समाचार

सङ्गीतकार राजेन्द्र बजगाईंले आफ्नो जन्मदिन मनाए असहाय बालबालिकासँग
मनोरन्जन, समाचार

सङ्गीतकार राजेन्द्र बजगाईंले आफ्नो जन्मदिन मनाए असहाय बालबालिकासँग

सङ्गीतकार राजेन्द्र बजगाईंले आफ्नो जन्मदिन असहाय बालबालिकासँग मनाउनुभएको छ । काठमाडौंको मूलपानी फूयाँलगाउँमा हास्य कलाकार सुलेमान शंकर (इकु)ले विगत आधा दशकदेखि सञ्चालन गर्दैै आएको स्नेह बाल आश्रममा पुगेर सङ्गीतकार बजगाईले आफ्नो जन्म दिन मनाउनु भएको हो । त्यहाँ रहेको १६ जना बालबालिकाहरूलाई स्टेशनरी सामग्री, कापी, डटपेन, इरेजर, पेन्सिल तथा विभिन्न खाद्य सामग्री, फलफूल, मास्कलगायतका सामग्री सङ्गीतकार बजगाईंले प्रदान गर्नुभएको थियो । केक काटेर त्यहाँ रहेका अनाथ बालबालिकाहरूलाई खाना खुलाउँदै उहाँले जन्मदिन मनाउनुभयो । स्नेह बाल आश्रमका सञ्चालक तथा हास्य अभिनेता इकुले राजेन्द्रलाई जन्म दिनको शुभकामना दिँदै आफ्नो आश्रममा रहेका बालबालिकासँग जन्मदिन मनाउँदै उनीहरूका लागि केही सहयोग गरेकोमा धन्यबाद ज्ञापन गर्नुभयो । सङ्गीतकार बजगाईंको जन्मदिन मनाउन आश्रम पुग्नुभएका गायक तथा सङ्गीतकार भुवन प...
नेपाली उपन्यासहरूको नामबाट बनाइएको १५० भन्दा धेरै ड्रेस परिवर्तन गरिएको गीत ‘रुप अनेक’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

नेपाली उपन्यासहरूको नामबाट बनाइएको १५० भन्दा धेरै ड्रेस परिवर्तन गरिएको गीत ‘रुप अनेक’ सार्वजनिक(भिडियो)

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत ‘रुप अनेक’ सार्वजनिक भएको छ । एउटै गीतमा १५० भन्दा धेरै ड्रेस परिवर्तन भएको गीतको भिडियो सार्वजनिक भएको हो । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत रहेको गीतमा देवेन्द्र नेवाःको एरेञ्ज र सन्तोष पौडेलको मिक्सिङ तथा माष्टरिङ रहेको छ । नेपालमा प्रकाशित भएका धेरै भन्दा धेरै उपन्यासको नाम लिएर गीत बनाइएको छ । https://www.youtube.com/watch?v=0YhzYnmWTw4 माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा उपाध्याय आफैँ र प्रतिमा विष्ट फिचरिङ हुनुहुन्छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन तथा कलर रहेको छ । गीतसङ्गीत तथा साहित्य सिर्जनाबाट डा. उपाध्यायले थुप्रै विश्व रेकर्ड कायम गर्नुभएको छ । कीर्तिमानी डा. उपाध्यायका २५ एल्बमका सयौँ गीत श्रोता/दर्शकमाझ छन् । यसअघि गीत सङ्गीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड क...
नेपालको राजनीति र अवसरवादी चरित्र
राजनीति, समाचार

नेपालको राजनीति र अवसरवादी चरित्र

-डा.डिआर उपाध्याय, निर्वाचनको मुखमा आएर दलबदलको लहर चलिरहेको छ । हिजो आज राजनीतिक दाउपेचका लागी एक पार्टी छोडने र अर्को पार्टीमा जाने नेता तथा कार्यकर्ताको होडवाजी नै चलिरहेको छ । राजनीतिमा जनतालाई ढाँटने र भ्रमको राजनीति बढेर गएको छ । सोझा जनतालाई ढाँने र भोट बटुलेर कुर्सिमा बस्ने दाउमा नेताहरु लागेको लागै छन । यति लामो समय सम्मको अनुभवमा राजनीतिक दल र तिनका नेताहरुमा सत्ता स्वार्थ बाहेक अरु केही देखिएन । व्यापारीहरु समेत सक्रिय राजनीतिमा आउन थालि सके । अब हाम्रो देश कता जादै छ ? के गर्न खोजिदै छ । पैसावालाको राजनीति बढेर गएको छ । पैसा नहुनेले नत राजनीति गर्न सक्छ नत चुनाव लडन नै । पैसा नहुने हत्त पत्त चुनावमा लडने आँट नै गर्न सक्दैन । चुनाव महंगो हुदै गयो । एउटा वडा अध्यक्ष लडन ५० लाख चाहिन्छ भन्न थाले । गरिवका छोरा छोरी यत्रो महंगो चुनाव लडन कसरी सक्छन ? गरिवले निर्वाचनमा उम्मे...
कीर्तिमानी गीतकार डा. डीआरको शब्द, बाल गायक जेनिसको स्वरमा ‘तिमी सँग’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

कीर्तिमानी गीतकार डा. डीआरको शब्द, बाल गायक जेनिसको स्वरमा ‘तिमी सँग’ सार्वजनिक (भिडियो)

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ । बाल गायक जेनिस उप्रेतीको स्वर, बाबुल गिरीको सङ्गीत एवम् एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ रहेको शास्त्रिय गीत ‘तिमी सँग’को भिडियो सार्वजनिक भएको हो । जेनिश द भ्याइस किडस नेपालका विजेता हुनुहुन्छ । सानो उमेरमै शास्त्रिय गीतलाई निक्कै मिठो तारिकाले गाउनु भएको छ । https://youtu.be/gGhQylKNhKU गीतसंगीत तथा साहित्य सिर्जनाबाट डा. उपाध्यायले थुप्रै विश्व रेकर्ड कायम गर्नुभएको छ । कीर्तिमानी डा. उपाध्यायका २५ एल्बमका सयौँ गीत श्रोता/दर्शकमाझ छन् । यसअघि गीत सङ्गीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड कायम गर्नुभएका कीर्तिमानी डा. उपाध्यायले यही चैत १८ मा थप विश्व कीर्तिमान र आठ गीति एल्बम सार्वजनिक गर्दै हुनुहुन्छ । यस्तै, उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘ब...
नेपाल र चीनबीचको सम्बन्ध
राजनीति, समाचार

नेपाल र चीनबीचको सम्बन्ध

-डा.डिआर उपाध्याय, चीनका विदेशमन्त्री वाङ यी शुक्रबार नेपालको तीन दिने औपचारिक भ्रमणमा आएका छन । दुई देशबीचको सौहार्दपूर्ण मित्रतालाई अझ सुमधुर बनाउनु पर्ने आबश्यकता देखिएको छ । आपसी मित्रता, समझदारी र विश्वासको आधारलाई फराकिलो बनाउन यो भ्रमणले मद्दत पुग्ने देखिन्छ । नेपालको चीनसँग सौहार्दपूर्ण सम्बन्ध छ । एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध छ । चीनले हाम्रो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गरिरहेको छ । हामीले छिमेकी देशलाई चिढाउने काम पनि गर्नु हुदैन । हाम्रो देश नेपाल भारत र चीनको बीचमा छ । हामीले भारत र चीनसंग उस्तै सम्बन्ध कायम राख्न सक्नु पर्छ । हामीले दुबै देशलाई चिढाउने काम गर्नु हुदैन । हामी दुई विशाल मुलुकको बीचमा छौ । हामीले यी दुबै देश संग कूटनीतिक सम्बन्ध कायम राखिरहनु पर्छ । हाम्रो देशको बिकासका लागी उनीहरुबाट सहयोगको अपेक्षा पनि राखिरहनु पर्छ । हामीलाई अहिले दुवै ...
किर्तिमानी गीतकार डा. उपाध्यायको ५० भाषाको गीत सार्वजनिक
मनोरन्जन, समाचार

किर्तिमानी गीतकार डा. उपाध्यायको ५० भाषाको गीत सार्वजनिक

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको विभिन्न ५० देशको भाषा रहेको आधुनिक गीति एल्बम ‘मन मोहिनी’ विमोचन भएको छ । राजधानीमा बुधबार एक कार्यक्रमबीच विश्व भाषा क्याम्पसका प्राध्यापक रमेश श्रेष्ठ, सङ्गीतकार सूर्य दयालु, सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’ मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी, अग्रज पत्रकार तुलसी गिरी, दीपक श्रेष्ठलगायतले एल्बमको विमोचन गर्नुभएको हो । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नेपाली भाषामा सन्तोष को स्वर, हिन्दीमा डीआरको र अन्यमा प्रकाश तिम्लिसिनकोे स्वर रहेको छ । गीत नेपाली, हिन्दी, जापानी, चिनिया, अङ्ग्रेजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनी, इटालियन, जर्मन, थाई, मौरिसियन, उर्दु, स्वेडिस, क्रोसियन, हेब्रु, पोर्तुगाली, बंगाली, संस्कृति, स्टोनियन, भियतनामी, डच, सिंहाली, स्लोभेनियन, इन्डोनेसियन, रुमानी, फिनिस, पेरुभियन, टर्किस, ग्रिक, फिलिपिनो, अल्बानियन, युक्रे...
गायक डिएमएसको स्वरमा मोडल बबिना घिमिरे फिचर्ड ‘मेरो बिहानी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक डिएमएसको स्वरमा मोडल बबिना घिमिरे फिचर्ड ‘मेरो बिहानी’ सार्वजनिक(भिडियो)

मोडल बबिना घिमिरे फिचर्ड डिएमएसको शव्द,संगीत तथा स्वरमा तयार भएको ‘मेरो बिहानी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । विशन मानन्धरको एरेन्जमा तयार भएको गीतको भिडियोमा मोडल बबिनालाई दिपक घिमिरेले साथ दिएका छन । https://youtu.be/mgYuqyQIDC0 बुढासुब्बा डिजिटल युटयूब च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियोमा बबिनालाई आकर्षक रुपमा देखाइएको छ । पोखराका रमणीय स्थलहरुमा छायांकन गरिएको भिडियोलाई राम कुमार केसीले छायांकन गरेका छन भने, टेकेन्द्र शाहले सम्पादन र डिएमएस स्वयंले निर्देशन गरेका छन ।...
व्यवस्थामा दोष छैन,शासन चलाउने दोषी
राजनीति, समाचार

व्यवस्थामा दोष छैन,शासन चलाउने दोषी

-डा.डिआर उपाध्याय, अहिले हाम्रो देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा चलिरहेको छ । यो ब्यवस्था आफैमा राम्रो व्यवस्था हो तर यो ब्यवस्था संचालनकर्ता खराव भए । राजनीतिक दल र तिनका नेताहरुलाई सबैले आलोचना मात्र गरिरहेको देखिन्छ । यति हुँदा पनि खराव हाम्रा कतिपय नेता सुध्रर्न खोज्दैनन् । विगत देखि अहिले सम्म नेताहरुको ब्यवहार उस्तै छ । व्यवस्थालाई दोष दिनु हुदैन । शासन चलाउनेलाई दोष दिनु पर्छ । गलत शासनले जनतामा बितृष्णा र निराश ल्याउँछ । त्यसो भयो भने ब्यवस्था माथि खतरा आउन थाल्छ । जनताले परिवर्तन गरेर ल्याएको ब्यवस्था हो यो । राजनीतिक दलहरु र तिनका नेताहरुले मनपरी गर्न पाइदैनन् । आज देश विकासको गतिमा अघि बढन सकिरहेको छैन् । देश बिकासको बाँधक कुन हो ? अब हामीले सोच्नु पर्ने बेला भएको छ । नेपालका राजनीतिक दलहरु र तिनका नेताहरुले खाली नेपाली जनतालाई भ्रममा पार्ने र भोट तान्ने ...
निम अवार्ड २०२२ को उत्कृष्ट ५ को प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न
मनोरन्जन, समाचार

निम अवार्ड २०२२ को उत्कृष्ट ५ को प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

पावर ईनटरनेशल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी अवार्ड (निम अवार्ड) को उत्कृष्टताको प्रमाण पत्र वितरण कार्यक्रम चैत्र ७ गते राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ । कुल ५१ वटा विधामा उत्कृष्टमा परेका स्रष्टा एवम् सर्जकहरुलाई राष्ट्रिय नाचघर जमलमा उत्कृष्टताको प्रमाण पत्र वितरण गरिएको हो । “नेपाली हुनुमा गर्व गरौं कला र संस्कृतिको जगेर्ना गरौं “भन्ने मुल नाराका साथ सुरु गरिएको निम अवार्डले नेपालमा बोलीने विभिन्न भाषाभाषीका कलाकारहरुलाई विशेष प्रथमिकताका साथ समेट्दै आईरहेको छ । वरिष्ठ चलचित्रकर्मी मोहन निरौलाको सभापतित्व एवम्  गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा वरिष्ठ पत्रकार शान्तिप्रिय, भरत बम्जन, विजयरत्न तुलाधर, गायक तथा गीतकार कस्तुप पन्त, चर्चित लोकदोहोरी गायक कुलेन्द्र ...
वेबसाइटमार्फत पारदर्शीरुपमा समाज सेवा गर्न स्वर्णिम युग फाउन्डेसन
समाचार, समाज

वेबसाइटमार्फत पारदर्शीरुपमा समाज सेवा गर्न स्वर्णिम युग फाउन्डेसन

काठमाडौं । नेपालमा पारदर्शी रुपमा समाजसेवा गर्न सजिलो बनाउने वेबसाइट तयार भएको छ । उपरास्ट्रपति नन्दबहादुर पुनले चैत्र ६ गते उक्त वेब साइटको सुभारम्भ गर्नुभएको हो । समाजसेवामा पारदर्शिता मुख्य चुनौती भएकाबेला स्वर्णिम युग फाउन्डेसनले निर्माण गरेको यो वेबसाइटमार्फत पारदर्शीरुपमा समाज सेवा गर्न सकिन्छ । फाउन्डेसनले आफ्ना सम्पूर्ण गतिबिधि www.swornimyug.org मा गएर सञ्चालन गर्ने भएकाले हरेक व्यक्ति र सस्थाले आफ्नो प्रोफाइल खोल्न र स्वर्णिम उपहार अभियानमा सामेल हुन सकिन्छ । फाउन्डेसनको शुभारम्भ समारोहमा उपस्थित भएर उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त वेबसाइट निकै उपयोगी भएको बताउनुभयो । फाउन्डेसनको स्थापना गर्न प्रेरक भएको पुस्तक ‘स्वर्णिम रहस्य’को पनि बिमोचन गर्नुभयो । अनुशासित जीवन शैली अपनाउन प्रेरित गर्ने पुस्तक सबैले अध्ययन गर्न पनि उहाँले आग्रह गर्नुभयो । उक्त समारोहमा बोल्...