Blog

हिउँ नपर्दा चिन्तामा किसान
अर्थ/व्यापार, समाचार

हिउँ नपर्दा चिन्तामा किसान

यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे। यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी मरुभूमि जस्ता भएका छन्। हिउँले ढाकिएका जमीनमा रसिलो माटो अनि खेतबारीमा मल भिज्नाले बाली फस्टाउने यहाँका किसान बताउँछन्। “सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन”, किसान याङ्डु गुरुङले भने। विगतमा मङ्सिर शुरु नहुँदै डाँडाकाँडा हिउँले सेताम्मे हुन्थ्यो। चारैतिर सेता हिमाल टल्किन्थे। केही वर्षयता भने हिउँ कम पर्न थालेको छ। यसपालि हिमपात नहुँदा सेता हिमाल कालापत्थरमा परिणत भएको छ। अन्नपूर्ण हिमशृङ्खलामा पर्ने हिमालमा अन्नपूर्ण दोस्रो, तेस्रो, चौथो, गङ्गापूर्ण, लमजुङ हिमाल छन्। अन्य ससाना चुचुरा छन्। हिमाली जिल्ला मनाङमा गत वर्ष मङ्सिर पहिलो साता भारी हिमपात भएको थियो । बाक्लो हिउँ परेकाले ध...
शिवन पोखरेल निर्देशित तथा अभिनित ‘भक्कानो छोडि नरोए आमा’ बोलको मार्मिक गीतको भिडियो सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

शिवन पोखरेल निर्देशित तथा अभिनित ‘भक्कानो छोडि नरोए आमा’ बोलको मार्मिक गीतको भिडियो सार्वजनिक (भिडियो)

गायक नेत्र भण्डारीको स्वरमा ‘भक्कानो छोडि नरोए आमा’ बोलको मार्मिक गीतको भिडियो सार्वजनिक भएको छ ।‘बिन्दवासिनी म्यूजिक’ नामको युट्यूब च्यानलबाट सार्वजनिक भएको उक्त गीतको भिडियोमा धन कमाउन बिदेशिन वाध्य युवाको दुःख पिडालाई यथार्थ चित्रण गरिएको छ । गीतलाई सुशिल खड्काको शव्दमा करन न्यौपानेले संगीत दिएका छन भने एरेन्ज विपिन आचार्यको रहेको छ । नरोए आमा एल्बममा समावेश उक्त गीतको भिडियोलाई अहिलेका व्यस्त मोडल तथा भिडियो निर्देशक शिवन पोखरेलले निर्देशन गरेका छन । https://www.youtube.com/watch?v=vO-oO7SFo8Y&feature=share&fbclid=IwAR1PpiKcZGUTRsodJqweA3lv4zTXaOvildq3K_rh1AHUG8Ybw823dAXcxww अजय रेग्मिको छायांकन रहेको भिडियोलाई सम्पादन अभिनायक मान शेरचन र कलर सम्पादन क्रान्ति केसीले गरेका छन ।सहारा फिल्मस् एण्ड ईन्टरटेनमेन्टको निर्माण रहेको भिडियोमा निर्देशक शिवन स्वयंकै अभिनय रहेको छ भ...
अदूरदर्शी नेता र अन्धभक्त कार्यकर्ता
राजनीति, समाचार

अदूरदर्शी नेता र अन्धभक्त कार्यकर्ता

डा.डिआर उपाध्याय अहिले हाम्रो देशको राजनीतिक, सामाजिक, आर्थिक एवं शैक्षिक अवस्था खल्बलिएको स्थिति छ । यसलाई सही बाटोमा ल्याउनका लागि राजनीतिक पाटो सही ठाउँमा आउन जरुरी छ ।अझै पनि देशमा गरिबी, बेरोजगारी, अशिक्षा विभेद, अभाव, पछौटेपन, भ्रष्टाचार, महँगी हटेको छैन । यसको मुख्य कारण राजनीतिक अस्थिरता हो । लामो समयसम्मको राजनीतिक लडाइँबाट प्राप्त लोकतन्त्रका मूल्य र मान्यता संस्थागत हुन सकेको छैन । देशमा भएका कुनै दल र तिनका नेताहरुले यी समस्याको समाधान गर्न सकेका छैनन् । देशमा पटक पटक भएका आन्दोलन र त्यसबाट प्राप्त उपलब्धीहरु यतिखेर धरापमा परेको अवस्था छ । देशमा प्रजातन्त्र आएको तीन दशकसम्म पनि देश र जनताका समस्याहरू ज्युका त्युँ रहेका छन् । यी परिवर्तनले नेता मोटाउने र जनता दुब्लाउने मात्र काम भएको छ । यो बाहेक अरु उपलब्धी हुन सकेन । यावत यी समस्याहरु उत्पन्न हुनुको जड राजनीतिक दल र तिनक...
वैदेशिक रोजगार विभागविरुद्ध व्यवसायी संघले चरणवद्ध आन्दोलन गर्दै
अर्थ/व्यापार, समाचार

वैदेशिक रोजगार विभागविरुद्ध व्यवसायी संघले चरणवद्ध आन्दोलन गर्दै

वैदेशिक रोजगार विभागविरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी संघले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ। विभागले व्यवसायमा सुधारभन्दा अनुचित नियन्त्रणको कार्यशैली अपनाएको भन्दै संघले विज्ञप्तिमार्फत औपचारिक रूपमा आगामी आइतबारदेखि चरणवद्ध आन्दोलनको घोषणा गरेको जनाएको हो। संघले वैदेशिक रोजगारमा जाने कामदारको राहदानी म्यानपावर कम्पनीले राख्न नपाउने विभागको पछिल्लो सार्वजनिक सूचनासहित, म्यानपावर कम्पनीको शाखा कार्यालय सञ्चालनको अनुमति, वैदेशिक रोजगार व्यवसायी कोष सञ्चालन, वैदेशिक रोजगार सूचना प्रणालीमा रहेका समस्या, घरेलु कामदार पठाउन तथा जापानमा प्रशिक्षार्थी कामदार पठाउन छुट्टै ईजाजत लिनुपर्ने हालको झन्झटिलो प्रणाली परिवर्तन जस्ता विषय पनि तत्काल समाधान गर्नुपर्नेमा विभागले त्यसमा ध्यान नदिएको बताएको छ। संघका अध्यक्ष विष्णुप्रसाद गैरेले कोरोना महामारीको कारणबाट व्यवसाय धरासायी हुन पुगेको अवस्थ...
योहो टेलिभिजन एचडीमा मंगलबारदेखि हास्य श्रृंखला ‘दुई स्वास्नीको पोइ, कुना पसी रोई’
मनोरन्जन, समाचार

योहो टेलिभिजन एचडीमा मंगलबारदेखि हास्य श्रृंखला ‘दुई स्वास्नीको पोइ, कुना पसी रोई’

आगामी मंगलबारदेखि दर्शकमाझ नयाँ हास्य श्रृंखला ‘दुई स्वास्नीको पोइ, कुना पसी रोई’ को प्रसारण हुने भएको छ । श्रृंखला योहो टेलिभिजन एचडीमा प्रत्येक मंगलबार राति ८:३० बजेदेखि प्रसारण हुन लागेको हो । काठमाडौँमै छायांकन भइरहेको यो श्रृंखला यूट्युबबाट पनि प्रसारण हुनेछ । समसामयिक तथा पारिवारिक विषयवस्तुमा आधारित उक्त श्रृंखलालाई एसकेएस फिल्म्सको प्रस्तुतिमा निर्माण गरिएको हो । गीता नेपाल (दाउरी) को लेखन रहेको यो श्रृंखलामा ज्ञानकुमार कट्टेलको निर्देशन छ । श्रृंखलामा हास्य अभिनेता गोपाल ढकाल ‘छन्दे’ दुई श्रीमतीको श्रीमानको को भूमिकामा देखिँदैछन् । श्रृंखलामा गोपालसहित शुभेच्क्षा थापा, विद्या कार्की, विशाल पहाडी, शुशिला निरौला (बिम्ली), गीता नेपाल (दाउरी), पुरुषोत्तम खड्का, चिन्तामणि पोखरेल, आयुष दाहाल, आयुष कार्की, कृष्ण खड्का, रामकृष्ण नेपाल, विजया बडाल आदि कलाकारको अभिनय रहनेछ । काठमाडौंक...
काठमाडौं लेडि जेसिजको साईवर सुरक्षा सम्बन्धि तालिम
समाचार, समाज

काठमाडौं लेडि जेसिजको साईवर सुरक्षा सम्बन्धि तालिम

काठमाडौ लेडि जेसिजको आयोजनामा राजधानीमा साइवर अपराध सूरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ । लोकप्रिय हांस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम नेपाली कला क्षेत्रमा लागेका कलाकाहरुका लागी विशेष रुपमा आयोजना गरिएको थियो ।नेपाली गीत संगित तथा कलाकारहरुका लागी लक्षित उक्त सचेतना तालिम कार्यक्रमले लाखौं सर्वसाधारण विच पुग्न सक्ने कलाकारहरुले नेपालमा बढ्दो साइवर अपराधलाई न्यूनिकरणका लागी सहयोगी भूमिका खेल्न सक्ने भएकोले उक्त कार्यक्रमको आयोजना गरिएको हो । ईसिपिआई युनिभर्सिटि अमेरिकाका प्रोफेसर डा. रामहरि सुवेदीले साईवर अपराध सम्बन्धि महत्वपूर्ण जानकारी दिएका थिए । नेपालमा बढ्दो साईवर अपराध र त्यसको न्यूनिकरण विषयक चेतनामूलक जानकारीबाट उपस्थित कलाकारहरुले आफुले ज्ञानवद्र्धक कुराहरु हासिल गरेको र यस्ता जानकारी दर्शक श्रोतामाझ पुर्याउने प्रति...
मुलुक असहज परिस्थितिबाट गुज्रिदै
राजनीति, समाचार

मुलुक असहज परिस्थितिबाट गुज्रिदै

डा.डिआर उपाध्याय अहिले मुलुक असहज परिस्थितिबाट गुज्रिरहेको छ । यो असहज परिस्थितिमा विदेशी चलखेल पनि बढीरहेको छ । देशमा दिगो शान्ति स्थापित नहुञ्जेल सम्म यस्ता गतिविधि बढिरहन्छन् । नेपाली जनताको चाहना भनेको विकास, समृद्धि र सुशासन हो ।तर यी सबै चाहनाहरु निराशामा परिणत भएका छन् । अहिले देशमा जे जति राजनीतिक दलहरुले राजनीति गरेका छन् । ती सबै जनताको भलाई भन्दा व्यक्तिगत स्वार्थमा लिप्त भएको देखियो । जनतामा कुनै आशा जगाउने किसिमले कुनै दलले काम गर्न सकेका छैनन् । अहिले नेपालमा सिद्धान्तको राजनीति सबैजसो दलहरुले छोडेको देखिन्छ । किनभने सिद्धान्तको राजनीति गरेको भए सिद्धान्त बमोजिम व्यवहारमा कार्यन्वयन हुन्थ्यो ।त्यो हुन सकेको छैन । त्यसैले राजनीतिप्रति नेपाली जनतामा वितृष्णा बढ्दै गएको छ । नेताहरुमा गलत प्रवृति हावी हुँदै जादा नेपालमा राजनीति त्यति सम्मानित हुन सकेको छैन । यसमा सुधार ल्या...
र्‍याप गीत ‘मुसेको छोरा’ (हातभरी टाटु) सार्वजनिक(भिडियोसहित)
मनोरन्जन, समाचार

र्‍याप गीत ‘मुसेको छोरा’ (हातभरी टाटु) सार्वजनिक(भिडियोसहित)

र्‍याप गीत ‘मुसेको छोरा’ (हातभरी टाटु) सार्वजनिक भएको छ । र्‍याप स्टार एल्बममा रहेको गीतको भिडियो सार्वजनिक भएको हो । नेपाली हिपहप रेकर्डसको प्रस्तुति रहेको गीतमा शब्द, सङ्गीत र र्‍याप साङ्गे तामाङ (यसटी म्यान)को रहेको छ भने मिक्सिङ तथा माष्टरिङ रुथलेशको छ । https://youtu.be/CRC3nBb8WnQ झोले टिमको छायाँकन रहेको गीतको भिडियोमा रवी तामाङको सम्मादन, राजु तामाङको कलर, विविके घतानीको एनिमेशन छ । गीतको भिडियो नेपालमै पहिलो अन्तर्राष्ट्रिय लेभलको र्‍याप गीत भएको निर्माण पक्षले दाबी गरेको छ । सार्वजनिक यो र्‍याप गीतको भिडियोले हुलिया हेरेर कसैले कसैलाई जज नगर्नु भन्ने सन्देश दिन खोजेको र्‍यापर साङ्गे तामाङले बताउनुभयो । झोले टिमकै निर्देशन रहेको गीतको भिडियोमा रामचन्द्र अधिकारी, शुसान्त घलान, शृजना तामाङ, भावना वराईली, ऋतु थापामगर, अञ्जना तामाङ, युनिका तामाङ, विनोद मगरलगायतका कलाकारक...
नेपालको सामाजिक–आर्थिक विकासका लागि अमेरिकाबाट प्राप्त सहयोगको सराहना
राजनीति, समाचार

नेपालको सामाजिक–आर्थिक विकासका लागि अमेरिकाबाट प्राप्त सहयोगको सराहना

मुलुकको उच्च नेतृत्वबाट संयुक्त राज्य अमेरिकाको नवनिर्वाचित नेतृत्वले कार्यभार सम्हालेकामा शुभकामना सन्देश सम्प्रेषण भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले जोसेफ रोबिनेट्टी वाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएकामा बधाई ज्ञापन गरेकी छन्। नेपाल–अमेरिका सम्बन्ध सुमधुर रहेको जनाउँदै राष्ट्रपति भण्डारीले आज उनलाई पठाएको बधाई सन्देशमा नेपालको सामाजिक–आर्थिक विकासका लागि अमेरिकाबाट प्राप्त सहयोगको सराहना गरेकी हुन्। उन्नत एवं बहुआयमिक नेपाल–अमेरिका सम्बन्ध राष्ट्रपति वाइडेनको कार्यकालमा अझ विस्तृत एवं घनीभूत हुने विश्वास व्यक्त गर्दै उनले कोभिड–१९ समस्या सम्बोधन गर्न नवनेतृत्वलाई सफलता मिल्ने कामना गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ। सन्देशमा राष्ट्रपति भण्डारीले आफ्ना अमेरिकी समकक्षीको कार्यकालको सफलताको कामना पनि गरेकी छन्। यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन...
नायक विश्वजित च्याउ खेतीमा जम्दै
मनोरन्जन, समाचार

नायक विश्वजित च्याउ खेतीमा जम्दै

करिब १ बर्ष अघि प्रदर्शन भएको सफल चलचित्र ‘लभ डायरीज’ नायक विश्वजित रिमाल यतिबेला कृषि कर्ममा तल्लिन छन् । कोरोनाको कारण भएको लामो लकडाउन र त्यसले चलचित्र छेत्रमा पारेको असरका कारण पनि नायक रिमालले पूर्णरुपमा च्याउ फर्म खुलेर च्याउको व्यवसायिक उत्पादन सुरु गरेका हुन् । नुवाकोटको देवीघाट खड्गभज्याङ स्थायी घर भएका विश्वजितले आफ्नो दाइ बिकाश रिमालसंग मिलेर करिब ३ करोडको लगानीमा ललितपुरको गोदावरीमा ”मा दुर्गा मशरुम इण्डस्ट्रीज”संचालन गरिरहेका छन् । उनको च्याउ फर्म अत्याधुनिक हाइटेक प्रविधिबाट च्याउ उत्पादन हुने नेपालकै दोस्रो ठुलो च्याउ फर्म हो । १२ रोपनी जग्गा भाडामा लिएर सुरु गरिएको उनको ”मा दुर्गा मशरुम इण्डस्ट्रीज”मा अहिले हरेक महिना करिब १० टन च्याउ उत्पादन हुने गरेको छ। उनलाइ च्याउ फर्मको अनुभबको बारेमा प्रश्न गर्दा यसो भन्छन हामीकहाँ कृषि पेशालाई हेयको दृष्टिले हेरिन्छ । कृषि कर्ममा ...