको मापदण्ड अनिवार्यरुपमा पालना गराउन विज्ञले जोड दिएका छन्। शिक्षा पत्रकार समाजले आज भर्चुअलरुपमा आयोजना गरेको छलफल कार्यक्रममा पोषणविद् डा अरुणा उप्रेती, जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेलगायतले विद्यालय सञ्चालन भएको या नभएको अवस्थामा पनि बालबालिकाको स्वास्थ्यमा ध्यान दिन नसकिए उनीहरुको स्वास्थ्य जीवन र असल सिकाइमा नकारात्मक असर पर्ने बताएका छन्। डा उप्रेतीले घर र वरिपरि पाइने खानालाई छाडेर पत्रु खाना खाएर स्वास्थ्य बिगार्ने वा खाना नखाएर कुपोषित हुने स्थिति ल्याउने अभिभावकले जानी नजानी आफ्ना बच्चाको जीवन बर्बाद पारिरहेको टिप्पणी गरिन्। उनले भनिन्, “गरीब हुँदैमा खान नसक्ने भन्ने हुँदैन, आफ्नो स्थानीय उत्पादन र घरको खाना खान सकिन्छ, चाउचाउ खान सक्नेले आलु पोलेर खान सक्छ, कोदो र फापर खाएर अझ पोषिलो बन्न ...
५ हजार पीसीआर परिक्षण गर्दा थप ४१९ जनामा कोरोना, सक्रिय संक्रमित ५७११
समाचार, स्वास्थ्य

५ हजार पीसीआर परिक्षण गर्दा थप ४१९ जनामा कोरोना, सक्रिय संक्रमित ५७११

शनिबार नेपालमा ५ हजार पीसीआर परिक्षण गर्दा थप ४१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ७११ रहेको छ । पछिल्लो २४ घण्टामा ७५० जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५३ हजार ८५७ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८७० पुगेको छ। यस्तै हालसम्म ३६७ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा हालसम्म १९ लाख ४२ हजार ७०२ जनाको पीसीआर परीक्षण गरिएको छ ।...
‘लोडसेडिङ हुने अवस्था छैन’
अर्थ/व्यापार, समाचार

‘लोडसेडिङ हुने अवस्था छैन’

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले गत सोमबार र मंगलबार प्राविधिक समस्या सिर्जना हुँदा विद्युत् कटौती गर्नुपरेको स्पष्ट पारेका छन्। उक्त विषयलाई लिएर प्राधिकरणले विद्युत् कटौती गर्न थालेको भन्दै चौतर्फी रूपमा विरोध भएपछि शाक्यले शुक्रबार ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरेर केही समय प्राविधिक समस्या देखिए पनि अहिले त्यसलाई सल्टाइसकेको दाबी गरे। ‘मंसिर १३ र १४ गते राष्ट्रिय विद्युत् प्रणालीमा केही समय आएको समस्याले वितरणमा अवरोध सिर्जना भयो,’ उनले भने, ‘गत सोमबार एकीकृत राष्ट्रिय प्रणालीमा साँझ ६ः२५ बजे १ हजार ४ सय ३१ मेगावाटको लोड थियो। सो समयमा खिम्ती–लामोसाँघु–भक्तपुर, मातातीर्थ–हेटौंडा–ढल्केवर प्रसारण लाइन एउटै लुपमा सञ्चालित थियो। सोही समयमा मर्स्याङदी जलविद्युत् केन्द्रको पिकिङ जलाशयमा पानीको सतह न्यूनतम भएपछि प्रणाली सुचारु राख्न त्यहाँको उत्...
राष्ट्रिय सभा अधिवेशनः प्रतिनिधि सभा विघटनप्रति चिन्ता
राजनीति, समाचार

राष्ट्रिय सभा अधिवेशनः प्रतिनिधि सभा विघटनप्रति चिन्ता

प्रतिनिधि सभा विघटनको विषयले राष्ट्रिय सभामा प्रवेश पाएको छ । शुक्रबारदेखि सुरु भएको अधिवेशनको बैठकमा सत्तारुढ तथा विपक्षी दलका नेताहरूले उक्त विषय प्रवेश गराउनुभएको हो । पार्टीको अन्तर्विरोधका कारण जनप्रतिनिधिमूलक संस्था विघटन हुनु गलत भएको भन्दै आलोचना पनि भएको छ । अधिवेशन सुरु भएको अवसरमा मन्तव्यका क्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता दीननाथ शर्माले पार्टीको अन्तर्विरोधका कारण प्रतिनिधि सभा विघटन हुनु दुःखद भएको बताए । पार्टीको किचलोको छायाँ सदनमा पर्नु दुःखद भएको पनि उनको भनाइ छ । उनले हालको पार्टी विभाजनको अवस्था कुनै पनि सिद्धान्त र वैचारिक कारण नभएको पनि बताए । उनले भने, ‘‘पार्टी विभाजन सिद्धान्त, विचार वा दर्शनका आधारमा हुन गइरहेको छैन । केवल राजनीतिक कारणले मात्र विभाजन हुन गइरहेको छ । हिजो विभाजन विचार, दर्शन र सिद्धान्तका कारणले हुन्थे । सामा...
करिब आठ दशकको कम्युनिस्ट इतिहास चकनाचुर
राजनीति, समाचार

करिब आठ दशकको कम्युनिस्ट इतिहास चकनाचुर

डा.डिआर उपाध्याय प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरे पछि समस्या उत्पन्न भएको छ । नेकपाको दाहाल–नेपाल समूह आन्दोलित छन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका केहि दलहरु पनि सडकमा छन । परिस्थिती जटिल मोडमा छ । नेकपाका अध्यक्षद्वय ओली र दाहालबीचको व्यक्तिगत र गुटगत शक्ति संघर्ष र स्वार्थको राजनीतिले यो स्थिती आएको हो । ओलीलाई यस किसिमको गैरसंवैधानिक, कठोर र अप्रिय निर्णय लिनका लागि कस्ले बाध्य बनायो ? यो बिषय बिस्तारै खुल्दै जाला । यसमा दाहाल–नेपालको भूमिका के छ ? प्रतिनिधिसभा विघटन संविधानविपरीत कार्य हो र संवैधानिक रूपमा यो निन्दनीय र भत्र्सनीय घटना हो। यस घटनाले करिब आठ दशक लामो कम्युनिस्ट आन्दोलन र आन्दोलनका उपलब्धिलाई धरापमा पारेको छ । कांग्रेसलगायत गैरकम्युनिस्ट कित्ताका शक्तिहरू नेकपा बिभाजनमा रमिते छन । कम्युनिस्ट पार्टीले दुईतिहाइ नजकिको मत ...
१५ दिनपछि बागमतीमा फोहोर पानी बग्दैन
अर्थ/व्यापार, समाचार

१५ दिनपछि बागमतीमा फोहोर पानी बग्दैन

बागमतीमा दुर्गन्ध फैलने पानी धेरै बग्यो । तर खानेपानी मन्त्रालयले बागमतीमा सफा पानी बगाउने तयारी गरेको छ । ढिलोमा दुई साताभित्र पशुपतिनाथ क्षेत्रबाट बागमतीमा सफा पानी बग्न थाल्ने खानेपानी मन्त्री मणी थापाले बताएका छन् ।त्यसका लागि गुह्हेश्वरीमा रहेको ‘गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्र’ सञ्चालनमा ल्याउन तयार भएको छ । इञ्जिनियर किशोर पन्थीले प्रशोधन केन्द्र निर्माणको सम्पूर्ण काम सकिएको जानकारी दिए । शुक्रबार मन्त्री थापाले गुहेश्वरीस्थित गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्रको अवलोकन गरेर पूर्ण रुपमा सञ्चालनका लागि तयार हुन निर्देशन दिएका छन् । उनले बाँकी कामहरु सकेर तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन् । ढल प्रशोधन केन्द्र सञ्चालनमा आएपछि दैनिक ३ करोड २४ लाख लिटर पानी प्रशोधन गर्न सकिन्छ । त्यस्तो फोहोर पानी प्रशोधन हुँदा दैनिक ७ टनसम्म मल निस्कने इञ्जिनियर किशोर पन्थीले जानक...