कोलम्वोमा सौन्दर्यकर्मी जेविशा थापालाई राजदुतबाट सम्मान प्रदान - राष्ट्रपत्र
बुधबार, मंसिर २०, २०८०

कोलम्वोमा सौन्दर्यकर्मी जेविशा थापालाई राजदुतबाट सम्मान प्रदान


कोलम्वो । श्रीलंकाको राजधानी कोलम्बोमा दोश्रो ग्लोबल टुरिज्म कन्फ्रेन्स भव्य रुपमा सम्पन्न भएको छ । कोलम्वोको होटल जेष्ट मेट्रोपोलमा आयोजित उक्त समारोहमा नेपालकी सौन्दर्यकर्मी जेविशा थापा सम्मानित भएकी छिन । लामो समयदेखि सौन्दर्य क्षेत्रमा सक्रिय सौन्दर्यकर्मी थापालाई श्रीलंकाका लागि नेपाली राजदुत वासुदेव मिश्र,सहोदराथ्वेय पियसतहन फाउण्डेसन श्रीलंकाका प्रमुख दनुस्का जयसिंघे तथा पर्यटन व्यबसायी एवं ईस्ना होलीडेजका प्रमुख निशानत परेराले संयुक्त रुपमा सम्मान प्रदान गरेका थिए ।

नेपालमा पर्यटन प्रवद्र्धनका लागि आयोजित उक्त कार्यक्रममा श्रीलंकाका पर्यटन व्यबसायी,समाजसेवीहरुको समेत उपस्थिती रहेको थियो । लामो समयदेखि सौन्दर्यकर्मीको रुपमा निरन्तर लागि पर्दै आएकी थापाले दुवईमा समेत सर्वोत्कृष्ट मेकअप आर्टिष्टको रुपमा अवार्ड हात पार्न सफल भएकी छिन । स्वदेशमा भएका विभिन्न संघ संस्थाबाट सम्मानित भैसकेकी थापा जेवी युनीसेक्स सलुनको ब्राण्डबाट उत्कृष्ट सेवा दिदै आएकी छिन ।
श्रीलंकाका लागि नेपाली राजदुत वासुदेव मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमलाई नेपालको तर्फबाट निकिला मिडिया नेटवर्क र श्रीलंकाको तर्फबाट सहोदराथ्वेय पियसतहन फाउण्डेसनले संयुक्त रुपमा आयोजना गरेको थियो ।

कार्यक्रममा श्रीलंकाका पर्यटन व्यबसायी वक्ताहरुले श्रीलंकनहरुले नेपाललाई प्रमुख धार्मिक पर्यटक स्थलको रुपमा चित्रण गरिने गरेको र वार्षिक नेपाल भ्रमणमा जाने श्रीलंकन पर्यटकहरुको संख्या बढेपनि नेपालबाट श्रीलंका भ्रमणमा आउने नेपाली पर्यटकहरुको संख्या न्यून रहेकोले यस कार्यक्रमले श्रीलंका भ्रमण गर्ने नेपाली पर्यटकहरुको संख्या बढ्नेमा आशावादी भएको कुरा बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *