कोलम्वोमा सौन्दर्यकर्मी जेविशा थापालाई राजदुतबाट सम्मान प्रदान
कोलम्वो । श्रीलंकाको राजधानी कोलम्बोमा दोश्रो ग्लोबल टुरिज्म कन्फ्रेन्स भव्य रुपमा सम्पन्न भएको छ । कोलम्वोको होटल जेष्ट मेट्रोपोलमा आयोजित उक्त समारोहमा नेपालकी सौन्दर्यकर्मी जेविशा थापा सम्मानित भएकी छिन । लामो समयदेखि सौन्दर्य क्षेत्रमा सक्रिय सौन्दर्यकर्मी थापालाई श्रीलंकाका लागि नेपाली राजदुत वासुदेव मिश्र,सहोदराथ्वेय पियसतहन फाउण्डेसन श्रीलंकाका प्रमुख दनुस्का जयसिंघे तथा पर्यटन व्यबसायी एवं ईस्ना होलीडेजका प्रमुख निशानत परेराले संयुक्त रुपमा सम्मान प्रदान गरेका थिए ।
नेपालमा पर्यटन प्रवद्र्धनका लागि आयोजित उक्त कार्यक्रममा श्रीलंकाका पर्यटन व्यबसायी,समाजसेवीहरुको समेत उपस्थिती रहेको थियो । लामो समयदेखि सौन्दर्यकर्मीको रुपमा निरन्तर लागि पर्दै आएकी थापाले दुवईमा समेत सर्वोत्कृष्ट मेकअप आर्टिष्टको रुपमा अवार्ड हात पार्न सफल भएकी छिन । स्वदेशमा भएका विभिन्न संघ संस्थाबाट सम्मानित भै...










