Blog

पिएचडी चेम्वरको आयोजनामा फाइभ पि नेपाल भर्चुअल अन्तर्राष्ट्रिय एक्स्पो शुरु
अर्थ/व्यापार, समाचार

पिएचडी चेम्वरको आयोजनामा फाइभ पि नेपाल भर्चुअल अन्तर्राष्ट्रिय एक्स्पो शुरु

काठमाडौं, माघ -नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा भारतको पिएचडी चेम्वर अफ कमर्सले बुधबारबाट फाइभ पि नेपाल भर्चुअल अन्तर्राष्ट्रिय एक्स्पो आयोजनामा ल्याएको छ । जनवरी २० देखि २३ सम्म जारी रहने उक्त एक्स्पोको भर्चुअल समुद्घाटनसंगै नेपाल भारत व्यवसाय प्रवद्र्धनका चुनौति तथा संभावना बिषयमा वेबिनार समेत आयोजना गरिएको छ । सो अवसरमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोभिडको बेलामा नेपाल भारत वीच व्यवसाय प्रवद्र्धनका बिषयमा कार्यक्रम आयोजना गरेकोमा पिएचडी चेम्वरलाइ धन्यबाद दिदै दुइ मुलुक बीच विद्यमान व्यापार तथा लगानीका विविध चुनौति एवम् संभावना बारे प्रकाश पारे । भारतले अन्य मुलुकहरुमा गरेको लगानीको तुलनामा नेपालमा नगन्य लगानी भएकोले भारत तथा नेपालका निजी क्षेत्रले नेपालमा भारतीय लगानी बढाउन संयुक्त पहल गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष श्रेष्ठले नेपालमा कृषि,जडिवुटीजन्य, खनिज प...
अब कृषिक्रान्तिमा जोड गरौँ
अर्थ/व्यापार, समाचार

अब कृषिक्रान्तिमा जोड गरौँ

डा.डिआर उपाध्याय हाम्रो देश नेपाल विश्वमान चित्रमा कृषि प्रधान देश भनेर चिनिन्छ । तर हामी अझैसम्म कृषिमा आत्मनिर्भर हुन सकिरहेका छैनौँ । जबसम्म हामी कृषिमा आत्मनिर्भर हुन सक्दैनौँ तब सम्म देश समृद्धि तर्फ जान सक्दैन । यो युग प्रविधिको युग हो । अन्य विकसित देशमा कृषिमा नयाँ नयाँ प्रविधिको विकास भएको छ । तर हाम्रो देशमा अहिले सम्म पनि परम्परागत रुपमा नै किसानहरु कृषि पेसा गर्न बाध्य छन् । यो हाम्रो देशको बाध्यता हो । युवा जनशक्तिको अभावमा धेरै खेतीयोग्य जमिन बाँझा छन् । युवाहरु रोजगारीको अवसर नपाएर विभिन्न देशमा आफ्नो श्रम बेच्न विवश छन् । राज्यले युवावर्गलाई कृषि सम्वन्धि तालिम र कृषिमा आधुनिक उपकरण उपलब्ध गराउँन सकेको खण्डमा खेतीयोग्य जमिन बाँझा रहने थिएनन् । जसले गर्दा अरु देशको उत्पादनमा परनिर्भर हुनु पर्ने अवस्था आउने थिएन । अब राज्यले ढिलाइ नगरी युवा लक्षित कृषि कार्यक्रम ल्याउनु...
भारतले नेपाललाई दियो १० लाख डोज कोरोनाविरुद्धको खोप, भोली नै नेपाल आइपुग्ने
समाचार, स्वास्थ्य

भारतले नेपाललाई दियो १० लाख डोज कोरोनाविरुद्धको खोप, भोली नै नेपाल आइपुग्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतले १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने बताएका छन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले भारतले अनुदानमा १० लाख डोज कोरोना खोप उपलब्ध गराउन लागेको जानकारी दिए ।मन्त्री त्रिपाठीले भारतले उपलब्ध गराएको खोप बिहीबार नै काठमाडौं आइपुग्ने जानकारी दिएका छन् । बुधबार भारतले उपलब्ध गराउने खोपबारे जानकारी दिन स्वास्थ्यमन्त्री त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका थिए । भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।...
अब मुलुकलाई सही दिशा दिन दुरदर्शी नेताको खाँचो
राजनीति, समाचार

अब मुलुकलाई सही दिशा दिन दुरदर्शी नेताको खाँचो

डा.डिआर उपाध्याय हाम्रो देश संघीय लोकतान्त्रिक राज्य प्रणालीमा रुपान्तरित भएको धेरै समय भइसक्दा पनि अभ्यासकै रूपमा छ । अहिले प्रतिनिधिसभा भंग भएकोले देशको राजनीतिक अवस्था अन्योलमा छ । प्रचण्ड –माधव समूह र ओली समूहका बीच आपसी जुहारी चलिरहेको छ । यतिबेला दुई खेमा बिच आरोप प्रत्यारोपको राजनीतिक शृंखला चलेको छ । दुई समूह बिचको यो झगडाले देशको भाग्य र भविष्य नै अध्यारो तर्फ धकेलिएको छ । यतिबेला देशमा विकास, समृद्धि र सुशासन कायम भै देशलाई अग्रगति दिनु पर्दथ्यो । तर जनताको भावना विपरित अहिले जुन किसिमका गतिविधि भैरहेका छन् यी सबै राष्ट्रहित विपरित छन् । राष्ट्रलाई सर्वोपरि ठानी काम गर्न सक्ने दुरदर्शी नेताको अभावले यस्ता समस्याहरु उत्पन्न भैरहेका छन् । अब मुलुकलाई सही दिशा दिन दुरदर्शी नेताको खाँचो परेको छ । दुरदर्शी भनेको भोलीको कुरा देख्ने स्पष्ट दृष्टिकोण भएको नेता हो । अहिलेको युगले त्...
ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु
समाचार, समाज

ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु

झापाको मेचिनगर नगरपालिका वडा नं. १३ स्थित चन्द्रगढी–चारआली सडक खण्डमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाईते भएका छन् । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे. १ ख नम्बरको २५१५ ट्रिपरले दुई जना पैदल यात्रीलाई ठक्कर दिएको थियो । ट्रिपरको ठक्करबाट टाउँकोमा चोट लागेकी १८ वर्षीया अन्सु शिवाकोटीको उपचारका क्रममा बी एण्ड सी हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।हात र खुट्टामा चोट लागेका १८ वर्षका राहुल बस्नेतको उपचार भइरहेको छ । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क
अर्थ/व्यापार, समाचार

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताएका हुन् । यसअघि आफ्ना स्वदेशी नागरिकलाई मात्र निःशुल्क प्रदान गर्ने बताए पनि नयाँ निर्णय गर्दै विदेशीलाई पनि उक्त खोप निःशुल्क दिने भएको हो । यससँगै यहाँ रहेका ५० हजारभन्दा बढी नेपालीले पनि उक्त खोप निःशुल्क प्राप्त गर्न सक्नेछन् । आगामी महिनादेखि सञ्चालन गर्ने भनिएको उक्त खोपको पहिलो प्राथमिकतामा अग्रमोर्चामा रहने स्वास्थ्यकर्मी, स्वयंसेवक पर्नेछन् । त्यसपछि प्राथमिकताअनुसार वृद्ध, बालबालिका, अशक्त, अपाङ्गता भएका व्यक्ति हुँदै सबैलाई वितरण गरिनेछ । य...
गोपाल ढकाल ‘छन्दे’ निर्देशित ‘जुन दिन मलाई’ वोलको मार्मिक गीतको भिडियोको छायांकन सम्पन्न
मनोरन्जन, समाचार

गोपाल ढकाल ‘छन्दे’ निर्देशित ‘जुन दिन मलाई’ वोलको मार्मिक गीतको भिडियोको छायांकन सम्पन्न

एभरग्रिन वल्र्डवाईड ईन्टरटेनमेन्टको निर्माण तथा लोकप्रिय कलाकार गोपाल ढकाल ‘छन्दे’ निर्देशित ‘जुन दिन मलाई’ वोलको मार्मिक गीतको भिडियोको छायांकन सम्पन्न भएको छ । गोकर्ण स्थित काठमाडौ ट्राउट रिसोर्ट लगायत काठमाडौं वरपरका रमणीय दृश्य कैद गरिएको भिडियोको छायांकन ३ दिनमा सम्पन्न गरिएको जानकारी निर्देशक ढकालले जानकारी दिए । हांस्य कलाकारको रुपमा ख्याती कमाएका ढकालले निर्देशनमा समेत जम्ने प्रयासका लागी आफुले मिहिनेत गरेर भिडियोहरु बनाउने तर्फ लागेको बताए । हिजो छायांकन सम्पन्न उक्त भिडियोको गितका गायक कृष्ण राज भण्डारीकै स्वर,शव्द र संगित रहेको छ । भने कलाकारहरुमा चकलेटी नायक संजित भण्डारी, श्रीदेव भट्टराई,चन्दा कुईकेल,प्रेम पाण्डे,रोहित कार्की, शुसिला बिडारी लगायत रहेका छन । भिडियोलाई छायांकार रिदम वाईबाले छायांकन गरेका छन भने मेकअप युमिषा पाण्डेको रहेको छ । चांडै नै ‘छन्दे’ ...
बजारमा अप्रत्यासित रूपमा फेरि मूल्य बृद्धि
अर्थ/व्यापार, समाचार

बजारमा अप्रत्यासित रूपमा फेरि मूल्य बृद्धि

डा.डिआर उपाध्याय यतिबेला मुलुकमा राजनीतिक अस्थिरता बढेर गएको छ । राजनीतिक अस्थिरताको फाइदा मुलुकका केहि ठूला व्यापारीले उठाइरहेका छन् । जनताका दैनिक उपभोग्य बस्तुमा अप्रत्यासित रूपमा मूल्य बृद्धि हुँदा उपभोक्ता मारमा परेका छन् । मूल्य बृद्धिले जनताको ढाड सेक्ने काम भएको छ । उपभोक्ताको चुलोमा दैनिक प्रयोग हुने चामल ,तेल,दाल ,पिठो अन्डा लगायत निर्माण सामग्रीका वस्तुमा मूल्यदर एकाएक आकासिएको छ । ठूला व्यापारीले सामान लुकाएर हो या बजारमा अभाव भएर हो त्यो कुरा अझै आम उपभोक्ताले बुझ्न सकेका छैनन् । जसले गर्दा दुर्गम क्षेत्रका उपभोक्ताहरु बढी मूल्य तिरेर पनि सामान पाउन सकिरहेका छैनन् । सरोकारवाला सरकारी निकाय र उपभोक्तावादी संघ सस्थाहरुले प्रभावकारी रुपमा बजार अनुगमन गर्न नसक्दा मूल्यवृद्धि हुन गइरहेको देखिन्छ । व्यापारीको मनलागी र सरोकारवाला निकाय मुकदर्शक हुनुको परिणाम यसको मूल कारण हो । ...
संवाद, सहमति र सहकार्य नै समस्याको समाधान
राजनीति, समाचार

संवाद, सहमति र सहकार्य नै समस्याको समाधान

-डा.डिआर उपाध्याय देशमा चरम राजनीतिक अस्थिरता छाएको छ । राजनीतिक अस्थिरताले अव के हुन्छ केहि भन्न सकिने अवस्था छैन । वैशाखमा दुई चरणको निर्वाचन मिति सार्वजनिक भएको छ । तर निर्वाचन घोषित मितिमा हुन्छ या हुदैन त्यो पनि किटान गरेर भन्न सकिने अवस्था छैन । लोकतन्त्रमा निर्वाचन हुन नसके संवैधानिक संकट आउन सक्ने खतरा पनि उत्तिकै छ । त्यसैले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन अनिवार्य सर्त हो । ओली समूह बाहेक अरु दलहरुले ससद पुनस्थापनाको माग अघि सारेर आन्दोलनमा छन् । समस्याको समाधान आन्दोलन होइन, संवाद, सहमति र सहकार्य नै समस्याको समाधान हो । राजनीतिक दलहरु समस्या बल्झाउने भन्दा पनि समस्या समाधान गर्ने बाटो तर्फ अग्रसर हुन जरुरी छ । नेपाली जनताले लामो समयदेखि राजनीति दल र तिनका नेताहरुको बानी व्यवहार,आचरण र कार्यशैली नियाल्दै आएका छन् । दल र तिनका नेताहरु आफू सत्तामा हुँदा सबै कुरा ठिक देख्छन् जब...
किरण माइकल’को ‘फेवा’सार्वजनिक  (भिडियो)
मनोरन्जन, समाचार

किरण माइकल’को ‘फेवा’सार्वजनिक (भिडियो)

किरण घिमिरे ‘माइकल’को स्वरमा रहेको गीत ‘फेवा’को भिडियो सार्वजनिक भएको छ । गीतमा युवायुवतीको ग्रामिण परिवेशको प्रेम झल्काइएको छ । पोखरा र त्यस आसपासका ठाउँमा छायाँकन गरिएको भिडियोमा छुल्ठिम गुरुङ र तीर्थ कोजी फिचर्ड छन । https://youtu.be/Ex6IL3qtoLY सुदिप आत्रेय र माइकलको शब्द, गायक माइकलकै सङ्गीत र एम प्रधानको एरेञ्ज रहेको गीतको भिडियो हरि लामा र सुदिप आत्रेयले निर्माण गरेका हुन् । सौरभ लामा छायाँकन रहेको भिडियोमा सम्पादन तथा निर्देशन लक्ष्मण सुनारको छ ...