समाचार

‘सञ्चार क्षेत्रमा देखिएका समस्याको समाधान सरोकारवाला पक्षसँग छलफल र सहकार्य: सञ्चारमन्त्री
समाचार, समाज

‘सञ्चार क्षेत्रमा देखिएका समस्याको समाधान सरोकारवाला पक्षसँग छलफल र सहकार्य: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने बताएका छन्। नवनियुक्त सञ्चारमन्त्री गुरुङले कोरोना भाइरसका कारण पत्रकारहरुले ठूलो समस्या भोग्नु परेको उल्लेख गर्दै ती समस्या समाधानका लागि नेपाल पत्रकार महासंघलगायतका सरोकारवाला पक्षसँग छिट्टै छलफल गर्ने योजना पनि अघि सारेका छन्। नेपाल पत्रकार महासंघका पदाधिकारीसँग आइतबार बिहान पुल्चोकस्थित मन्त्री निवासमा भएको सामूहिक भेटमा उनले महासंघलगायतका सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै संचार क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्ने स्पष्ट पारे। ‘सञ्चार क्षेत्रमा देखिएका समस्याको समाधान सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै गरिनेछ,’ मन्त्री गुरुङले भने, ‘त्यसका लागि नेपाल पत्रकार महासंघसहितका सम्बन्धित पक्षले आवश्यक सहयोग पु¥याउने विश्वास लिएको छु।’ त्यस अवसरमा ...
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत आफ्नै छायाले छोडेर’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत आफ्नै छायाले छोडेर’ सार्वजनिक (भिडियो)

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत आफ्नै छायाले छोडेर…’ सार्वजनिक भएको छ । स्वरुप राज आचर्यको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत र देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । कृष्ण पौडेलको निर्देशन रहेको गीतको भिडियोमा असिम दाहाल, सविना शर्मा र पुण्यप्रसाद वन्जाराको अभिनय रहेको छ । सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोमा युवराज खत्रीको सम्पादन छ । फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । https://youtu.be/l8YvpwegvKk उहाँका चाड पर्व...
‘मिस्टर एण्ड मिस टिकटक’ का लागि ग्लोबल अनलाईन पेबाट भोटिङ खुल्ला
मनोरन्जन, समाचार

‘मिस्टर एण्ड मिस टिकटक’ का लागि ग्लोबल अनलाईन पेबाट भोटिङ खुल्ला

चितवन — कार्तिक २, २०७७। द जिएमआइ एकेडेमीले आयोजना गरेको ‘मिस्टर एण्ड मिस टिकटक,नेपाल’ प्रतिगितामा ग्लोबल अनलाईन पे बाट भोटिङ गर्न सकिने भएको छ । नेपाली समाजिक संजालमा पछिल्लो समय अत्याधिक रुचाईएको टिकटकबाट नयाँ प्रतिभावान युवाहरु कलाकारिता्मा प्रवेश पाउन सजिलो भएको हामी कहाँ प्रशस्त उदाहरणहरु छन। त्यसैको सेरोफेरोमा रहेर द जिएमआइ एकेडेमीको आयोजनामा मिस्टर एन्ड मिस टिकट्क प्रतियोगिता आयोजना गरिएको द जिएमआइ एकेडेमी्का सिईओ महेश लामिछानेले जनाएका छन । ग्लोबल अनलाईन पे डट कम (globalonlinepay.com) मार्फत आफूलाई मनपर्ने प्रतियोगीलाई भोट गर्न सकिनेछ । प्रतियोगीलाई एक पटकमा न्यूनतम पाँच भोट देखि अधिकतम पाँच हजार भोटसम्म गर्न सकिने बताइएको छ । नेपालभित्र संचालनमा रहेका वालेट र मोबाएल बैंकिङका प्रयोगकर्ता साथै नेपाल बाहिरबाट भिजा कार्ड र मास्टरकार्डका प्रयोगकर्ताहरुले सजिलैसंग आफ्नो प्रतियोगीलाई ...
नबिल बैंकका सिइओ अनिल केशरी शाहमा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

नबिल बैंकका सिइओ अनिल केशरी शाहमा कोरोना संक्रमण पुष्टि

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) अनिल केशरी शाहमा कोरोना संक्रमण पुष्टि भएको छ । गत बुधवार शाहले आफ्नो गन्ध हराएको कारण पीसिआर परिक्षण गराएका थिए । तर त्यसबेला रिर्पोट नेगेटिभ आएको थियो । रिपार्ट नेगेटिभ आए पनि आइसोलेसनमा बसेर फेरि परिक्षण गराउँदा रिपार्ट पोजेटिभ आएको हो । गन्ध थाहा नपाउने बाहेकका अन्य कुनै पनि स्वास्थ्य समस्या नरहेको आइसोलेसन बसेका शाहले जानकारी दिएका छन् ।...
अमेरिकी राष्ट्रपतिका उम्मेदवार बाइडेनको हिन्दु धर्मावलम्बीलाई दशैँको शुभकामना
अन्तर्राष्ट्रिय, समाचार

अमेरिकी राष्ट्रपतिका उम्मेदवार बाइडेनको हिन्दु धर्मावलम्बीलाई दशैँको शुभकामना

अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले हिन्दु धर्मावलम्बीलाई दशैँको शुभकामना दिएका छन्। हिन्दुहरुको महान चाड बडादशैँ शनिबारदेखि सुरु भएको छ। सबैले घटस्थापनामा जमरा राखेर दशैँको सुरुवात गरेका छन्। दशैँलाई असत्यमाथि सत्यको जितको रुपमा लिइन्छ। यसबीचमा राष्ट्रपतिका लागि चुनावमा उठेका डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा ओबामा प्रशासनका पूर्व उपराष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै अमेरिका र विश्वभरका हिन्दु धर्मावलम्बीलाई दशैँको शुभकामना दिएका हुन्। उनले ट्वीटमा भनेका छन्,‘हिन्दुपर्व नवरात्री सुरु भएसँगै म र जिल अमेरिका र विश्वभर बसेर यस चाड मनाउनेलाई शुभकामना दिन चाहन्छौं। फेरि एकपटक दुष्टमाथि सत्यको जित होस् र नयाँ सुरुवात सबैको लागि अवसर होस्।’...
कीर्तिमानी गीतकार तथा उपन्यसकार डा. उपाध्यायलाई कोरोना संक्रमण
समाचार, स्वास्थ्य

कीर्तिमानी गीतकार तथा उपन्यसकार डा. उपाध्यायलाई कोरोना संक्रमण

कीर्तिमानी गीतकार तथा उपन्यसकार डा. डीआर उपाध्यायलाई कोरोना संक्रमण भएको छ । उहाँले आफूलाई कोरोना संक्रमण पुष्टि भएको र सम्पर्कमा आउनु भएकालाई सचेत हुन आग्रह गर्नुभएको छ । बिहीबार शरीर दुखेको र ज्वोरो आएपछि कोरोना संक्रमण परीक्षण गरेका उनमा शनिबार संक्रमण पुष्टि भएको हो । उपाध्यायले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेकाहरूलाई सुरक्षित र सतर्क रहन आग्रह गर्नुभएको छ । उपाध्याय होम आइसोलेसनमै बस्नुभएको छ । राष्ट्रपत्र परिवार उहाँको शीर्घ स्वास्थ्य लाभको कामना गर्दछ ।...
हेलच्याक्राई गरेनौं भने हामी संग कोरोना कहिले आउने छैन:डा डीआर उपाध्याय
समाचार, स्वास्थ्य

हेलच्याक्राई गरेनौं भने हामी संग कोरोना कहिले आउने छैन:डा डीआर उपाध्याय

कोभिड–१९ ले मुलुकको अवस्था झन्झन् डरलाग्दो बन्दै गइरहेको छ । संक्रमितको दर तीव्र गतिमा उकालिँदै छ । यो कोरोना भाइरस महिनौको लकडाउन र निषेधाज्ञाका बाबजुद पनि नियन्त्रणमा आउन सकेन । परीक्षणमा वृद्धि, राम्रो कन्ट्याक्ट ट्रेसिङ, गहिरो केस इन्भेस्टिगेसन, जनस्वास्थ्य मापदण्डको पालनालगायत प्रक्रिया दुई साता कडाइका साथ पालना गरे संक्रमणको दरमा कमी आउने जनस्वास्थ्य बिज्ञले बताईरहेका छन । सबै अस्पताललाई कोरोना अस्पतालमा परिणतको निर्णयपछि अन्य बिरामीको व्यवस्थापन झन् कठिन बनेको छ । यो बिषयमा सरकारले बिचार गर्नु पर्ने आबश्यकता देखिएको छ । उपत्यकामा संक्रमण दर निरन्तर बढिरहेको छ । यो डर लाग्दो संकेत हो । आफनो सुरक्षा आफै गरौं । अनाबश्यक भिडभाड नगरौं । दशैको टिका नजिकै आएको छ । टिका लगाउन धेरै भिडभाड नगरौं । आफनै घरमा बसेर टिका लगाऔं । बाहिर हिड डुल नगरौ । कोरोना भाईरस संग छलिदै आफनो काममा लागौं । क...
चेन्नईलाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

चेन्नईलाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा

चेन्नई सुपर किंग्सलाई हराउँदै दिल्ली क्यापिटल्स यूएईमा जारी आईपीएल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । सारजाहमा शनिबार राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानाम उक्लिएको हो । चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य दिल्लीले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पुरा गर्‍यो । दिल्लीलाई जित दिलाउन शिखर धवनले शतकीय इनिङ्स खेले । धवनले अविजित रहदै १ सय १ रन बनाए । यस्तै मार्कुस स्टोनिसले २४ रन जोड्दा कप्तान श्रेयस एयरले २३ रन बनाए । अक्षर पटेल २१ रनमा अविजित रहे । रोमान्चक खेलको अन्तिम ओभरमा दिल्लीलाई जितका लागि १७ रन चाहिएको थियो । यस्तोमा पटेलले अन्तिम ओभरमा तीन छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए । चेन्नईका दीपक चाहरले २ विकेट लिए । साम करण, सार्दुल ठाकुर र ड्वेन ब्राभोले १/१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ...
उदयपुरमा स्करपियो दुर्घटना, ५ जनाको मृत्यु
समाचार, समाज

उदयपुरमा स्करपियो दुर्घटना, ५ जनाको मृत्यु

उदयपुरमा सवारी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका– १४ भदौरेमा शनिबार राति भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्करपियो शनिबार राति १२ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा  मृत्यु भएका पाँचमध्ये दुईको मात्र पहिचान खुलेको इटहरीस्थित प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख, एसपी सञ्जीव शर्मा दासले जानकारी दिए । एसपी दासका अनुसार दुर्घटनामा ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको छ । यस्तै करिव ३२ वर्षका पुरुष,  ३५ वर्षका जस्ता देखिने पुरुष र अर्की ३० वर्ष जस्तो देखिने महिलाको पहिचान भइ नसकेको उनले बताए । पहिचान नखुलेका उनीहरूको पनि घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ...
शक्तिपीठ खोल्न विश्व हिन्दू महासंघको माग
समाचार, समाज

शक्तिपीठ खोल्न विश्व हिन्दू महासंघको माग

 विश्व हिन्दू महासंघले भने नेपालीको महान् चाड बडादशैँका अवसरमा भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर देशभरका शक्तिपीठ खोल्न माग गरेको छ। सरकारले कोरोना फैलिरहेका बेला अन्य क्षेत्र कहिले आंशिक त कहिले पूरा खुला गरेको उल्लेख गर्दै महासंघले नेपालीको आस्थाको केन्द्र मन्दिर पनि बडादशैँका अवसरमा सुरक्षित तरीकाले खोल्न आह्वान गरेको हो। महासंघका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेश नेउपानेले शुक्रबार विज्ञप्ति जारी अन्य क्षेत्र खुला गरेर मन्दिरमात्र बन्द गरिनु संविधान प्रदत्त धार्मिक स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उल्लेख गरेका छन्। बडादशैँका अवसरमा शक्तिपीठ खुला गरी सुरक्षित तरीकाले पूजा आराधना एवं दर्शन गर्ने व्यवस्था मिलाउन महासंघले माग गरेकाे छ । महासंघ लगायत संस्थाले पशुपति मन्दिर लगायत शक्तिपीठ खुला गरिनुपर्ने माग गर्दै तीन साताअघिदेखि पशुपति क्षेत्रमा दीप प्र...