मोडल बबिना घिमिरे फिचर्ड डिएमएसको शव्द,संगीत तथा स्वरमा तयार भएको ‘मेरो बिहानी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । विशन मानन्धरको एरेन्जमा तयार भएको गीतको भिडियोमा मोडल बबिनालाई दिपक घिमिरेले साथ दिएका छन ।
बुढासुब्बा डिजिटल युटयूब च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियोमा बबिनालाई आकर्षक रुपमा देखाइएको छ । पोखराका रमणीय स्थलहरुमा छायांकन गरिएको भिडियोलाई राम कुमार केसीले छायांकन गरेका छन भने, टेकेन्द्र शाहले सम्पादन र डिएमएस स्वयंले निर्देशन गरेका छन ।