अमेरिकी राष्ट्रपतिका उम्मेदवार बाइडेनको हिन्दु धर्मावलम्बीलाई दशैँको शुभकामना - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

अमेरिकी राष्ट्रपतिका उम्मेदवार बाइडेनको हिन्दु धर्मावलम्बीलाई दशैँको शुभकामना


अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले हिन्दु धर्मावलम्बीलाई दशैँको शुभकामना दिएका छन्।

हिन्दुहरुको महान चाड बडादशैँ शनिबारदेखि सुरु भएको छ। सबैले घटस्थापनामा जमरा राखेर दशैँको सुरुवात गरेका छन्। दशैँलाई असत्यमाथि सत्यको जितको रुपमा लिइन्छ।

यसबीचमा राष्ट्रपतिका लागि चुनावमा उठेका डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा ओबामा प्रशासनका पूर्व उपराष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै अमेरिका र विश्वभरका हिन्दु धर्मावलम्बीलाई दशैँको शुभकामना दिएका हुन्। उनले ट्वीटमा भनेका छन्,‘हिन्दुपर्व नवरात्री सुरु भएसँगै म र जिल अमेरिका र विश्वभर बसेर यस चाड मनाउनेलाई शुभकामना दिन चाहन्छौं। फेरि एकपटक दुष्टमाथि सत्यको जित होस् र नयाँ सुरुवात सबैको लागि अवसर होस्।’

Leave a Reply

Your email address will not be published.