सगरमाथा म्युजिक अवार्डको पाचौं संस्करण हुने
पाचौं संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको पाचौं संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा टोखा नगरपालिकाको सहकार्य रहेको छ भने सहारा ग्रुपले टाइटल स्पोन्सर गरेको छ । सहारा ग्रुपले सहारा राइड सेयरिङ एप, सहारा टेक्नोलोजी सञ्चालन गर्दै आएको छ । ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा रहेको छ ।
सगरमाथा म्युजिक अवार्डका चार संस्करण भब्य रुपमा सम्पन्न भइसकेका छन् । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने म्रल नाराको साथ हुन लागेको अवार्डमा २०७९ वैशाखदेखी चैत्रसम्म बजारमा आएका गीत सङ्गीतले सहभागीता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिनुभयो । जुरी र भोटको आधारमा अवार्...










