शिवन पोखरेल निर्देशित तथा अभिनित ‘भक्कानो छोडि नरोए आमा’ बोलको मार्मिक गीतको भिडियो सार्वजनिक (भिडियो) - राष्ट्रपत्र
बिहिबार, अशोज ४, २०८०

शिवन पोखरेल निर्देशित तथा अभिनित ‘भक्कानो छोडि नरोए आमा’ बोलको मार्मिक गीतको भिडियो सार्वजनिक (भिडियो)


गायक नेत्र भण्डारीको स्वरमा ‘भक्कानो छोडि नरोए आमा’ बोलको मार्मिक गीतको भिडियो सार्वजनिक भएको छ ।
‘बिन्दवासिनी म्यूजिक’ नामको युट्यूब च्यानलबाट सार्वजनिक भएको उक्त गीतको भिडियोमा धन कमाउन बिदेशिन वाध्य युवाको दुःख पिडालाई यथार्थ चित्रण गरिएको छ । गीतलाई सुशिल खड्काको शव्दमा करन न्यौपानेले संगीत दिएका छन भने एरेन्ज विपिन आचार्यको रहेको छ । नरोए आमा एल्बममा समावेश उक्त गीतको भिडियोलाई अहिलेका व्यस्त मोडल तथा भिडियो निर्देशक शिवन पोखरेलले निर्देशन गरेका छन ।


अजय रेग्मिको छायांकन रहेको भिडियोलाई सम्पादन अभिनायक मान शेरचन र कलर सम्पादन क्रान्ति केसीले गरेका छन ।
सहारा फिल्मस् एण्ड ईन्टरटेनमेन्टको निर्माण रहेको भिडियोमा निर्देशक शिवन स्वयंकै अभिनय रहेको छ भने उनलाई रश्मि भट्, अनिता बस्नेत,कुमार केसी,गन्दिप सुवेदी,कमल गौतम,दुर्गा ढकाल,सुशिल खड्का,अभिनायक मान शेरचन, तथा बालकलाकार सहारा बस्नेत र अनिकेश परियार लगायतका कलाकारहरुले साथ दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *